समाचार

नेपालकी वरिष्ठ व्यूटिसियन मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड
मनोरन्जन, समाचार, समाज

नेपालकी वरिष्ठ व्यूटिसियन मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेकी थिईन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड उचालेकी थिईन । सौन्दर्य क्षेत्रको करीब १८ वर्षे लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उनी नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा ...
रेडियो कै इतिहासमा पहिलो रेडियो रियालिटी प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुदै
समाचार, समाज

रेडियो कै इतिहासमा पहिलो रेडियो रियालिटी प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुदै

प्लानेट मल्टिमेडिया इन्टरनेसनल र रेडियो झापाको संयुक्त आयोजनामा स्टार आर्जे नामक प्रतियोगिता संचालन हुने भएको छ।  यो स्टार आर्जेको दोस्रो संस्करण हो। यसको पहिलो संस्करण गत बर्ष सम्पन्न भएको थियो।  पछिल्लो बर्ष कोरोना महामारीको कारण लकडाउनले गर्दा ओझेलमा परेको साथै बृहत योजना हुँदा हुँदै पनि सो अनुसार प्रतियोगिता संचालन गर्न धेरै बाधाहरुका कारणले धेरै कुरा समेट्न नसकेको आयोजकको भनाई रहेको छ।  तर यो पटक भने परिस्थिति अनुकुल रहेको कारण स्टार आर्जेको दोस्रो संस्करण बृहत र उच्च स्तरका साथमा सम्पन्न गर्ने तयारी भै रहेको पनि आयोजकले जनाएको छ। रेडियो टिभी तथा मेडिया क्षेत्रमा आफ्नो भबिष्य खोज्नेहरुको लागि यो एउटा राम्रो मंच हुन सक्छ। आयोजकका अनुसार मिडिया क्षेत्रमा जो जतिले आफ्नो करियर बनाउन चाहनुहुन्छ ति सबैको लागि लक्षित गरि यो प्रतियोगिता संचालन गरिएको हो।  यो प्रतियोगिता एउटा...
बुद्ध भूमि ट्याक्सी सेवाको दोस्रो साधारणसभा सम्पन्न
अर्थ/व्यापार, समाचार

बुद्ध भूमि ट्याक्सी सेवाको दोस्रो साधारणसभा सम्पन्न

बुद्ध भूमि ट्याक्सी सेवा प्रालिको दोस्रो साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।  बुटवल ११ मा एक कार्यक्रमका बिच साधारणसभा भएको हो । साधारणसभाले  नया संचालक समिति चयन गरेको छ । संयोजकमा गोबिन्द बहादुर कुवर,सहसंयोजकमा नरिनारायण घिमिरे,कार्यालय ब्यबस्थापकमा यमबहादुर अर्जेल,आर्थिक ब्यबस्थापकमा दीलिप कुमार बिक,संचालक समिति सदस्यहरुमा गंगाबहादुर कुवर,मोहन अधिकारी,जनार्दन यादब,भिमप्रसाद बस्याल,कानुनी सल्लाहकार रेशम अधिकारी  र सल्लाहकारमा चेतन गुरुङ र धनबहादुर थापा रहेका छन् ।यसअघि भएको साधारणसभाको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यबसायीको हक हित र लगानी सुरक्षामा सरकारले ध्यान दिन नसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी ट्याक्सी तथा भ्यान ब्यबसायी समिमितका पुर्व उपाध्यक्ष होमनाथ उपाध्यायले सबैले मिलेर प्रालिलाइ देशकै नमुना बनाउनुपर्ने बताए ।  सो अबसरमा चेतन गुरुङ,धन...
स्टार ईन्टरनेशनल अवार्डमा सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई सर्वोत्कृष्ट सौन्दर्यविदको अवार्ड
मनोरन्जन, समाचार

स्टार ईन्टरनेशनल अवार्डमा सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई सर्वोत्कृष्ट सौन्दर्यविदको अवार्ड

सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित हुनुभएको छ ।दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण भव्य कार्यक्रममा उहांलाई नेपाल सरकारका रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको हातबाट वर्ष सौन्दर्य विशेषज्ञको उपाधीबाट सम्मानित हुनुभएको हो । होटल र्याडिसनमा सम्पन्न उक्त कार्यक्रममा उहांलाई सौन्दर्य क्षेत्रको लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहांलाई उक्त सम्मान गरिएको थियो । थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उहांको महत्वपूर्ण योगदान रहेको छ । समाजसेवामा समेत सक्रिय सुवेदीले लामो समय देखि फेसियल,स्किन मेन्टेन,रिंकल कन्ट्रोल लगायतका विशेष सेवाहरु प्रदान गर्दै आउनु भएको छ । लाखौ सन्तुष्ट ग्राहकहरुको रोजाईमा पर्ने सौन्दर्यविद सुवेदी ग्राहकको सन्तुष्टीका लागि गुणस्त...
‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत
मनोरन्जन, समाचार

‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत

वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् । मंगलबार राजधानीमा टिकागोपाल डिजिटल एम क्रियशनको आयोजनामा ‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ अन्तर्गत वरिष्ठ गायिका शाह पुरस्कृत भएकी हुन् । उनलाई वरिष्ठ गायक सम्भुजीत बास्कोटा र कानून तथा संविधानविद् भिमार्जुन आचार्यले रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे । उक्त कार्यक्रममा गायिका शाहललाई पुरस्कृत गर्दै वरिष्ठ गायक बास्कोटाले ठूलो योगदान दिएका श्रष्टालाई राज्यर र संघ संस्थाले पनि सम्मान तथा पुरस्कृत गर्नुपर्ने बताए । साथै, उनले धेरै लामो समय रेडियो नेपालमा काम गरेकी शाहलाई बिना सम्मान र एक्कासी रेडियो नेपालले जागीरबाट हटाएकोमा दुःख व्यक्त गरे । ‘कतिपय संस्थाहरुले थोरै समय काम गरेका आफ्ना कर्मचारीलाई सम्मानसहित बिदाई गरेको उदाहरणहरु छन्, झण्डै तीन दशक जति काम गर्नुभएकी चन्द्रकला दिदीलाई त्यती ठूलो संस्...
साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न
मनोरन्जन, समाचार

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उहाँलाई सम्मान गर्नुभएको थियो । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योति विकास बैंकले सहकार्य गरेको थियो । त्यसैगरी विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान आठ हजार ८४८ रुपैयाँसहित ...
कोही पनि नेता देश र जनता प्रति जिम्मेवार छैनन्
राजनीति, समाचार

कोही पनि नेता देश र जनता प्रति जिम्मेवार छैनन्

-डा.डिआर उपाध्याय, शक्ति र दम्भको राजनीतिले शक्ति र दम्भको राजनीतिले देश थला परेको छ । आज शक्ति र दम्भको आडमा जुन किसिमको राजनीति भइरहेको छ यसले मुलुकलाई अघि बढाउन सक्दैन र सकेको पनि छैन । आज जनता महंगीको मारमा छन तर देशमा सरकार छ की छैन त्यो समेत जनताले अनुभूति पाउन सकिरहेका छै्रनन् । आज बिप्लव समूहले नेपाल बन्दको घोषणा गरेको समाचार छ । जनताले साथ दिन्छन की दिदैनन् त्यो भने केही समय पछि थाहा हुने छ । माइतीघर मण्डलामा दिनौं नारा जुलुश चलिरहेको छ । हामी कता जान खोजेका हौ । देश कता जादै छ ? बडो गम्भिर प्रश्न उठेको छ । बार र सर्वोच्च बीच चलेको द्धन्द अझै सेलाउन सकेको छैन । सबै क्षेत्र अस्त ब्यस्त छ । यहाँ कसैलाई केही मतलव छैन । महंगीले जनता भोकै पर्ने हुनकी भन्ने चिन्ता पनि छ । देशमा शोषणको अन्त्य भएको छैन । कसैले कोही माथि शोषण गरिरहेको छ । राजनीति दल र तिनका नेताहरु मिठा मिठा भाषण गर्न म...
मूल्यवृद्धि फिर्ता गर
अर्थ/व्यापार, समाचार

मूल्यवृद्धि फिर्ता गर

-डा.डिआर उपाध्याय, नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि जनता निराश बनेका छन । आज मूल्यवृद्धिले भयावह अवस्था निम्त्याएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा जनता रुने की हाँस्ने अबस्थामा छन । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनतामा आर्कोश थपिएको छ । मूल्यवृद्धि भएपछि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढ्न जाँदा अब एक ग्यास सिलिन्डरको मूल्य १५ सय ७५ रुपैयाँ हुन गएको छ । पेट्रोल प्रतिलिटरको मूल्य १ सय ३६ रुपैयाँमा पुग्दा डिजेल मट्टीतेल प्रतिलिटर मूल्य १ सय १९ रुपैयाँ हुन पुगेको छ । आन्तरिकतर्फको हवाई उडानमा इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १ सय १ रुपैयाँ पु¥याइएको छ । न...
चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक
समाचार, समाज

चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक

कमला जोशीको प्रस्तुती रहेको चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’ बोलको गीत सार्वजनिक  भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ । सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् ।हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । https://youtu.be/1LGn9GlVx2s माधव राज खरेल निर्देशित उक्त चलचित्रलाई छिट्टै सार्वजनिक प्रर्दशनीमा ल्याउने निर्माण कम्पनील...
भव्य रुपमा सम्पन्न पहिलो एएनपी नेशनल अवार्ड,विश्वकिर्तिमानी डा.डिआर सर्वोत्कृष्ट गीतकार
मनोरन्जन, समाचार

भव्य रुपमा सम्पन्न पहिलो एएनपी नेशनल अवार्ड,विश्वकिर्तिमानी डा.डिआर सर्वोत्कृष्ट गीतकार

चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका लागि राजधानीमा सोमबार सम्पन्न एएनपी अवार्डस् २०२१ मा विपिन कार्की र निरुता सिंह सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री तथा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशकको अवार्ड विजेता भएका छन्। राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रै जात्रा तथा निरुता सिंह दाल भात तरकारीबाट अवार्ड विजेता भएका हुन्। २०७४ देखि २०७६ सालमा रिलीज फिल्म तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई २०७४ को पिंजडा व्याक अगेनबाट खलपात्र, सौरभ लामा २०७६ को पासवर्डबाट छायांकन निर्देशन, अर्जुन जिसी  २०७६ को साङलोबाट सम्पादन बनिष शाह र भुपेन्द्र अधिकारी २०७४ को प्रेम गीत २ बाट सम्पादन, रेनिष फागो प्रेम गीत २ बाटै सम्पादन, सत्यम राना २०७५ को छिरिङबाट कलरिस्टको अवार्ड विजेता भए। यस्तै विभिन्न मितिका विभिन्न फिल्म...