राजनीति

महेन्द्रनगरमा कोरोना कहर : पुन: निषेधाज्ञा र शैक्षिक संस्था बन्द
राजनीति, समाचार

महेन्द्रनगरमा कोरोना कहर : पुन: निषेधाज्ञा र शैक्षिक संस्था बन्द

सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि पुनः विद्यालयहरु बन्द भएका छन् । त्यसैगरी दुई दिनअघि भीमदत्तनगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । शनिबार यहाँको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताउनुभयो । महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न आजदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, ...
राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीकाे एक घण्टा छलफल
राजनीति, समाचार

राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीकाे एक घण्टा छलफल

मास्क नलगाई समुन्द्री किनारमा एक व्यक्तिसँग सेल्फी खिचेका कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई ३ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ। डिसेम्बरको सुरुमा समुद्री तटमा भेट भएका एक महिलासँग मास्क नलगाई खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। स्वास्थ्य अधिकारीहरुले कोरोना महामारी रोक्नका लागि सार्वजनिक स्थलहरुमा मास्क लगाउनै पर्ने कडा नियमको राष्ट्रपति पिनेराले उल्लंघन गरेका कारण उनलाई जरिवाना गरिएको बताएका छन्। चिलीमा सार्वजनिक स्थलमा मास्क नलाउने व्यक्तिलाई आर्थिक जरिवानादेखि जेल सजायसम्म हुने व्यवस्था गरिएको छ। डिसेम्बरको सुरुमा सामाजिक सञ्जालमा फोटो आएपछि पिनेराले माफी मागेका थिए। राष्ट्रपति आफ्नो घर नजिकैको समुद्री तटमा एक्लै टहलिरहेका बेला एक महिलाले उनलाई चिनेर फोटो खिच्न आग्रह गरेपछि उनी त्यसका लागि तयार भएका थिए। फोटोमा दुवैले मास्क लगाएका थिएनन् भने उन...
सर्वोच्च बार अध्यक्षमा पूर्णमान शाक्य, उपाध्यक्षमा पौडेल
राजनीति, समाचार

सर्वोच्च बार अध्यक्षमा पूर्णमान शाक्य, उपाध्यक्षमा पौडेल

सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा अध्यक्षसहित बहुमत पदमा डेमोक्र्याटिक लयर्स एसोसिएसनको प्यानलले जित हात पारेकाे छ। नेपाली कांग्रेस निकट एसोसिएसनका तर्फबाट अध्यक्षका उमेदवार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जित हासिल गरेका छन्। लोकतान्त्रिकका तर्फबाट अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य सहित १० जना उमेदवार विजयी भएका हुन्। प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र ४ जना सदस्य विजयी भएका छन्। उपाध्यक्ष पदमा नेपाल लयर्स एसोसिएसनका मुकुन्दप्रसाद पौडेल विजयी भएका छन्।...
सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन
राजनीति, समाचार

सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन

डा.डिआर उपाध्याय संसदीय पद्धति खलबल्याउने खेल कसैले नगरोस् देशका दुई ठूला कम्युनिस्ट पार्टीलाई चुनावमा जनताले स्पष्ट बहुमत दिए । अहिले झण्डै दुई तिहाई नजिकको बहुमतको सरकार छ । तर सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन । चारै तिर सरकारको आलोचना छ । सुरुवाती दिनमा देशले आर्थिक, राजनीतिक छलाङ मार्ने अपेक्षा सबैले गरेका थिए । तर त्यसो हुन सकेन । यति बेला जनता निराश छन । अहिले नेताहरु सत्ताको भागबन्डामा रुमिल्लएका छन । यो नै समस्याको बिषय बनेको छ । सत्तारुढ नेकपाका नेताहरूले जनविश्वास कायम गर्न सकेनन् । नेताहरु राज्यको ढुकुटी दोहन गर्ने प्रतिस्पर्धामा छन । नेकपाभित्रको किचलो कहिले टुंगो लाग्ने हो यसै भन्न सकिने अवस्था छैन । महामारीका बेलामा आपूर्ति गरिएको स्वास्थ्य सामग्रीमा समेत अनियमितता र बेथिति देखियो । नेकपाका नेताहरू जनताप्रति उत्तरदायी बन्नु पर्ने आबश्यकता देखिएको छ । राजनीतिक नेतृत्व...
संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट
राजनीति, समाचार

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल उक्त रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । सरकारले ल्याएको अध्यादेशले राज्यका निकायहरूको सन्तुलन विगारेको तथा संविधानमाथि नै जालसाझी गरेकाले रिट दायर गरेको अधिवक्ता अर्यालले बताएका छन् । संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म डाकेको बैठक स्थगित भएपछि मंगलबार ‘आकस्मिक‘ बसको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो । सरकारले सिफारिस गरेको संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपतिबाट जारी भएसँगै नेपालको राजनीतिले नयाँ मोड लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशअनुसार मंगलबार साँझ नै संवैधानिक परिषद्को बैठक बसेको थियो । प्रधानमन्त्रीसहित संवैधानिक परिषदका पद...
नेपालमा विदेशी शक्तिहरुको चलखेल बढ्यो
राजनीति, समाचार

