शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)


काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत सार्वजनिक भएको छ। यस गीतमा पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको कम्पोज, नारायण दंगालको एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको छ।

गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नव मोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ। यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ। यस भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ।

भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। यस गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराउनु भयो । यो गीतको सबैको मनमा बस्न सकोस् अझै सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *