राजनीति

सरकारको फजुल खर्च नियन्त्रण गर्ने प्रयास
राजनीति, समाचार

सरकारको फजुल खर्च नियन्त्रण गर्ने प्रयास

डा.डिआर उपाध्याय सरकारी पैसा सहि रुपमा सदुपयोग गरेर देशको बिकाश गर्ने कुरामा सरकारको ध्यान जान पर्ने आबश्यकता देखिएको छ । फजुल खर्च रोक्ने जुन किसिमको सरकारको योजना छ , त्यो कार्यान्वयन पक्ष महत्वपूर्ण हो । अहिले हाम्रो शासन प्रणाली संघीय संरचनामा गएको छ । जसले गर्दा देशको खर्च पनि बढिरहेको छ । सरकारी खर्चको दायरा बढ्दै गएको छ । कोरोना महामारीका कारण अर्थतन्त्र पनि धराशयी हुने चिन्ता बढिरहेको छ । सरकारले फजुल खर्च नियन्त्रण गर्ने प्रयास गरेको छ । कार्यविधि नै बनाएर सार्वजनिक कार्यालय र सरकारी अधिकारीको खर्चमा अंकुश लगाउने कुरा छ । यो प्रयास राम्रो छ । प्रभावकारी कार्यान्वयन हुन भने जरुरी छ । यति बेला देशको अर्थतन्त्र कमजोर छ । कमजोर अर्थतन्त्र उकास्नको लागि पनि यो उपाय भरपर्दो हुनसक्छ । बिगत देखि नै सरकारी कार्यालयहरूमा अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति मौलाइरहेको थियो । फजुल खर्...
फेरि राजनीतिक सङ्कट थपिदै
राजनीति, समाचार

फेरि राजनीतिक सङ्कट थपिदै

डा.डिआर उपाध्याय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु मिलेर जानुहोस् । तपाईहरु नमिले सम्म देश बिकाश र समृद्धिको यात्रा पुरा हुने छैन । तपाईहरुलाई एकअर्का विरुद्घ कसले लडाइरहेको छ । अहिले मुलुकमा राजनीतिक स्थिरता छ । यो बेलामा सुशासन, शान्ति, अमनचैन, उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घि हासिल गर्न कसले छेकेको छ ? समाजवादका आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी सत्तारुढ नेकपाले पाएको छ । सत्तारुढ नेकपाले यो ऐतिहासिक जिम्मेवारी पुरा गर्ने कि नगर्ने यो गम्भिर प्रश्न हो । यो ऐतिहासिक कार्यभारलाई भुसुक्कै भुलेर नेताहरु आन्तरिक बिवादमा फस्नु राम्रो संकेत होइन । यो तीतो सत्य पहिलेदेखि नै सबैका सामु तेर्सिएको छ ।नेताहरूलाई धन चाहिएको छ । नेताहरु सिद्घान्त, विचार, नीति, विधि, पद्घतिभन्दा आफ्नो ब्यक्तिगत स्वार्थमा छन । देश...
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
अर्थ/व्यापार, राजनीति, समाचार

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ। संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो। त्यसै वर्षदेखि डिसेम्बर ९ का दिन यो दिवस मनाउने गरिएको हो। यस वर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घद्वारा आफ्ना सदस्य राष्ट्रलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानबमोजिम राष्ट्रका ऐन–कानून अद्यावधिक गर्न र भ्रष्टाचारविरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ। हाल सम्पूर्ण विश्व नै कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित भइरहेकाले यथाशीघ्र...
हिजोको कांग्रेस र आजको कांग्रेसमा किन फरक ?
राजनीति, समाचार

हिजोको कांग्रेस र आजको कांग्रेसमा किन फरक ?

डा.डिआर उपाध्याय नेपाली कांग्रेस लामो ऐतिहासिक इतिहास बोकेको पार्टी हो । यो पार्टी कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ की भन्र्ने चिन्ता छ । नेपालको लोकतान्त्रिक आन्दोलन देखि पटक पटक भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहदै आएको छ । इतिहासलाई कसैले भुल्नु हुदैन । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा सबै भन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस हो। यो पार्टीले राणाशासनको अन्त्य र निरंकुश राजतन्त्रको अन्त्य गर्न प्रमुख भूमिका खेल्यो । हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गदै आएको छ । नेपाल र नेपालीलाई स्वाधीन र सार्वभौम तुल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गदै आएको कुरा कसैले भ्ुल्नु हुदैन । अहिले यो पार्टी पनि सत्तारुढ दल जस्तै आन्तरिक द्वन्द्व, कलह, गुट–उपगुटमा बिभाजित छ । विगत इतिहासलाई मात्र भजाएर पार्टी अघि बढन सक्दैन । ०७ सालको क्रान्ति, ०३६ सा...
सगरमाथाको उचाई ८८४८.८६ मिटर अग्लो
राजनीति, समाचार

सगरमाथाको उचाई ८८४८.८६ मिटर अग्लो

सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८।८६ मिटर भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनले ८६ सेन्टिमिटर बढेको देखाएको छ । आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् ।
नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित
राजनीति, समाचार

नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित

डा.डिआर उपाध्याय नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद फेरि उत्कर्षमा पुगेको छ । गत निर्वाचनमा एउटै घोषणापत्रका आधारमा चुनाव लडेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको भावनात्मक एकता अझै सम्म हुन सकेको छैन । एकता महाधिवेशनबाट निर्वाचित नेतृत्व नआउञ्जेलसम्म यो समस्या यहि अवस्थामा रहिरहने देखिन्छ । महाधिवेशन कहिले हुन्छ त्यो पनि टुंगो छैन । माथिल्लो तह देखि तल्लो तह सम्म नेकपाका आम नेता कार्यकर्ताहरू अन्योलमा छन् । नेताहरू महाधिवेशनको तयारीमा लागेको देखिँदैन । आन्तरिक बिवाद चुलिदै गएको छ । एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा जनताले झन्डै दुईतिहाइको बहुमत दिएर सरकार चलाउने अनुमति दिएका छन । तर सरकार जनताप्रति जवाफदेही हुन सकेन । बिगतमा अस्थिर सरकारको कारण मुलुकले विकासका काम गर्न सकेन । अस्...
लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ
राजनीति, समाचार

लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ

डा.डिआर उपाध्याय नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनता प्रमुख राजनीतिक दल नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनताको फाइदा उठाउँदै दक्षिणपन्थी शक्तिहरु सल्बलाउन थालेका छन्। यो चिन्ताको बिषय हो । देशका बिभिन्न शहरहरुमा राजावादीहरु नारा जुलुस लगाउँदै हिडिरहेका छन । सबैजसो पार्टीभित्र आन्तरिक बिवाद छ । दलहरु सत्ता स्वार्थको राजनीति गर्नाले समस्या उव्जिएको छ । दलहरुमा राजनीतिक संस्कार, उच्च नैतिकता, इमानदारी भएको देखिँदैन। झन्डै दुइतिहाई बहुमतको दम्भले नेकपाभित्र आन्तरिक कलह चुलिएको छ। कोभिड– १९ ले विश्व नै नराम्ररी प्रभावित भएको छ। नेपाल पनि यसबाट आक्रान्त छ। यस्तो महामारीमा जनतामा कसरी स्वास्थ्योपचार, परीक्षण र राहत पुर्‍याउने भनेर नेकपा सरकार लाग्नु पर्नेमा उल्टो आन्तरिक बिवादमा रुमल्लिदै बसेको छ । पार्टीको आन्तरिक झगडाका कारण ओली सरकारको ध्यान पूर्णरूपमा कोरोना नियन्त...
नेकपा भित्र अन्तरविरोध बढ्दो
राजनीति, समाचार

नेकपा भित्र अन्तरविरोध बढ्दो

डा.डिआर उपाध्याय यति बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले सवैको ध्यान तानेको छ । पात्र फेरिए तर प्रवृत्ति फेरिएन । किसान, मजदुर र गरिबको हिजो जस्तो अवस्था थियो आज पनि त्यस्तै छ । लोकतान्त्रिक गणतन्त्रकालमा सर्वसाधरण जनताले फरक महसुस केही पाएका छैनन् यो भन्दा बिडम्वना के हो ? । मजदुर, किसान, श्रमजीवी, शोषित पीडित, गरिब जनताको समस्या दिनहँु बढदै गएका छन । नेताहरु एक आपसमा लडेर तमसा देखाइरहेका छन । महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताले आफना अधिकारका कुरा उठाइरहेका छन । सबै वर्ग, तह र समुदायका जनतालाई समानरूपमा अधिकारसम्पन्न बनाई राष्ट्रिय एकता सुदृढ पार्नु नै आजको आबश्यकता हो । तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र बन्दै जाँदा यो पार्टी विभाजन हुनेसम्मका चर्चापरिचर्चा भइरहेका छन्। यो मुलुकका ल...
आफनो घरको समस्या आफै समाधान गरौं :डा.डिआर उपाध्याय
राजनीति, समाचार

आफनो घरको समस्या आफै समाधान गरौं :डा.डिआर उपाध्याय

अहिले पछिल्लो समयमा देशका विभिन्न सहरमा राजावादीहरु नारा जुलुस प्रदर्शन गरिरहेका छन । राजावादीहरु उत्साहित देखिन्छन । तर यो उत्साहको कुनै अर्थ छैन । राजतन्त्रका पक्षमा जति सुकै चर्को नारावाजी गरे पनि राजतन्त्र फर्किनेवाला छैन । लामो त्याग ,तपस्या र बलिदानवाट प्राप्त अहिले सम्मका उपलव्धिहरु जनताले गुम्न दिने छैनन् । राजा समर्थकहरूले हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताका विरुद्ध पनि आवाज उठाएको देखिन्छ । अप्रत्यक्षरूपमा जनमत तयार गर्ने प्रयत्न राजावादीहरुले गरेका छन । दोस्रो जनआन्दोलनका सबै उपलब्धि जोगाउँन लोकतन्त्रवादी शक्तिहरु सचेत रहन भने जरुरी छ । लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा , जुलुश गर्ने अधिकार सवैलाई हुन्छ । तर देशको हित बिपरित गतिविधि बढाउन भने कसैलाई छुट छैन । नेपालको संविधानले पनि यस्तो अभ्यास गर्ने स्वत...
राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली
राजनीति, समाचार

राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले वीरेन्द्रनगरको कालिञ्चोकबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्‍याली निकालेर बुलबुले चोक, मंगलगढी चोक, मुख्य बजार हुँदै वीरेन्द्रचोकमा पुगेर सभाको आयोजना गरेका थिए। प्रदर्शनका क्रममा ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु राष्ट्र घोषणा गर’ जस्ता नारा लगाइएको थियो। देशव्यापी रुपमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरिरहेको स्वतन्त्र नागरिक संघर्ष समितिले नै सुर्खेतमा प्रदर्शनको आयोजना गरेको हो।...