नेपालमा विदेशी शक्तिहरुको चलखेल बढ्यो

डा.डिआर उपाध्याय अब दलहरु नसच्चिए मुलुक बन्दैन अहिलेको सरकारको मुख्य कार्यभार भनेको देशको विकासलाई गति दिनु हो । देशको विकास के कसरी गर्न सकिन्छ भन्ने कुरा सबै बिज्ञहरु सँग सरसल्लाह र सुझाब लिएर सरकारले कामलाई अघि बढाउनु पर्छ । देशको विकास समृद्धि र सुशासन कायम भयो भने सडकमा ढुङ्गा हान्न कोही आउँदैन् । सडकमा देखिएको असन्तुष्टि भनेको गरिबी अभाव र बेरोजगारी समस्याले गर्दा हो । मानिस काममा ब्यस्त हुने वातावरण निर्माण हुन थाल्यो भने को आउँछ सडकमा प्रर्दशन गर्न ? काम नपाएर बेरोजगारीहरुको भिड नै सडक तताउने माध्यम बनेको छ । हामीले बेरोजगारी समस्या समाधान गर्ने कुरामा कहिल्यै पनि ध्यान दिन सकेनौँ। हो अहिले विश्वब्यापी कोरोना भाइरसले संसारलाई नै आक्रान्त बनाएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरसको कारणले लामो समय लकडाउन भयो । मान्छेहरुले आफ्नो पेसा ब्यबसाय चलाउन पाएनन् । त्यसको...
लोकतन्त्रको विकल्प लोकतन्त्र :डा.डिआर उपाध्याय
राजनीति, समाचार

लोकतन्त्रको विकल्प लोकतन्त्र :डा.डिआर उपाध्याय

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । देशको सबैभन्दा ठूलो दल नेकपा भित्र आन्तरिक किचलो चलिरहेको पनि लामो समय भैसक्यो । मुलुकको प्रमुख दल भित्र आन्तरिक विवाद हँुदा समग्र देशको आर्थीक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा प्रभाव पार्दो रहेछ । मुलुकमा राजनीतिक परिवर्तन पटक पटक भए तर जनताले कुनै बेला पनि परिवर्तनको महसुस गर्न सकेनन्। राजनीतिक दल र तिनका नेताहरुले मात्र फाईदा उठाउँदै आए । हिजोका दिनमा निम्न आयस्रोत भएका नेताहरुका अहिले घर, घडेरी र गाडी छन् । जनताको नाममा राजनीति गरेका नेताहरुको ब्यक्तिगत सम्पती जोडेको देख्दा आम जनता असन्तुष्ट छन् । जनताको नाममा राजनीति धेरै भयो तर जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क छन् । जुन पार्टी सरकारमा गएपनि देश र जनताको पक्षमा सोच्न सकेनन् । केबल आफ्नो ब्यक्तिगत स्वार्थ मात्र हेरे यो नै मुलुकको अहिलेको समस्या हो । नेताहरु आर्थीक रुपमा सम्पन्न हुँदैजाने ज...
पद, पैसा र शक्ति मोह
राजनीति, समाचार

पद, पैसा र शक्ति मोह

–डा. डीआर उपाध्याय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) भित्रको आन्तरिक विवादका कारण देशमा समस्या उब्जिएको छ । यतिबेला मुलुकको सबैभन्दा ठूलो दलभित्र आन्तरिक विवाद हुँदा सबैको ध्यान खिचिएको छ । अहिले देशको राजनीतिक अवस्था सहज ढंगले अघि बढेको छैन । राजनीतिक दल र तिनका नेताहरु सत्तास्वार्थमा रुमल्लिनाले यो समस्या आएको हो । सबै नेतालाई पद, पैसा र शक्ति चाहिएको छ । जनता भोकै बसुन वा जे गरुन नेतालाई कुनै मतलब छैन । यो नै समस्या हो । नेतालाई जनता चाहिने भनेको चुनाबको बेला मात्र हो । अरुबेला जनताको के मतलब  ?  नेताले जनतालाई भ¥याङ बनाएर सत्तामा पुग्ने, राज्यको ढुकुटी सबै रित्याउने र देशलाई कंगाल बनाउने काम बाहेक अरु केही गर्न सकेका छैनन् । जनतामा नेताप्रति वितृष्णा बढ्दै गइरहेको छ । सरकारले सुरुका दिनमा राम्रा र आशालाग्दा विकासका सपना देखायो । तर कुनै पनि काम कार्यन्वयन गर...
चन्द समूहले गलत नीति त्यागोस, सरकारले वार्ता गरोस:डा. बाबुराम भट्टराई
राजनीति, समाचार

चन्द समूहले गलत नीति त्यागोस, सरकारले वार्ता गरोस:डा. बाबुराम भट्टराई

व्यक्ति हत्यामा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने चन्दका पूर्व नेतासमेत रहेका पूर्वधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन्। सो पार्टीले हालै मोरङमा एकजना शिक्षकको हत्या गरेको थियो। सो हत्यापछि विप्लवको चौतर्फी आलोचना भइरहेको बेला बाबुरामले वार्ताको कुरा उठाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ। व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ। चन्द समूहले गलत नीति त्यागोससराज्यले सार्थक वार्ता गरोस्’। चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाॅदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै ना...
नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन
राजनीति, समाचार, स्वास्थ्य

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्। लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।...