अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता
-डा.डिआर उपाध्याय,
यति बेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ । प्रतिनिधिसभा विघटनपछि केहि दलहरु प्रतिनिधिसभा पुनस्र्थापना हुनु पर्ने माग राखि सडक आन्दोलनमा छन । आन्दोलन किन र के को लागी ? नेपाली जनता आन्दोलनका पक्षमा छैनन् ।
देशको हितमा छैन आन्दोलन । दलहरुका आन्दोलन कुर्सीका लागी हो । बिगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवन शैलिमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरुले दिनु पर्छ । आन्दोलन नेताहरुको कुर्सीको लागी हो । वर्तमान समस्याको समाधान दलहरुले खोज्नु पर्छ । यो बहुमतप्राप्त सर...





