अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ


नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ अष्टलक्ष्मी शाक्यसहित पक्राउ परेका छन् । नेता अमृत बोहराका अनुसार नेतृ शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले बिहीबार आम हड्ताल आह्वान गरेको छ । सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो ।

आम हड्तालका कारण काठमाडौँ उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *