मनोरन्जन

गोविन्द कंडेल ‘आंशु’को संयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न
मनोरन्जन, समाचार

गोविन्द कंडेल ‘आंशु’को संयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न

नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठान काभ्रेको संयुक्त आयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न भएको छ । चैत्र २० र २१ गते, काभे्र जिल्लामा रहेका सांस्कृतिक, ऐतिहासिक र साहित्यिक स्थलहरूको भ्रमण तथा वृहत् कविता गोष्ठीका साथ उक्त उत्सव सम्पन्न भएको हो । काभ्रेबाहिर र भित्रका कवि तथा साहित्यकारहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमको पहिलो दिन ऐतिहासिक र धार्मिक महत्त्वको नमोबुद्ध, ऐतिहासिक सहर दाप्चा, गुरुप्रसाद मैनालीको जन्मथलो कानपुर तथा रोशी वाङ्मय प्रतिष्ठानको निर्माणाधिन भवन रहेको भकुण्डेवेशीको भ्रमणमा केन्द्रित रह्यो । दोस्रो दिनको कार्यक्रम कवितामाथि गहन विचार विमर्श तथा कवितावाचनका साथ सम्पन्न भएको थियो । नमोबुद्ध नगरपालिकाका मेयर तथा रोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष टिपी शर्मा तिमल्सिनाको सभापतित्वमा, नगरपालिका भवन भकुण्डेवेसीमा आयोजित गोष्ठीका प्रमुख अतिथ...
चर्चित गायन जोडी समिर र विद्याको  ‘भात खाएर हो’ सार्वजनिक  ( भिडियो )
मनोरन्जन, समाचार

चर्चित गायन जोडी समिर र विद्याको ‘भात खाएर हो’ सार्वजनिक ( भिडियो )

‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो ‘ सार्वजनिक भएको छ। समिरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ”द नेक्ट”लाइ फिचारिंग गरिएको छ। भिडियोमा ”द नेक्ट”का प्रभा दवाडी ,साजिया मियाँ,अन्जना तामाङ , दिञ्छेन ह्योल्मो ,अमित बज्राचार्य ,अमर पाख्रिन र प्रवेश गौचनको दमदार नृत्य रहेको छ। https://www.youtube.com/watch?v=dj-ItDXJ-yo&t=2s अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन् । ”द नेक्ट”को युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो। एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्मा...
अमर वन्तुको ‘मोटर सरर’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अमर वन्तुको ‘मोटर सरर’ सार्वजनिक(भिडियो)

गीतकार अमर वन्तुको नयाँ गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वर र राजनराज सिवाकोटीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/juCQcGrlrbQ सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय छ । सजीनाले यसै भिडियोमार्फत अभिनयमा डेब्यू गरेकी हुन् । यात्राको क्रममा भेटिएका युवा-युवतीबीच शुरु भएको प्रेम व्यक्त गर्ने गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ ।...
किरणको स्वर शंकरको संगीत र विश्वको शब्दमा ऐशेलुको कांडा सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

किरणको स्वर शंकरको संगीत र विश्वको शब्दमा ऐशेलुको कांडा सार्वजनिक(भिडियो)

प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐशेलुको कांडा सार्वजनिक भएको छ । गीतमा नेपाल आईडल सिजन-३ मा तेश्रो स्थान हासिल गरेर थुप्रै गीतहरु मार्फत चर्चामा आईसकेका गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । https://youtu.be/ljsKIKKW24k चर्चित मोडेल सुधीर श्रेष्ठ र टिकटक क्वीन स्टार ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषाको दमदार नृत्य र अभिनय रहेको छ । भिडियोमा सबै कलाकारहरुले पहिलो चोटि सहकार्य गरेको र काम गर्दा निकै नै रमाइलो र पारिवारिक वातावरण भएको बताए । बलापनको साथीलाई बर्षौ पछि भेटदाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोलाई र्‍यान कार्क...
आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित
मनोरन्जन, समाचार

आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित

चर्चित लेखक तथा फिल्म निर्माता मौनता श्रेष्ठले निर्माण गर्ने तथा ओमसाइभक्त भुमीको ब्यानरमा निर्माण हुने चलचित्र आधितुफान २ मा नायक संजित भण्डारी पनि प्रबेस गरेका छन् । मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स बिषय रहने यस चलचित्रको कास्ट एंड क्रू पुरा भएको छ र वर्कसपको समापनका पश्चात छांयाकनमा जानेछ ।यस चलचित्रमा नायक सन्जित भण्डारीले स्टालिस लवर वायको भुमिकामा देखिनेछन् भने उनि भारतको विश्व प्रसिद्ध फिल्म एड टेलिभिजन सस्थान पुने बाट फिल्म सम्बन्धी अध्ययन गरि फर्केका कलाकार हुन ।चलचित्रमा उनिलाइ सुहाउने भएकाले धेरै चरणको छनौट पश्चात उनलाई लिएको निर्माण पक्षले बताउछ । कथा अनुसार आफुलाई सुहाउदो उपयुक्त पात्र देखिएकोले आफु सो चलचित्रका लागी काम गर्न लागेको नायक भण्डारीले बताए ।केहि हप्ता अगाडि पत्रकार सम्मेलन गरेर अन्य कलाकारको जानकारि दिएको निर्माण टिमले यस चलचित्रमा भारतीय जगतका चर्...
नायक तेज गिरी चलचित्र ‘प्रेमगन्ज’मा अनुबन्धित
मनोरन्जन, समाचार

नायक तेज गिरी चलचित्र ‘प्रेमगन्ज’मा अनुबन्धित

चलचित्र ‘प्रेमगन्ज’मा तेज गिरी र बेनिशा हमाल अनुबन्धित भएका छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ का लागि तेज र बेनिशा मुख्यकलाकारका रुपमा छनौट भएका हुन् । यस अघि अडिसन मार्फत् केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकार दिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमा कार्य गर्दै आएका निर्देशक हुन् । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् । यसअघि नै चलचित्रकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छान...
‘थाहा छैन’ भन्दै आए फोटोपत्रकार प्रतिपराज वन्त (भिडियो)
मनोरन्जन, समाचार

‘थाहा छैन’ भन्दै आए फोटोपत्रकार प्रतिपराज वन्त (भिडियो)

फोटोपत्रकार वन्तको ‘थाहा छैन’ नामक म्यूजिक भिडियो सार्वजनिक काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा वढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो ।  उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार प्रदीपले हाम्रो नेपाली समाजमा युवा युवतिहरु मायामा कसरी तडपिएर वाच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । https://www.youtube.com/watch?v=HgcJfZYI6es उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प...
“लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका र श्रीतुको हातमा
मनोरन्जन, समाचार

“लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका र श्रीतुको हातमा

काठमाडौँ – चैत्र १९। भक्तपुर निस्ट स्कूल भक्तपुरसंगको सहकार्यमा इनोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित “लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका श्रेष्ठ र श्रीतु रिजालले जितेका छन। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा ग्रुप ‘ए’ तर्फबाट श्रीनिका श्रेष्ठले विजेताको ताज पहिरिदा बिलक्षना लुईटेल फर्स्ट रनर अप भईन । साथै तविसि राणा सेकेण्ड रनर अप, सेरेना गौतम थर्ड रनर अप र अबिन्ता सिवाकोटी फोर्थ रनर अप घोषित भए। त्यसैगरी ग्रुप ‘बी’ तर्फबाट श्रीतु रिजालले विजेताको ताज पहिरिदा हर्षन कार्की फर्स्ट रनर अप भए । साथै सान्वी भट्टराई सेकेण्ड रनर अप, सुदेश्ना नेपाल थर्ड रनर अप र परधी फुयाँल फोर्थ रनर अप घोषित भए। प्रतियोगितामा लिटिल स्टार प्रिन्सको अवार्ड साईमन बरुवालले हार पारे भने लिटिल स्टार प्रिन्सेसको अवार्ड एन्जल पोखरेलले हात पारिन। निशा पाठ...
किर्तिमानी गितकार डा.डिआरलाई ‘आईएआईए एचिभमेन्ट इण्डिया अवार्ड’
मनोरन्जन, समाचार

किर्तिमानी गितकार डा.डिआरलाई ‘आईएआईए एचिभमेन्ट इण्डिया अवार्ड’

गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले IAIA International Achievement India Award 2021 प्राप्त गरेका छन् । नैतिक मूल्य, मान्यता र समाज विकाशका लागि जागरुकता फैलाउन आफ्नो क्षेत्रबाट उनले देखाएको समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरूप डा. उपाध्यायलाई यो अवार्ड प्रदान गरिएको छ ।    डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत,...
प्रशान्त र लिभा बने ‘मिस्टर एण्ड मिस थारु’
मनोरन्जन, समाचार

प्रशान्त र लिभा बने ‘मिस्टर एण्ड मिस थारु’

तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् ।  कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् । यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् । त्यसैगरि बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस...