मनोरन्जन

‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)

माईकल चन्द  निर्देशित तथा गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ। आज शुक्रबार गीतको भिडिओ युट्युबमा सार्वजनिक भएको हो। बाबुल गिरीको स्वर रहेको यो डान्स नम्बरका संगीतकार तथा संगीत संयोजक पनि उनै हुन्। पुष्प खड्का, गरिमा शर्मा र प्रथम खड्काको अभिनय रहेको छ । https://youtu.be/9Q9ysb-MTuQ माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादनमा तयार भएको हो।...
बलिउड अभिनेता दिलीप कुमारको निधन
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाज

बलिउड अभिनेता दिलीप कुमारको निधन

बलिउड अभिनेता दिलीप कुमारको ९८ वर्षकाे उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाध्यमले जनाएका छन्। दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफ खान थियो। उनले ज्वार भाटा १९४४, अन्जाद १९४९,  देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्। कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो। व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।उनको जन्म सन् १९२२को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ ख...
विश्व कीर्तिमानी गीतकार डा. डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । ‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/H3BrFenfRCY नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम...
२८ वटा सिनेमा हल बन्द
मनोरन्जन, समाचार

२८ वटा सिनेमा हल बन्द

१६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् । कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ । गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले ...
माईकल चन्द निर्देशित ‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

माईकल चन्द निर्देशित ‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)

म्यूजिक भिडियो निर्देशनमा पछिल्लो पटक व्यस्त निर्देशकमा पर्ने चर्चित कोरियोग्राफर माईकल चन्दको निर्देशनमा मेलिना राई र आरसी रिमालको स्वरमा ‘ठूल्दाइको फूलमाला’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द एवं संगीत रहेको गीतको एरेन्ज सहस शाक्यले गरेका छन् । https://www.youtube.com/watch?v=2E63qV3bQno शुक्रबार गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। सो भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा हेर्न सकिन्छ । एमएनटिभी अष्टे«लिया युट्यूब च्यानलबाट सार्वजनिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाई माईकल आर्ट्स एण्ड एकेडेमीले कोरयोग्राफी गरेको छ ।...
रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना” सार्वजनिक (भिडियो)

गायिका रेश्मा बमजन र गायक प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना”बोलको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र सङ्गीत प्रदिप ग्लानको रहेको छ भने सङ्गीत एरेन्ज पुष्कर सुनुवारले गरेका छन् । https://www.youtube.com/watch?v=W1SHABrsvQE भिडियोको छायाङ्कन, निर्देशन तथा सम्पादन भबिन्द्र तामाङले गरेका हुन् । राजेन्द्र थापा र प्रिन्सेस कोईरालाको अभिनय रहेको भिडियो हाईलाईट्स नेपालको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।...
फेसियल हाउसको ‘असार १५ को रोपाँई थिम’मा फोटो शुट
मनोरन्जन, समाचार

फेसियल हाउसको ‘असार १५ को रोपाँई थिम’मा फोटो शुट

फेसियल हाउसले सौंन्दर्यलाई विशेष महत्व साथ हेर्ने र आफ्ना ग्राहकहरुलाई विभिन्न माध्याम वाट जानकारी दिदै आएको छ । यस्तै फेसन शो र फोटो शुटको माध्यम वाट पनि आफ्नो सौंन्दयलाई कसरी फिट राख्न सकीन्छ भन्ने हेर्न र बुझ्न सकिने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुषमा महरा बताउछिन। यसै अन्तरगत फेसियल हाउसले असार १५ को अवसर पारेर माटो थिममा फोटो शुट गरेको छ । असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरीएको फोटो शुटमा मोडेलको रुपमा नायिका तथा मोडेल करुणा श्रेष्ठ रहेकी छन् । करुणा मिस कलेज २०११ को विजेता, एक्नेस नेपालका राजदूतको विजेता हुनुका साथै टिभी कार्यक्रम प्रस्तुतकर्ता समेत रहेकी छन् । केहि फिल्ममा अभिनय समेत गरीसकेकी करुणा निकट भविष्यमा आफै सम्मेलित भएर फिल्म निमार्णमा काम गर्न लागेको बताउँछन् । असार १५ को माटो थिमको फोटो ग्राफि चर्चित फोटो ग्राफर कुबेर डंगोलले गरेका छन् । ...
एलिना चौहान र शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

एलिना चौहान र शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक (भिडियो)

गायक शिवसागर खड्काको  गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् । नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ । https://youtu.be/_ifTmBsqVEo निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् । बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियाेको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् । यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका ‘ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।...
गायक राजन श्रेष्ठ  लिएर आए “त्यो मन”(भिडियो)
मनोरन्जन, समाचार

गायक राजन श्रेष्ठ लिएर आए “त्यो मन”(भिडियो)

लामो समयको अन्तरालमा गायक तथा संगितकर्मी राजन श्रेष्ठ  “त्यो मन” लिएर आएका छन । गायक श्रेष्ठकै शव्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठलेनै गरेका हुन । तेजना ईन्टरटेनमेन्टको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियो स्टुडियो कुवेरले निर्माण गरेको हो । रोशन बालुवाको एरेन्ज रहेको गीतको भिडियोको छायांकन नेत्र गुरुङ्गले गरेका हुन । अविनाश डिसीको सम्पादन रहेको भिडियोको मेकअप जय गुरुङ्ग र ड्रोन अपरेटिङ्ग दिपेश केसीको रहेको छ । चर्चित मोडल रोशनी कार्कीको जिवन्त अभिनय रहेको भिडियोमा मोडल भानु पाण्डेको समेत अभिनय रहेको छ ।पोखराको रमणीय दृश्यहरु कैद भएको भिडियोलाई दर्शकले रुचाएका छन । https://youtu.be/a20wt6XMoC0 सांगीतिक क्षेत्रमा एक समय गीत तथा भिडियो निर्माण संग संगै गायनमा समेत चर्चा कमाएका गायक राजन श्रेष्ठ ६ वर्ष पछि यसै गीत मार्फत पुनः सांगीतिक क्षेत्...
डा.डीआरको ‘दुई मुटु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

डा.डीआरको ‘दुई मुटु’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दले निर्देशन गर्नुभएको गीतको भिडियोमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको छ । ‘गीत जति उत्कृष्ट भिडियो पनि त्यतिकै राम्रो दर्शकमा पस्किने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा अत्यधिक माया गर्ने श्रीमति गुमाउँदाको पिडालाई निक्कै मिर्मिक ढंगले प्रस्तुत गरिएको छ । https://www.youtube.com/watch?v=c_7cbaOKK5Y&t=44s नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड काय...