अन्ततः नेकपा जोगिन सकेन
डा.डिआर उपाध्याय
अन्ततः नेकपा फुट्ने नै भयो । कसैले चाहेर पनि यो पार्टी जोगाउन सकिने अवस्था देखिएन । अहिले दुबै पक्षतिर आफ्ना आफ्ना समूहका बैठकहरु डाकी रहेका छन् । यसले के जनाउँछ भने अब नेकपा सग्लो रहेन । प्रधानमन्त्री केपी शर्मा ओली समूहले केन्द्रिय कमिटिको बैठक बोलाएर प्रचण्ड समूहका नेताहरुलाई कारवाही गर्ने भनेको छ भने उता अर्का पक्ष प्रचण्ड समूहले पनि केपी समूहलाई कारवाही गर्ने बताएका छन् । अहिले दुबै पक्षका नेता तथा कार्यकर्तामा तानातानको अवस्था सृजना भएको छ । एक पक्षले आफू पक्षमा पार्न खोज्ने र अर्को पक्षले पनि आफू पक्षमा पार्न खोज्ने प्रतिष्पर्धा चलेको दृश्य देखिन्छ । नेकपा विभाजन बाट आम जनता खुसी छैनन्,निरास र हत्तोसाहित भएका छन् ।जनताले सुरुवाती दिनमा निकै भरोसा र आशा गरेका थिए नेकपा बाट तर जनताले सोचे जस्तो नहुँदो रहेछ । यतिबेला आम जनतालाई जून ,जोगी आए पनि कानै चिरेका, जस्तो उख...







