बालगायिका ‌‍‌‍ओजस्वी श्रेष्ठकाे नयाँ गीत सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

बालगायिका ‌‍‌‍ओजस्वी श्रेष्ठकाे नयाँ गीत सार्वजनिक(भिडियो)


सांगीतिक बजारमा प्रतिभावान बालगायिका ‌‍‌‍“ओजस्वी श्रेष्ठ” काे पुन नयाँ गीतद्वारा आगमन भएकाे छ। उनी अहिले भर्खर साँढे चार वर्षकी पुग्न लागेकी छिन् । उनी चर्चित गायक तथा स‍‍ंगीतकार “सुरेन्द्र श्रेष्ठ”की सुपुत्री हुन्। उनले यति सानाे उमेरमा नै “क ख ग घ A B C D” नामक बालगीत गाएकी छिन्।

जुन गीतकाे रचना “श्याम तमाेट” ले गरेका छन् भने संगीत तथा संगीतकाे संयाेजन स्वयम् उनका बुबा “सुरेन्द्र श्रेष्ठ”ले गरेका छन्। लकडाउनकाे समयकाे सही सदुपयाेग गर्दै घरभित्रै रही यस भडियाे निर्माण गरी ओजस्वीले आफ्नाे अभिनय प्रतिभालाई पनि दर्शक सामु दर्शाउने जमल्काे गरेकी छिन्। साे गीतलाई संगीतकार “सुरेन्द्र श्रेष्ठ”ले आफ्नै युटयुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। ओजस्वीले पहिला पनि साँढे तीन वर्षकाे उमेरमा दुई वटा गीत “हाम्रा   भगवान्” तथा “सर्कसमा“ बाेलका गीत गाएर आफ्नाे कलाकारिता पेश गरिसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *