लोकतन्त्र बचाउन सबै लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने
डा.डिआर उपाध्याय
लोकतन्त्रलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने दायित्व दलहरुको हो । नेपालको राजनीतिले २००७ सालको परिवर्तनदेखि अहिले सम्म उतारचढाव व्यहोर्दै आएको छ । नेपाली जनताले हरेक राजनीतिक परिवर्तनमा साथ र सहयोग गर्दै आएका छन् । देशमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि जनताले त्यसबाट कुनै फाइदा उठाउन सकेनन् ।
राजनीतिक परिवर्तनबाट फाइदा केबल नेताहरुले मात्र लिए । अहिले पनि मुलुक विषम परिस्थितिबाट गुज्रिदै छ । अब देशको राजनीतिले कुन मोड लिने हो यसको कुनै ठेगान छैन । अहिले मुलुकको राजनीतिक गतिविधि देखेर कतिपयले लोेकतन्त्र खतरामा परेको बताइरहेका छन् । लोकतन्त्र बचाउन सबै लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने आवश्यकता देखिएको छ । सडकमा नारा जुलुस लगाएर हिड्दैमा लोकतन्त्रको रक्षा हुन सक्दैन । सरकारले मध्यावधि निर्वाचन घोषणा गरेको छ । दलहरु त्यसमा भाग लिई चुनावमा गएमात्र लोकतन्त्र बचाउन...




