मनोरन्जन

सोनाम निर्देशित ‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

सोनाम निर्देशित ‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)

आंखा आंखा जुधी गीतको भिडियो सार्वजनिक भएको छ ।गीत भ्वाइस अफ नेपाल सिजन–३ का प्रतियोगी गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द ध्रुवप्रसाद अम्गाई, संगीत लेखु सहयात्रीको रहेको छ ।मोडल सन्तोष बानिया तथा श्रेया सिटौलको अभिनय रहेको भिडियो एम 3 मिडिया नेपालको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=NUAe1OG4OEU बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियो चर्चित भिडियो निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।...
कोरियोग्राफर रोजिन शाक्यबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि अनलाइन ग्रुमिङ
मनोरन्जन, समाचार

कोरियोग्राफर रोजिन शाक्यबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि अनलाइन ग्रुमिङ

नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइन मार्फत् गु्रमिङ सेसन सम्पन्न गरेका हुन् । विशेषतः गरी स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा उक्त ग्रुमिङ सेसन केन्दि«त रहेको थियो ।उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रतिक...
लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ बजारमा
मनोरन्जन, समाचार, समाज

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ बजारमा

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ पाठकमाझ आएको हो । यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोको रुपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसंगको संग्रह गर्नुभएको छ । कृतिमा ऐँसेलुखर्कको चिठ्ठा, मैले देखेको मधेश, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोँच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको जि...
अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकार नियुक्त
मनोरन्जन, समाचार

अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकार नियुक्त

फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनी कान्त झा लाई नियुक्त गरेको छ। उहाँलाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो। संस्थाको छैठौँ वार्षिकोत्सव को उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमका बिच अश्विनी झालाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ । सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले बिगत डेढ दशक भन्दा लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुमा मोडलिङ्ग, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफिको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गर्नु भएका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझ्नु भएको छ र उहाँलाई सल्लाहकारको रुपमा संस्थाले पाउँदा उहाँको शिप, दक्षता तथा ल...
प्रकाश शाहिको ‘मेरो नाचो तीज’ गीतको भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रकाश शाहिको ‘मेरो नाचो तीज’ गीतको भिडियो सार्वजनिक(भिडियो)

सुर्खेत । प्रकाश शाहिको मेरो नाचो तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितमा विभिन्न प्राकृतिक बिपत्ति बाध्यता, विबसता राजनीतिक परिघटना र वैदेशिक हस्तछेपले हाम्रो समाजमा नराम्रो असर पारेकाे छ त्यसमा पनि विषेश गरि नारीहरु यसकाे प्रत्यक्ष मारमा छन् । यिनै कथा ब्यथा हरुलाई उजागर गर्दै जस्ताे सुकै पिर ब्यथामा पनि आफ्नाे संस्कार संस्कृति जगेर्ना गर्न नारीहरु रमाउने गर्छन नारीहरुकाे संस्कृति र नाच लाई केसैले पनि राेक्न र छेक्न सक्दैन भनेर यश गितबाट सकरात्मक सन्देश गितमा दिन खाेजियकाे छ। पछिल्लो समयकि लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको गीतमा शब्द तथा संङ्गीत प्रकाश शाहिको रहेको छ भने एरेन्ज बिपिन आचार्यले गरेका छन् । https://youtu.be/8QT1EpmGdds बराहाताल मुभि हाउसकाे ब्यानरमा निर्मित भिडियाेमा छायांकन अर्जुन सापकाेटा काे रहेकाे छ भने संपादन तथा रंग संयाेजन निर्...
गायिका संगीता सिवाकोटीको तीज गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका संगीता सिवाकोटीको तीज गीत सार्वजनिक(भिडियो)

काठमाण्डौ : गायिका संगीता सिवाकोटीको प्रस्तुति एवं स्वर रहेको ‘मै घुमे फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको शब्द, संगीत रहेको छ भने गायनमा सिवाकोटिलाई पनि स्वरमा साथ दिएका छन । चर्चित एरेन्जर सुदीप सागरको एरेन्ज रहेको र मिक्सिङ मास्टरिङ्ग एच बी एन किस्मतको गीतलाई बिमल छिनालले रेकर्डिङ गरेका हुन । https://www.youtube.com/watch?v=ivgdxdyMRaI शिब बि.क.को निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको बेजोड अभिनय तथा न्रित्य देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापाले छांयाकन गरेका छन भने टेकेन्द्र शाहले सम्पादन गरेका छन । म्युजिक भिडियोलाई एट के एभरेष्ट मोशन पिक्चर्सको अफिसियल युट्युब मार्फत बजारमा ल्याईएको छ ।...
चलचित्र ‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

चलचित्र ‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठले गरेका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनार हुन् । https://www.youtube.com/watch?v=BdOEGKaSnco हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेखन...
‘म हुँ नेपाली’ भन्दै दश वर्षीया सफलता श्रेष्ठ (भिडियो)
मनोरन्जन, समाचार

‘म हुँ नेपाली’ भन्दै दश वर्षीया सफलता श्रेष्ठ (भिडियो)

दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर स्रोता/दर्शकमाझ आउनुभएको छ । उहाँको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतलाई सन्तोषले नै लेख्नु भएको हो भने दवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । हेम प्रभास अधिकारीको निर्देशन र समिर थोकरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । https://youtu.be/FjXpNozx6to अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीत, सङ्गीत र अभिनय भने पछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त सङ्गीतकार हुनुहुन्छ । सन्तोषले थुप्रै गीतमा स्वर पनि द...
नायक संजित भण्डारी निर्देशक माधव खरेलको चलचित्रमा मुख्य नायक
मनोरन्जन, समाचार

नायक संजित भण्डारी निर्देशक माधव खरेलको चलचित्रमा मुख्य नायक

चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र  पहिलो सातावाट  छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत  समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी ग...
शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)

काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत सार्वजनिक भएको छ। यस गीतमा पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको कम्पोज, नारायण दंगालको एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको छ। https://www.youtube.com/watch?v=j5YJSQ9aDl4 गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नव मोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ। यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ। यस भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ। भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। यस गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराउनु भयो । यो गीतको सबैको मनमा बस्न सकोस् अझै सफलताको शुभकामना ब्यक...