समाचार

नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ
राजनीति, समाचार

नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ

-डा.डिआर उपाध्याय, एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम...
ग्लोकल टीन हिरो नेपालमा उत्कृष्ठ ६ प्रतिस्पर्धीको घोषणा
मनोरन्जन, समाचार

ग्लोकल टीन हिरो नेपालमा उत्कृष्ठ ६ प्रतिस्पर्धीको घोषणा

वाईवाई ग्लोकल टिन हिरो २०२१ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरका किशोर किशोरीहरूबाट परेको कुल ६११ आवेदनबाट अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो । किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष १ सेप्टेम्बर २०२१ मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ । किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वाताबरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा अनुराग चापागाईं, दीपक सुतिहार, खुस्बु भण्डारी, नेहा गुरुङ, ...
मिस्टर एण्ड मिस एसईइ,२०२१ को उपाधी अनुपम र जेनिशाको हातमा
मनोरन्जन, समाचार

मिस्टर एण्ड मिस एसईइ,२०२१ को उपाधी अनुपम र जेनिशाको हातमा

काठमाडौँ — भाद्र ९, २०७८। फेसन ईराको ब्यानरमा संचालन भएको मिष्टर एण्ड मिस एसईइ २०२१ को फाइनल प्रतिस्पर्धामा अनुपम न्यौपाने र जेनिशा तामाङ विजेताका रुपमा चयन भएका छन् । मिष्टर तर्फ उपाधि विजेता अनुपम ट्यालेन्ट विधामा पनि उत्कृष्ट ठहरिए भने मिसतर्फकी उपाधि विजेता जेनिशाले वेष्ट फिगर विधामा आफूलाई अब्बल देखाइन् । प्रतियोगितामा भिअर च्वाइस, वेष्ट वाक र पर्फमेन्स अफ द डे विधा सहित गोरे तामाङ पुरुषतर्फ फस्ट रनर अप भए भने ब्युटी विथ ब्रेन विधाको अवार्ड सहित एलिजा राउत महिलातर्फ फस्ट रनर अप बनिन् । प्रतियोगितामा एलिगेन्स र वेष्ट ड्रेसको अवार्ड सहित ईस्पा महर्जन तथा वेष्ट ड्रेस र मोस्ट पपुलर विधाको अवार्ड सहित सुवास बोहोरा सेकेन्ड रनर अप बन्न सफल भएका थिए । यसैगरी मोस्ट पपुलर र भिअर च्वाइस सहित जुना मोक्तान र मल्टिमिडिया अवार्ड सहित विशाल तामाङ अर्गनाइजर च्वाइस अवार्डको हकदार बनेका थिए । आर्शु महर्...
स्टार लेखक मौनताको आंधि तुफान २ को छायांकन सम्पन्न,लागत बढेर सवा करोड
मनोरन्जन, समाचार

स्टार लेखक मौनताको आंधि तुफान २ को छायांकन सम्पन्न,लागत बढेर सवा करोड

चलचित्र ‘आँधी तुफान २’ को सम्पन्न भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । स्टार लेखक मौनता श्रेष्ठको आंधि तुफान- २को कूल लागत बढेर करिव सवा करोड पुगेको छ । भव्य तथा वृहत लोकेशन, फरक द्धन्द, विग क्यानभास आदि कारण चलचित्रको लगानी वढ्न गएको हो । चलचित्रका निर्देशक मदन घिमिरे र निर्माता चक्र घर्ति मगरले दिएको जानकारी अनुसार अझै एउटा गीतको छायांकन बाकी भएको र चलचित्रको द्धन्दको छायांकनको क्रममा केहि कलाकारहरु घाईते समेत भएका थिए । काठमाडौं र धुलिखेलमा खिचिएको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चक्र घर्ती मगर निर्माता रहेको चलचित्रमा चकलेटी नायक सन्जित भण्डारी, कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधि...
यस्तो राजनीतिक संस्कारबाट हामीले के सिक्ने ?
राजनीति, समाचार

यस्तो राजनीतिक संस्कारबाट हामीले के सिक्ने ?

-डा.डिआर उपाध्याय, आज नेपाली जनता समस्या र चुनौती संग जुधिरहेका छन । अहिले राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन । देश र जनताको चिन्ता भन्दा पनि उनीहरुलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरु केहि देखेका छैनन् । कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जिवन बर्वाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने काम भने सिङको नभाँच्ने नेताहरुको प्रवृति छ । नेताहरुले जनताले दिएको भोटको अपमान गरिरहेका छन । जनताको भोटमार्फत सत्तामा पुग्छन अनि सत्तामा पुगे पछि सबै कुरा बिर्सन्छन । आफ्नो निजी स्वार्थमा लाग्छन । अकुत सम्पति आर्जन...
डि.पी.’परिश्रमी’को तीज गीत ‘फिलिली नाचम्ला’चर्चामा (भिडियो)
मनोरन्जन, समाचार

डि.पी.’परिश्रमी’को तीज गीत ‘फिलिली नाचम्ला’चर्चामा (भिडियो)

गीतकार डि.पी. दाहाल (परिश्रमी) को शव्द रचनामा रचित तीजको गीतमा चर्चित मोडलद्धय नयन डि.सी. र अञ्जली अधिकारीलाई नचाएका छन् । दाहालले आफ्नै शब्दमा रहेको यो तीजमा ‘फिलिली नाचम्ला’बोलको गीतमा चर्चित मोडललाई फिलिली नचाएका हुन् । हालसालै युटुब मार्फत सार्बजनिक भएको यस गीतमा स्वर भने चर्चित गायिका शान्ति श्री परियारले भरेकी छिन् । https://youtu.be/Y-J_lk9YKFg गीतले तीजमा माईतीमा गएर गरिने रमाईलोको पक्षलाई उजागर गरेको छ । स्मृति तिमिलसिना ‘गुरुआमा’ को निर्देशन रहेको’ गीतको भिडियोलाई सम्पादन प्रकाश धमलाले गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतकार दाहालले यसअघि मायाको क्या राम्रो आँखा, मायाको घरबार लगायतका गीत चर्चामा छन् ।...
टिम्बर ग्रुप अफ इन्डस्ट्रि आकर्षक ढोकाहरु बजारमा
अर्थ/व्यापार, समाचार

टिम्बर ग्रुप अफ इन्डस्ट्रि आकर्षक ढोकाहरु बजारमा

टिम्बर ग्रुपले आफना नयां उत्पादनहरु सार्वजनिक गरेको छ ।विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएका टिम्बर ग्रुप अफ इन्डस्ट्रिले दि एभरेष्ट होटल काठमाडौंमा एक बिशेष समारोहको आयोजना गरी देशभरका प्रतिष्ठित उद्योगी, व्यवसायी, इन्जिनियर, ठेकेदारहरुको उपस्थितिमा आफ्ना थप नयाँ उत्पादनहरु बजारमा लिएर आएको हो । घर निर्माणमा ढोकाका लागी सवैको पहिलो रोजाईमा पर्दै आएको टिम्बरले हालै मात्र आफना नयाँ उत्पादन हरुमा टिम्बर थाङ्का , काठको थाङ्का, टिम्बर फिटिङ , टिम्बर फर्निचर , टिम्बर इन्टेरियर अन्तराष्ट्रिय तथा नेपाली बजारमा एकैसाथ नयाँ उत्पादन ल्याइएको जानकारी डिजीटल माध्यमद्वारा कम्पनीका सीईओ एक नारायणले गराउनु भएको थियो ।...
कृष्ण पौडेलको निर्देशनमा ‘तीज आयो’सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

कृष्ण पौडेलको निर्देशनमा ‘तीज आयो’सार्वजनिक (भिडियोसहित)

नेपाली महिलाहरू महान् पर्व तीज नजिकिदै जादा तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा कृष्ण पौडेलको निर्देशन रहेको तीज गीत ‘तीज आयो…’को भिडियो सर्वाजनिक भएको छ । सार्वजनिक गीतमा एलिना चौहानको स्वर, इन्दु दनुवारको शब्द, विकास चौधरीको सङ्गीत र संजय हमालको सङ्गीत संयोजन छ । https://youtu.be/jzvgqDI7qZI प्रतिभा चामलिङको कोरियोग्राफी रहेको गीतको भिडियोमा इन्दु दनुवार, विष्णु थामी र प्रकाश क्षेत्रीको अभिनय रहेको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । गीतको भिडियो गायिका एलिनको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन्
राजनीति, समाचार

नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन्

-डा.डिआर उपाध्याय, अब देश बिकास र समृद्धिका लागी युवा जुटनु पर्छ । देश बनाउने भनेको युवाले हो । युवा तात्नु पर्छ । बुढा नेताबाट अब युवाले नेतृत्व खोसेर लिनु पर्छ । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो अथवा जान दियौ भने मुलुकको अवस्था जहाँको त्यहि हुने निश्चित छ । अहिले हाम्रो देशमा सबै दलमा बुढा नेताहरुले नै नेतृत्व गदै आएका छन । उनीहरुले युवालाई सजिलै नेतृत्व छाडलान भन्ने कुनै छाँटकाँट नै छैन । आर्यघाट नपुन्जेल नेतृत्व छाडन कुनै बुढा नेता तयार छैनन् । यो हाम्रो देशको समस्या हो । युवाहरु नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन् । युवामा आँट हुनु पर्छ । आँट र साहासले नै मुलुक बनाउने हो । आज देशमा यति धेरै उर्जाशिल युवा नेता छन । तर सबै किनाराको साक्षी मात्र भए । एमाले भित्र त्यहि समस्याले पाटी फुट्यो । ओली र नेपालले नेतृत्वको टकराव नगरेको भए पार्टी ...
अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)

काठमाण्डौ, भाद्र ४ | चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरले सुसज्जित चोखो माया बोलको गीत सार्वजनिक भएको छ । गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो । स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ(एमएमपी)ले रेकर्डिङ गरेका हुन । रोमान्टिक शैलीको गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल को अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ । https://www.youtube.com/watch?v=WKYp0_IXAQw ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोलाई लामो समयदेखि भिडियो निर्देशन गरिरहेका निर्देशक र्‍यान कार्कीले निर्देशन गरेका छन भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ्ग, पोष्टर डिजाईनिङ र...