टिम्बर ग्रुप अफ इन्डस्ट्रि आकर्षक ढोकाहरु बजारमा - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

टिम्बर ग्रुप अफ इन्डस्ट्रि आकर्षक ढोकाहरु बजारमा


टिम्बर ग्रुपले आफना नयां उत्पादनहरु सार्वजनिक गरेको छ ।
विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएका टिम्बर ग्रुप अफ इन्डस्ट्रिले दि एभरेष्ट होटल काठमाडौंमा एक बिशेष समारोहको आयोजना गरी देशभरका प्रतिष्ठित उद्योगी, व्यवसायी, इन्जिनियर, ठेकेदारहरुको उपस्थितिमा आफ्ना थप नयाँ उत्पादनहरु बजारमा लिएर आएको हो । घर निर्माणमा ढोकाका लागी सवैको पहिलो रोजाईमा पर्दै आएको टिम्बरले हालै मात्र आफना नयाँ उत्पादन हरुमा टिम्बर थाङ्का , काठको थाङ्का, टिम्बर फिटिङ , टिम्बर फर्निचर , टिम्बर इन्टेरियर अन्तराष्ट्रिय तथा नेपाली बजारमा एकैसाथ नयाँ उत्पादन ल्याइएको जानकारी डिजीटल माध्यमद्वारा कम्पनीका सीईओ एक नारायणले गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *