पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित) - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीत जती सुमधुर छ भिडियो पनि उत्तिकै उत्कृष्ट बनेकोले दर्शक/स्रोताहरुले मन पराउनेमा आफु आसाबादी रहेको नायिका प्रधानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *