समाचार

साल्ट ट्रेडिङ कर्पोरेशनले आजबाट विहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्न बिक्री गर्ने
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङ कर्पोरेशनले आजबाट विहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्न बिक्री गर्ने

साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबारदेखि सामान विक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्र को समय परिवर्तन गरेर विहान ७ देखि ९ बजेसम्म बनाएको छ । यसअघि विहान १० वजेदेखि दिउँसो ३ बजेसम्म विक्री गर्दै आएकोमा सरकारले घोषणा गरेको २० प्रतिशत छुटको सामान विक्री गर्नथालेसँगै विक्री केन्द्रमा भीड थेग्न नसकेपछि समय परिवर्तन गर्नुपरेको कर्पोरेशनले जनाएको छ ।कर्पोरेशनले गएको शुक्रबारदेखि उपत्यकाका विभिन्न पाँच वटा विक्री केन्द्रमार्फत प्रतिपरिवार (पाँच जनासम्म) का लागि (ग्यास एसटीसी) एक सिलिण्डर, आटा, तेल, चिनी, नुनलगायतका सामानमा यसअघि विक्री गर्ने मूल्यमा २० प्रतिशत छुटमा विक्री गर्दै आएको छ । छुटको सामान किन्न कर्पोरेशनका विक्री केन्द्र १० बजे मात्रै खुल्ने भए पनि उपभोक्ता विहानै ८ बजेदेखि लाइन लाग्ने गरेका छन ।खाद्यान्न र ग्यास किन्न आउने उपभोक्ताको भीडले गर्दा कोरोनाको जोखिम झनै बढ्ने भन्दै काठमाडौँ ...
कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि
समाचार, स्वास्थ्य

कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि

चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल मङ्गलबारदेखि लगाउन सुरु गरिँदै छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराउनुभयो ।नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । डा. गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताउनुभयो । हिमाली क्षेत्रमा पटक–पटक खोप पु-याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।उहाँले खोप लगाउन जाँदा ...
चुरे संरक्षण बारे केही कुरा
अर्थ/व्यापार, समाचार

चुरे संरक्षण बारे केही कुरा

-डा.डिआर उपाध्याय, हालै सरकारले खानीजन्य वालुवा, ढुंगा, गिटी भारत निकासी गर्ने नीति सार्वजनिक गरेको छ। यो नीति देशको हितमा छैन । चुरेको लोभ लाग्दा हरियो पहाड र जंगल फाँडेर सीमित ब्यक्तिको त फाईदा होला तर देशको बिकास हुदैन । केही सीमित व्यक्तिको स्वार्थ पूरा गर्न यो नीति ल्याइएको छ। चुरेको दोहोनले संरक्षित चुरे बिनास भएर मधेस मरुभूमी बन्ने खतरा उत्पन्न भएको छ । चुरेको दोहोनले बाढी, डुवानको समस्या अझैं पनि छ। त्यसैले व्यापार घाटा कम गर्ने नाममा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट घोषणा राम्रो छैन ।चुरे श्रृंखला भित्र नदीले बनाएका केही खोंचहरु जस्तै सिन्धुलीको मरिण र कमला खोच, डडेलधुराको रङगुन उपत्यकाका साथै भित्री मधेसको दाङ, देउखुरी, सुर्खेत, चितवनको उपत्यकासमेत पर्दछन्। चुरे श्रृंखला नेपालका ७७ जिल्लामध्ये ३७ जिल्लाका केही भाग ओगटने गरी फैलिएको पाइन्छ । सरकारले आफैले लग...
आर एण्ड बि शैलिकोगीत “म हेरिमा रहनेछु  “सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

आर एण्ड बि शैलिकोगीत “म हेरिमा रहनेछु “सार्बजनिक(भिडियो)

नयाँ शैलिको संगित मन पर्नेले सुन्नै पर्ने गीत “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ” अहिलेको समयमा युवा पुस्तामा रुचाइने संगित “आर एण्ड बि” शैलिको गीत हो । हालै मात्र सामाजिक सञ्जाल तथा युट्युब मा सार्बजनिक भएको लिरिकल भिडियो सहित संगितको नयाँ स्वाद पस्किने कोसिस इटहरी निवासी कवी राईले गरेका छन्, उन्लाई सार्बजनिक रुपमा भाईपरको उपनामले पनि चिन्ने गर्दछन । https://youtu.be/329Ux2ukdLw लामो समय देखी भाईपर मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन । गीत संगितसंगै भाईपर अरु धेरै प्रतिभाका पनि धनी छन ।उनी बिट बक्सिङ, लिरिकल हिप अप डान्स, बिबोईङ डान्समा नि निकै पोख्त छन । स्थानिय लगाएत देशका अन्य धेरै शहरहरुमा उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन भने उन्को प्रस्तुती धेरै रुचाईने पनि गरिएको छ । जस्को कारण उनि प्राय यस्ता कार्यक्रममा ...
गायिका प्राश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायिका प्राश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’सार्वजनिक (भिडियो)

गायिका प्राश्ना शाक्य आफ्नो स्वरको नयाँ गीत ‘भाग्य लेख्ने मसी…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । उक्त गीतमा शक्ति बल्लभको संगीत तथा शान्तिराम भट्टराईको शब्द रहेको छ । https://youtu.be/342hvd6MOIY उक्त गीतमा मनोहर सुनामको संगीत संयोजन रहेको छ । उक्त गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका छन् । यो गीतको भिडियो स्टुडियोमा रेकर्डिङको अवस्थामै तयार पारिएको छ । सुरेश पन्तको छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।...
नुन कारोबार निजी क्षेत्रलाई दिइनु आपत्तिजनक : उपभोक्ता मञ्च
अर्थ/व्यापार, समाचार

नुन कारोबार निजी क्षेत्रलाई दिइनु आपत्तिजनक : उपभोक्ता मञ्च

सरकारले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको स्वार्थमा निजी बजारलाई नुन कारोबार खुला गरेपछि सरोकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चले विज्ञप्ति जारी गर्दै सरकारी संस्थानबाटै सर्वसाधारणले सुलभ मूल्यमा नुन उपभोग गर्न पाइरहेका बेला निजी क्षेत्रलाई दिइनु आपत्तिजनक रहेको बताएको छ। संकटको बेला समेत उपभोक्ताले २० रूपैयाँमै नुन उपभोग गरिरहेको अवस्थामा निजी क्षेत्रलाई नुनको व्यापार सुम्पन नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। निजी क्षेत्रलाई बलजफ्ती गरेर नुनको कारोबार सुम्पेपछि संकटको मौका छोपेर व्यवसायीले नुनको मूल्यसमेत बढाउने र गुणस्तरमा समेत विश्वास नरहने मञ्चले उल्लेख गरेको छ। ‘यस्तो विकराल अवस्थामा पनि विगत ५७ वर्षदेखि नेपाली जनताले सहज, सरल र गुणस्तरीय आयोडिनयुक्त नुन नेपाल सरकार निगरानी तथा नियन्त्रण तमाम नेपाली जनताले सुलभ र सस्तो मूल्यमा उपभोग गर्न पाइर...
सरकारले आयोडिनयुक्त नुनमा कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनद्वारा सरकारको चर्को आलोचना
अर्थ/व्यापार, समाचार

सरकारले आयोडिनयुक्त नुनमा कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनद्वारा सरकारको चर्को आलोचना

आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको  उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन ।  विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’ साथै, गठबन्धनले सो निर्णय जनता...
दलहरु नमिल्नाले समस्याहरु उत्पन्न भैरहेका छन
राजनीति, समाचार

दलहरु नमिल्नाले समस्याहरु उत्पन्न भैरहेका छन

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यति बेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरु सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन । नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन । उनीहरुले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद बिस्तार संगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक को...
गायक रवि रिमालको स्वरमा‘नेताज्यु तिमीलाई माझी औंला’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रवि रिमालको स्वरमा‘नेताज्यु तिमीलाई माझी औंला’सार्वजनिक(भिडियो)

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ ।  देशमा बिधमान विभिन्न नकारात्मक असरका कारण जनताले धेरै दु:ख कष्टको सामना गर्नु परिरहेको छ । यस्तै अवस्था रहेमा देशमा ठुलै संकट आउछ भन्ने पनि विज्ञको भनाइ छ । रोगले मार्ने त एकातिर छंदैछ् भने अर्को तिर भोकले पनि मर्ने अवस्था आइरहेको छ । https://youtu.be/Atje23A6Poc देशमा भईरहेको भष्ट्रचार, लेनदेन, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, मंहगी, बिग्रीएको राजनीतिक अवस्थालाई व्यङग गर्दै लोकप्रिय चर्चित गायक रवि रिमालको स्वर रहेको ‘नेताज्यु तिमीलाई माझी औंला’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा उनलाई र्याप गांउदै आयुस प्रतीक अधिकारीले प्रतिकरात्मक शैलीमा र्याप प्रस्तुत गरेर साथ दिएका छन । गायक रिमालकै भिडियो निर्देशन रहेको यस् गीतमा शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ ...
बालगायिका ‌‍‌‍ओजस्वी श्रेष्ठकाे नयाँ गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बालगायिका ‌‍‌‍ओजस्वी श्रेष्ठकाे नयाँ गीत सार्वजनिक(भिडियो)

सांगीतिक बजारमा प्रतिभावान बालगायिका ‌‍‌‍“ओजस्वी श्रेष्ठ” काे पुन नयाँ गीतद्वारा आगमन भएकाे छ। उनी अहिले भर्खर साँढे चार वर्षकी पुग्न लागेकी छिन् । उनी चर्चित गायक तथा स‍‍ंगीतकार “सुरेन्द्र श्रेष्ठ”की सुपुत्री हुन्। उनले यति सानाे उमेरमा नै “क ख ग घ A B C D” नामक बालगीत गाएकी छिन्। https://youtu.be/UPkJquAj4nw जुन गीतकाे रचना “श्याम तमाेट” ले गरेका छन् भने संगीत तथा संगीतकाे संयाेजन स्वयम् उनका बुबा “सुरेन्द्र श्रेष्ठ”ले गरेका छन्। लकडाउनकाे समयकाे सही सदुपयाेग गर्दै घरभित्रै रही यस भडियाे निर्माण गरी ओजस्वीले आफ्नाे अभिनय प्रतिभालाई पनि दर्शक सामु दर्शाउने जमल्काे गरेकी छिन्। साे गीतलाई संगीतकार “सुरेन्द्र श्रेष्ठ”ले आफ्नै युटयुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। ओजस्वीले पहिला पनि साँढे तीन वर्षकाे उमेरमा दुई वटा गीत “हाम्रा...