समाचार

करियर बनाउन इच्छुक युवायुवतीका लागि राज मेकअप स्टुडियोको विशेष छूट योजना
अर्थ/व्यापार, समाचार

करियर बनाउन इच्छुक युवायुवतीका लागि राज मेकअप स्टुडियोको विशेष छूट योजना

छठ पर्वको शुभ अवसरमा बानेश्वरस्थित राज मेकअप स्टुडियो तथा राज ब्यूटी एकाडेमीले मेकअपसम्बन्धी विभिन्न कोर्षहरूमा २५ प्रतिशत विशेष छुटको घोषणा गरेको छ। सन् २०१२ मा स्थापना भएको यस स्टुडियोले विश्वप्रसिद्ध नेदरल्याण्ड्स ब्रान्ड ‘मेकअप स्टुडियो’बाट भारत, दिल्लीमा उच्चस्तरीय मेकअप अध्ययन एवं दीर्घ अनुभव हासिल गरेका मेकअप ट्रेनर तथा आर्टिष्ट टेक राज पाण्डेको नेतृत्वमा मेकअप आर्टिष्ट र ब्यूटिसियन क्षेत्रमा करियर बनाउन इच्छुक युवा–युवती तथा गृहणीहरूका लागि नयाँ, उपयोगी तथा व्यावसायिक कोर्षहरू सञ्चालन गर्दै आएको छ। स्थापनाकालदेखि हालसम्म हजारौँ प्रशिक्षार्थीहरूलाई दक्ष मेकअप आर्टिष्ट तथा सफल उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्टुडियोले ग्राहक सेवामा पनि उत्कृष्ट पहिचान बनाएको छ। मेकअप आर्टिस्ट तथा नेल आर्टिस्ट ब्युटिसन मेहन्दी आर्टिस्ट र विभिन्न कोषहरू लाई क्षेत्रमा भविष्य ...
दशैं मनाउन गाउँ पुगेका अभिनेता श्रीदेव भट्टराईसँग सम्पर्क टुट्यो
मनोरन्जन, समाचार

दशैं मनाउन गाउँ पुगेका अभिनेता श्रीदेव भट्टराईसँग सम्पर्क टुट्यो

नेपालका चर्चित अभिनेता तथा मोडल श्रीदेव भट्टराई २४ घण्टादेखि सम्पर्कविहिन भएको समाचार प्राप्त भएको छ। लामो समयदेखि कला, संस्कृति र चलचित्र क्षेत्रमा सक्रिय रहँदै आउनुभएका अभिनेता भट्टराईको मोबाइल फोन पनि अहिलेसम्म अफ रहेको पुष्टि भएको छ। दशैँको अवसरमा आफ्नै जन्मघर इलाम पुगेका उहाँ हालसम्म परिवार र मित्रहरूसँग कुनै सम्पर्कमा आउनुभएको छैन। श्रीदेव भट्टराई नेपालका दुई दशकभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा सक्रिय बहुआयामिक कलाकार हुन्। उहाँले अभिनय गरेको थुप्रै म्यूजिक भिडियो, विज्ञापन तथा चलचित्रहरू अत्यन्त लोकप्रिय बनेका छन्। भावनात्मक अभिनय, शालीन व्यक्तित्व र कलाप्रतिको समर्पणका कारण भट्टराईले दर्शक तथा चलचित्रकर्मीबीच विशेष पहिचान बनाउन सफल हुनुभएको छ। कलाक्षेत्रका साथै उहाँले पछिल्ला वर्षहरूमा कार्यक्रम आयोजक र सांस्कृतिक संयोजकको भूमिकामा पनि उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। नेपा...
विश्व शान्ति, विकास र कूटनीतिक योगदानकर्तालाई मनिलामा सम्मान गरिने
मनोरन्जन, समाचार

विश्व शान्ति, विकास र कूटनीतिक योगदानकर्तालाई मनिलामा सम्मान गरिने

काठमाडौँ, १२ असोजः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सको आयोजनामा फिलिपिन्सको मनिलामा आगामी नोभेम्बर ९ मा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो । “नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, त्यस अवसरमा नेपाल र फिलिपिन्स दुवै देशका कलाकारहरुले मौलिक प्रस्तुति दिनुहुनेछ”, अध्यक्ष लामाले भन्नुभयो, “कार्यक्रममा विभिन्न विधामा अवार्ड तथा सम्मान पनि प्रदान गरिनेछ ।” कार्यक्रमको उद्देश्य केबल मनोरञ्जनमा मा...
महाकाव्यकार खेमनाथ दाहालको र कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको ‘लालीगुराँसको साटो…’ सार्वजनिक
मनोरन्जन, समाचार

महाकाव्यकार खेमनाथ दाहालको र कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको ‘लालीगुराँसको साटो…’ सार्वजनिक

काठमाडौं । ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविताजस्तो लाग्छ । महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमै लेखेको काव्य ‘योद्धा’ भित्रको यो श्लोक फेरि संगीतसहित पुनर्जीवित भएको छ । मंगलबार राजधानीमा मिलापको आयोजनामा गरिएको विशेष समारोहमा गीतको भिडियो सार्वजनिक हुँदै गर्दा सभाहल केवल विमोचनस्थल बनेन, बरू साहित्य, संगीत र इतिहासको संगम स्थलमा रूपान्तरित भयो । गीतमाथि कार्यक्रमस्थलमा व्यक्त भएका धारणा सुन्दा लाग्थ्यो-साहित्य र संगीतबीचको पुल बलियो हुँदै गएको छ । दाहालको कलमबाट बगेका शब्दहरू र सन्तोषको स्वरबाट घन्किएको धुनले उपस्थितलाई केवल गीतमात्र होइन, एक ऐतिहासिक सन्देश सुनाइरहेको थियो । समारोहमा प्रमुख अतिथि प्राडा.शैलेन्द्रु प्रकाश नेपालले गीतको भिडियो स्विच अन गरेर सार्वजनिक गर्नुभएको थियो । उहा...
राज टाइगरको शब्द र बसन्ती लामाको संगीतमा ‘सम्झनाका पल’(भिडियो)
मनोरन्जन, समाचार

राज टाइगरको शब्द र बसन्ती लामाको संगीतमा ‘सम्झनाका पल’(भिडियो)

नेपाली संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ। गीतमा राज टाइगरको शब्द, बसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको छ। आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता–दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको Mixing/Mastering गोविन्द सोनी, Recording बिशाल योन्जन र Muurchhanga Studio मा सम्पन्न गरिएको हो। अडियो तथा भिडियो दुवैलाई Sadikshya Films ले प्रस्तुत गरेको हो। https://youtu.be/yfRTOpPXD9U भिडियो पक्षमा अमर ओलीको निर्देशन रहेको छ भने, सुर्य कुमार र रबिना कार्कीको अभिनय देख्न सकिन्छ। छायांकन ज्ञान कुमार कट्टेल, सम्पादन तथा रंग संयोजन पदम सुबेदी, मेकअप आर्टिस्ट मीरा लामा र पोस्ट–प्रोडक्सन Sadikshya Filmsले गरेको हो। यस गीतलाई सदिक्षा फिल्म्स युटुबमार्फत हेर्न सकिन्छ। संगीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प...
चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’ सार्वजनिक(भिडियो)

गायक तथा संगीतकार चेतन राईको पाँचौं गीतिसंग्रह ‘स्पिड’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गीतकार लोकराज अधिकारी, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायत अतिथिहरूले सामूहिक रूपमा उक्त गीति संग्रहको विमोचन गर्नुभएको हो । https://youtu.be/Tc_jfnROkOA कार्यक्रमका प्रमुख अतिथि संगीतकार सिंहले चेतनलाई बहुमुखी प्रतिभाशाली कलाकारको रूपमा परिचित गराउँदै आगामी दिन अझ उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो । गीतकार अधिकारीले करिब तीन दशकअघि चेतनसँगको भेट स्मरण गर्दै त्यतिबेलादेखि नै उहाँ लेखन, संगीत र गायनमा सक्रिय रहेको उल्लेख गर्नुभयो । उहाँले हालै दुई गीतमा चेतनसँग सहकार्य भएको जानकारी पनि दिनुभयो । कीर्तिमानी संगीतकार श्रेष्ठले डेढ दशकदेखि चेतनलाई चिन्ने अवसर पाएको उल्लेख गर्दै, बाहिर बढी देखाउन नचाहने तर निरन्तर कर्ममा लागिरहने उहाँ कुशल ...
युवराज छन्त्यालको नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

युवराज छन्त्यालको नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक(भिडियो)

काठमाडौं — लोकप्रिय गायक युवराज छन्त्याल ले नयाँ गीत ‘म त परे म्याग्दी खोलाको’ सार्वजनिक गरेका छन्। मौलिक लोकधुनमा तयार गरिएको यस गीतमा देवी घर्ति, कुसुम थापा, नबिन र सगुनले समेत स्वरमा साथ दिएका छन्। https://www.youtube.com/watch?v=Ncet1L91lEs गीतले म्याग्दी खोलाको सौन्दर्य, गाउँघरको जीवनशैली र प्रेमको भावनालाई चित्रण गरेको छ। छन्त्यालको दमदार स्वर र सहगायक–गायिकाको सुमधुर प्रस्तुतीले गीतलाई अझ आकर्षक बनाएको छ। भिडियोमा देखाइएका दृश्यहरूले पहाडी संस्कृति र प्राकृतिक सुन्दरतालाई उजागर गर्दै दर्शकलाई गाउँघरको माहोलमा डुबाइदिन्छ। संगीतसहितको प्रस्तुतीले नेपाली लोक संगीतमा नयाँ स्वाद थपेको छ भने दर्शक–श्रोता बीच छोटो समयमा नै राम्रो प्रतिक्रिया पाउन थालेको छ।...
सृष्टि थापाको नयाँ गीत ‘टाढा भएनी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सृष्टि थापाको नयाँ गीत ‘टाढा भएनी’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन्। शास्त्रीय संगीत भने उनले चण्डी काफ्लेबाट सिकेकी हुन्। https://youtu.be/Q0CWmrdP5iI लमजुङ घर भएकी उनले ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन्। उनी आफूलाई हरेक खालका गीतहरू गाउन इच्छा राख्छिन्। हाल सार्वजनिक गरिएको गीत “टाढा भएनी ” सेन्टिमेन्टल गीत रहेको छ। संगीतमा सागर सुनार , रचना भने सागर सुनार र गायिका स्वयंको रहेको छ l सोही म्युजिक भिडियोलाई निर्देशन टेक अछामीले गरेका हुन्, छायाङ्कन भने उमेश शाह र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।...
लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज
मनोरन्जन, समाचार

लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज

मिसेस नेपाल अष्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जितिन्। ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन्। उनले ६०० अष्ट्रेलियन डलर नगद, ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अष्ट्रेलियन डलर, २०,...
सक्षम नेतृत्वका लागि समिर लामा: सूचना प्रवाह र पारदर्शिताको आवश्यकता
राजनीति, समाचार

सक्षम नेतृत्वका लागि समिर लामा: सूचना प्रवाह र पारदर्शिताको आवश्यकता

काठमाडौं । मुलुक आज जटिल र विषम परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता, सामाजिक असन्तुलन, आर्थिक चुनौती र प्रविधि–सूचना व्यवस्थापनको अव्यवस्था देशलाई थप अनिश्चिततामा धकेलिरहेको छ । यस्तै अवस्थामा, जनता स्थिरता, सुशासन र पारदर्शिता खोजिरहेका छन् । प्रधानमन्त्री सुशिला कार्कीप्रति आम नागरिकको विश्वास बढ्नु त्यसैकारण हो । उहाँको दृढ स्वभाव, निष्पक्ष दृष्टिकोण र इमानदार छविले मुलुकलाई संकट पार गर्ने बलियो आधार प्रदान गरेको छ । तर प्रश्न उठ्छ..के मात्र प्रधानमन्त्रीको दृढ नेतृत्व पर्याप्त छ? स्पष्ट उत्तर हो ….होईन । यसका लागि दक्ष, लोकप्रिय र अनुभवी व्यक्तित्वहरूको सहकार्य अपरिहार्य हुन्छ । आजको युग सूचना र प्रविधिको हो । तर विडम्बना, मुलुकमा सूचना व्यवस्थापन अझै स्पष्ट, व्यवस्थित र जनमुखी बन्न सकेको छैन । भ्रामक प्रचार, तथ्यहीन समाचार र अव्यवस्थित डिजिटल प्रयोगले जनमानसमा नकारात्मक ...