मनोरन्जन

‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत
मनोरन्जन, समाचार

‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत

वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् । मंगलबार राजधानीमा टिकागोपाल डिजिटल एम क्रियशनको आयोजनामा ‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ अन्तर्गत वरिष्ठ गायिका शाह पुरस्कृत भएकी हुन् । उनलाई वरिष्ठ गायक सम्भुजीत बास्कोटा र कानून तथा संविधानविद् भिमार्जुन आचार्यले रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे । उक्त कार्यक्रममा गायिका शाहललाई पुरस्कृत गर्दै वरिष्ठ गायक बास्कोटाले ठूलो योगदान दिएका श्रष्टालाई राज्यर र संघ संस्थाले पनि सम्मान तथा पुरस्कृत गर्नुपर्ने बताए । साथै, उनले धेरै लामो समय रेडियो नेपालमा काम गरेकी शाहलाई बिना सम्मान र एक्कासी रेडियो नेपालले जागीरबाट हटाएकोमा दुःख व्यक्त गरे । ‘कतिपय संस्थाहरुले थोरै समय काम गरेका आफ्ना कर्मचारीलाई सम्मानसहित बिदाई गरेको उदाहरणहरु छन्, झण्डै तीन दशक जति काम गर्नुभएकी चन्द्रकला दिदीलाई त्यती ठूलो संस्...
साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न
मनोरन्जन, समाचार

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उहाँलाई सम्मान गर्नुभएको थियो । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योति विकास बैंकले सहकार्य गरेको थियो । त्यसैगरी विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान आठ हजार ८४८ रुपैयाँसहित ...
भव्य रुपमा सम्पन्न पहिलो एएनपी नेशनल अवार्ड,विश्वकिर्तिमानी डा.डिआर सर्वोत्कृष्ट गीतकार
मनोरन्जन, समाचार

भव्य रुपमा सम्पन्न पहिलो एएनपी नेशनल अवार्ड,विश्वकिर्तिमानी डा.डिआर सर्वोत्कृष्ट गीतकार

चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका लागि राजधानीमा सोमबार सम्पन्न एएनपी अवार्डस् २०२१ मा विपिन कार्की र निरुता सिंह सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री तथा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशकको अवार्ड विजेता भएका छन्। राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रै जात्रा तथा निरुता सिंह दाल भात तरकारीबाट अवार्ड विजेता भएका हुन्। २०७४ देखि २०७६ सालमा रिलीज फिल्म तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई २०७४ को पिंजडा व्याक अगेनबाट खलपात्र, सौरभ लामा २०७६ को पासवर्डबाट छायांकन निर्देशन, अर्जुन जिसी  २०७६ को साङलोबाट सम्पादन बनिष शाह र भुपेन्द्र अधिकारी २०७४ को प्रेम गीत २ बाट सम्पादन, रेनिष फागो प्रेम गीत २ बाटै सम्पादन, सत्यम राना २०७५ को छिरिङबाट कलरिस्टको अवार्ड विजेता भए। यस्तै विभिन्न मितिका विभिन्न फिल्म...
दोश्रो‘सोसियल मिडिया फिल्म अवार्ड’ आयोजना हुदै
मनोरन्जन, समाचार

दोश्रो‘सोसियल मिडिया फिल्म अवार्ड’ आयोजना हुदै

फिल्म, वृत्तचित्र, विज्ञापन तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरूलाई मध्यजनर गर्दै ‘सोसियल मिडिया फिल्म अवार्ड’ आयोजना हुने भएको छ । ड्रिम वल्र्ड अफ् फिल्म मेकर्सले यो अवार्ड आयोजना गर्न लागेको हो। मेकर्सकी अध्यक्ष तथा आयोजक समितिकी अध्यक्ष सवनम मुखियाले मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको बताइन्। अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’अन्तर्गत वृत्तचित्र, ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए एड विधामा प्रतिष्पर्धा हुनेछ। यस्तै ‘सोसियल मिडिया’अन्तर्गत ‘वेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल’, ‘वेस्ट युट्युव भिडियो’, ‘वेस्ट च्यालेन्जिङ न्युज लाईभ’, ‘वेस्ट इन्करेजमेन्ट म्युजिकली’, ‘वेस्ट ट्रोल र पब्लिक च्वाइस अवार्ड’ प्रदान गरिनेछ। प...
नायक गजित विष्टले रियालिटी शो ‘डान्स च्याम्पियन’को निर्देशन गर्ने
मनोरन्जन, समाचार

नायक गजित विष्टले रियालिटी शो ‘डान्स च्याम्पियन’को निर्देशन गर्ने

डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’को निर्देशन नायक तथा डान्स कोरियोग्राफर गजित विष्टले गर्ने भएका छन । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस्ले  कि एडभर्टाइजिङ सर्भिसका लागि उत्पादन गर्ने उक्त रियालिटी शोका लागि निर्देशक विष्टले महत्वपूर्ण जिम्मेवारी लिएका हुन । मंगलबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रम यही कात्तिक २५ गते बिहीबारदेखि कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गरिने जानकारी गराइयो । यस्तै डिजिटल राइट्स ओ।एस।आर डिटिजलले लिएको छ । शो प्रत्येक बिहीबार र शुक्रबार साताको दुई दिन बेलुकी ९ बजेदेखि टेलिभिजनमा प्रसारण हुने बताइएको छ । यस्तै यस शोका लागि निर्णायकहरू छनोट भइसक्नुभएको छ । पत्रकार सम्मेलनमा तीन निर्णायकको परिचय गराइयो । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंह, डान्सर आश्मा विश्वकर्...
‘देउसि रे’ गित सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘देउसि रे’ गित सार्वजनिक (भिडियो)

चर्चित हास्यकलाकार इन्द्र दोङतार्केश्वर नगरपालिका वडानं ३ चोगाउँ निवासी अत्यन्तै ठुलो मेहनत बाट कलाकारिता क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न सफल खम्बे अत्यन्तै आत्मिय र मिलनसार कलाकारिता क्षेत्रका उदयमान नक्षेत्र हर्के हल्दारका लोकप्रिय युवा कलाकार हुन, ईन्द्र दोङ लामा (खम्बे) बाट नेपालीहरुको महान चाड शुभ दिपावलिको अबसरमा नेपाली लोकभाकामा नयाँ ”देउसि रे”गित रिलिज भएको छ । https://youtu.be/coJRO-LKVIQ सम्पुर्ण नेपालीलाइ शुभकामना ब्यक्त गर्दै नेपाली कला संकृति संरक्षणमा पुर्याउनु भयको योगदानको हामी सबैले उच्च सम्मान गरौ उनले भनेका छन। उक्त गितमा गायक बिक्रम राई ,सम्पुर्ण मान ताम्राकार ,सुदिप राई गायिका सोनाम मगर र सानू तामाङले स्वरबद्द गरिएको गितलाइ इन्द्र दोङ खम्बेलेनै निर्देशन गरिएको छ । कलाकारिता क्षेत्रलाई नै आफ्नो मुख्य पेसा गर्दै बिगत दुई दसक देखी निरन्तर लागि परेका खम्बेले थुप...
कार्तिक १५ गते होटल इम्पेरियलमा ‘एएनपी नेशनल अवार्डस’आयोजना हुदै
मनोरन्जन, समाचार

कार्तिक १५ गते होटल इम्पेरियलमा ‘एएनपी नेशनल अवार्डस’आयोजना हुदै

विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्ने भएको छ। स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्र्कीले जानकारी गराएका छन्। उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित  होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ भने चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। यसका लागि निःशुल्करुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी गराए। उनका अनुसार फेसन क्षेत्रअन्र्तगत मोडल र कोरियोग्राफरका अल...
संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक(भिडियो)

संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक भएको छ । नेपालीहरुको महान चाड दसै तिहारलाइ लक्षित गरि बनाएको उक्त गितको शव्द रचना कलाकार समेत रहेका लामाले लेखेका हुन भने गितमा नवीन लामा र रेखा पौडेलले स्वर दिएका छन । भिडियोमा एकै पटक लामा र पौडेल तीन तीन भुमिकामा प्रस्तुत भएका छन । भिडियोको निर्देशन र अभिनय पनि स्व्यं लामाले गरेका छन भने, नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलले पनि करिअरमै पहिलोपटक अभिनय गरेको सो गितमा आफनै संगीत रहेको छ । https://youtu.be/_mRHkI3T2Ss २०६२ सालमा रेडियो नेपालमा सर्बोत्कृस्ट गायक को परिचय बनाएका नबिन लामाले बिगत एक दशक पछिको उनको यो गीत रहेको छ । । पछिल्लो समय निकै ब्यस्त नव मोडेल झरना परियारले पनि यसै गितको भिडियोमा अभिनय गरेकी छिन, उनको केही दिन अगाडि मात्रै आयो दसै नामक गित सार्बजनिक भएको थियो ।भिडियो रेखा...
शितल के.सी. यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल
मनोरन्जन, समाचार

शितल के.सी. यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल

नायक शितल के.सी.ले यस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड जित्न सफल भएका छन । पिम नेपालले काठमाण्डौमा आयोजना गरेको सन् २०२० र सन् २०२१को फिल्म फेष्टिवलमा नायक के.सी.ले उक्त अवार्ड हात पार्न सफल भएका हुन । तेश्रो तथा चौथो संस्करणको उक्त फिल्म फेस्टिवलमा‘सम्हाली राख है’ चलचित्रबाट के.सी. सर्वोत्कृष्ट नायक घोषित भएका हुन । डेढ दशक लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा अभिनय गर्दै आएका नायक शितल के.सी. चलचित्र जगतको सफल अभिनेता मानिन्छन ।  के.सी. अभिनित सफल चलचित्रमा जाल,द्धन्द,आफन्तको माया, त्रिदेव, हाम्री चेली, मेरो राजेश दाई,दिवानापन,अभियान,जंगली माया लगायत दर्जनौ रहेका छन ।। प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा ग...
विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)

विश्वकीर्तिमानी  गीतकार डा. डीआर उपाध्यायको दुर्गा भजन ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाः को सङ्गीत संयोजन रहेको दुर्गा भजनको भिडियो नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । पवन भट्टको रेकडिङ रहेको भजनमा सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । https://youtu.be/7DnGplpBwfk अर्जुन खडकाको निर्देशन रहेको भजनको भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतलाई फिचरिङ गरिएको छ । सनम तामाङको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको कलर संयोजन छ । भजनमा देवी दुर्गाको महिमा व्यक्त गरिएको छ । ‘बडा दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष स...