आन्दोलनका क्रममा जनधनको क्षतिप्रति चेम्बरद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा परेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
चेम्बरले आन्दोलनले औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबै सरोकारवाला निकायले संवाद, सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिएको छ।
चेम्बरको भनाइमा, भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रमा पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजी पुस्ताले उठाएका मागहरू आजको प्रमुख आवश्यकता हुन्। यी मुद्दा गम्भीरतापूर्वक सम्बोधन नगरे आन्दोलनले थप अस्थिरता र निराशा फैलाउने खतरा रहेको चेम...










