मनोरन्जन

मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न
मनोरन्जन, समाचार

मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

कथा ईभेन्टको आयोजनामा राजधानीको चुचेपाटि, चाहबिल केअल टावर मा रहेको हायब्स लन्ज मा “ मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै आएको कथा ईभेन्टले राजधानीमा “मिस हिमालय नेपाल,२०२१” आयोजना गर्ने भएको हो। अडिसन कार्यक्रममा निर्णायकको रुपमा कथा ईभेन्टका अध्यक्ष गनिका गुरुङ, वरिष्ठ र्ऱ्यापर निरनय ( NSK) र फेन्सी ब्याबसाही अनिता गुरूङ रहेका थिए । अडिसनमार्फत १८ जना प्रतिस्पर्धीहरु छनौट गरी संचालन गरिने “मिस हिमालय नेपाल,२०२१” प्रतियोगिताको लागि यसपटकको छनौट प्रक्रियामा समावेश कुल १८ प्रतिस्पर्धीहरुमध्येबाट ८ जना प्रतिस्पर्धीहरु छनौट गरिएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ १७ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर रोजिन शाख्य बाट प्रतिस्पर्धिहरुलाई सञ्चार...
चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान
मनोरन्जन, समाचार

चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान

विगत तीन दशक देखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय रुपमा निरन्तरता दिदै थुप्रै सुमुधुर गीतहरु गाएर फरक पहिचान बनाएका चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको छ। नेपाली गीत–संगीतको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर स्वरुप नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२०को तेश्रो संस्करणमा गायक पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको हो। पावर इन्टरनेशनल मिडियाव्दारा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले गायक पोखरेललाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।राष्ट्रिय अन्तराष्ट्रि थुप्रै अवार्डबाट सम्मानित गायक पोखरेल दर्जनौ संघ संस्थामा आवद्ध भै गीत संगित क्षेत्रको विकास र प्रवद्र्धनका लागि अहोरात्र खटिदै समेत आएका छन ।...
‘नेपाली हौं’भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)
मनोरन्जन, समाचार

‘नेपाली हौं’भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)

लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा राष्ट्रिय गीत “नेपाली हौं ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । फिरन्ते ए ट्राभलर नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोमा गायक स्वयंलाई भिडियोमा राष्ट्रिय झण्डा फहराउदै अभिनय गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=CZIw1mCfaX4&feature=share&fbclid=IwAR3sm0hcd2rDAJ8AAnopB3zfwwGtNUDU0kyJOAZZRxKOKsELU4l4XDaMPZM राष्ट्रियता झल्कने गीतको भिडियोलाई निर्देशक जिवन श्रेष्ठले निर्देशन गरेका छन । नारायण कुमार आचार्यको शव्द रहेको गीतलाई राहूल प्रधानले एरेन्ज तथा कम्पोज गरेका हुन । जिवन श्रेष्ठकै छायांकन रहेको भिडियोमा काठमाडौ उपत्यका लगायत सम्पदा सूचिमा सूचिकृत प्रख्यात क्षेत्रहरुलाई कैद गरिएको छ ।...
गायक रूद्रसेनको ‘दिल दुखायौ तिमीले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रूद्रसेनको ‘दिल दुखायौ तिमीले’ सार्वजनिक(भिडियो)

काठमाण्डौ, चर्चित गायक रुद्रसेन विश्वकर्माको दिल दुखायौ तिमीले मेरो सार्वजनिक भएको छ । नेपाली भाषाको मात्र नभई भोजपुरी, मैथिली लगायत विभिन्न भाषाभाषी र जनजाति गीतहरु गाउने उनी नेपालको प्राय सबै ठाउँहरुमा पुगिसकेका छन । https://www.youtube.com/watch?fbclid=IwAR0-VfYsAgSv-QVUjQbqSETjHEzsTmZ_7bF4cpgV6PtRVac36E0TmwkGw6c&v=2-oENno2Oz4&feature=youtu.be गीतमा उनलाई अनु चौधरीले साथ दिएकी छिन । गीतमा स्वयम् गायक रुद्रसेनकै शब्द तथा संगीत रहेको छ । नीर कुमारी विश्वकर्माको विशेष सहयोगमा निर्माण भएको भिडियोलाई प्रदिप कुमार रसाईलीले निर्देशन रहेको छ । भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री र पवनको अभिनय देख्न सकिन्छ । भिडियोमा योगेश दाहालको छांयाकन तथा अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोलाई गायक रुद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)
मनोरन्जन, समाचार

सुमित्रा र राजुको स्वरमा ‘बिर्से पापिलाई’ (भिडियो)

लोकदोहोरी गीत ‘बिर्से पापिलाई…’ सार्वजनिक भएको छ । सुमित्रा सत्याल र राजु बिरही सापकोटाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गायक सत्यालको लय तथा शब्द र संजय श्रीपालको एरेञ्ज छ गीतमा राजुकै निर्देशन रहेको गीतको भिडियोमा सञ्चारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठको अभिनय छ । मरुभुमी नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ भने मेकप राकेश रनपाको छ । https://youtu.be/HxxhtrZ-jgw भिडियोलाई कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ । भिडियो मिलन फिल्म प्रोडक्सनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।...
अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित
मनोरन्जन, समाचार

अभिनेत्री नीतू कोइराला ‘मदर टेरेसा ह्यूमिनिटी अवार्ड’बाट सम्मानित

भारतको फेस ग्रुपले नेपाली अभिनेत्री नीतू कोइरालालाई मदर टेरेसा ह्यूमिनिटी अवार्डबाट सम्मानित गरेको छ । फेस ग्रुपद्वारा क्रिसमस डेको अवसरमा आयोजित दोस्रो वार्षिक मदर टेरेसा ह्यूमिनिटी अवार्ड कार्यक्रममा कोइरारा सम्मानित भएकी हुन् । नयाँ दिल्लीको पटपडगञ्जस्थित जेपी होटलमा आयोजित सम्मान कार्यक्रममा फेस ग्रुपका चेयरम्यान डा.मुश्ताक अन्सारीसहितका व्यक्तित्वले कोइरालालाई उक्त सम्मान अर्पण गरेका थिए । कोइरालालाई मोडल, डान्सर तथा अभिनेत्रीको रुपमा सम्मान गरिएको हो ।यो अवार्ड उनलाई कलाप्रति समर्पण तथा नेपालको संस्कृतिलाई भारतमा समेत जगेर्णा गरिएकोमा प्रदान गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । समाचारमा कलाकार कोइराला पछिल्लो १२ वर्षदेखि कला क्षेत्रमा सक्रिय भएको, विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेको तथा केही टेलिचलचित्र तथा चलचित्रहरुमा समेत अभिनय गरिसकेको उल्लेख छ । यसका स...
फेशन कोरियोग्राफर अश्विनी झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित
मनोरन्जन, समाचार

फेशन कोरियोग्राफर अश्विनी झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आउँनुभएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित हुनुभएको छ । कविलासी नगरपालिक-७ गौर घर भई हाल राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आउनुभएको झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गरेको हो । समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले कोरियोग्राफर झालाई नगद एक लाख रुपियाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित गर्नुभएको थियो । मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो । कला तथा कोरियोग्राफी क्षेत...
पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=mcr8Zh47ROM&fbclid=IwAR0YUFPnqJexeHb1Ns887xwtmdXpfW4aO1eTi0N0tyUaqUzTkgTTRG0idiY आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीत जती सुमधुर छ भिडियो पनि उत्तिकै उत्कृष्ट बनेकोले दर्शक/स्रोताहरुले मन पराउनेमा आफु आसाबादी रहेको नायिका प्रधानको भनाइ छ ।...
सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वरमा‘सिल्की कपाल’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वरमा‘सिल्की कपाल’ सार्वजनिक(भिडियो)

गीतकार अमर बान्तु गीत ‘सिल्की कपाल’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वर, दीपक शर्माको सङ्गीत, शाहस शाक्यको एरेञ्ज र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/BVp_XrXgX8k सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशन र आस्मा विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजको अभिनय छ । पवन शुसलिङको छयाँकन रहेको भिडियोेमा सरोज अधिकारीको सम्पादन छ ।...
‘डान्सिङ वीथ द स्टार्स’को उपाधि सुमी मोक्तानलाई
मनोरन्जन, समाचार

‘डान्सिङ वीथ द स्टार्स’को उपाधि सुमी मोक्तानलाई

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार्स नेपाल’ को उपाधि सुमी माेक्तानले जितेकी छन् । यस्तै फस्र्ट रनरअप बुद्ध लामा र केविका खत्रीको जोडी भएको छ भने प्रियना आचार्य (मुन्नी)को जोडी सेकेण्ड रनरअप भएका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधि हात पारेका हुन् । हिमालय टेलिभिजन एचडीबाट प्रशारण भएको उक्त ‘शो’को फाइनलमा ३ जोडी प्रवेश गरेका थिए । फाइनलमा बुद्ध लामा र केविका, प्रियना आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्कीले प्रतिस्पर्धा गरेका थिए । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो । विजेताले २० लाख नगद र ट्रफि जितेका छन् ।...