दोश्रो‘सोसियल मिडिया फिल्म अवार्ड’ आयोजना हुदै
फिल्म, वृत्तचित्र, विज्ञापन तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरूलाई मध्यजनर गर्दै ‘सोसियल मिडिया फिल्म अवार्ड’ आयोजना हुने भएको छ । ड्रिम वल्र्ड अफ् फिल्म मेकर्सले यो अवार्ड आयोजना गर्न लागेको हो।
मेकर्सकी अध्यक्ष तथा आयोजक समितिकी अध्यक्ष सवनम मुखियाले मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको बताइन्।
अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’अन्तर्गत वृत्तचित्र, ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए एड विधामा प्रतिष्पर्धा हुनेछ।
यस्तै ‘सोसियल मिडिया’अन्तर्गत ‘वेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल’, ‘वेस्ट युट्युव भिडियो’, ‘वेस्ट च्यालेन्जिङ न्युज लाईभ’, ‘वेस्ट इन्करेजमेन्ट म्युजिकली’, ‘वेस्ट ट्रोल र पब्लिक च्वाइस अवार्ड’ प्रदान गरिनेछ।
प...










