काठमाडौंमा ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१’ हुने
काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ । लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको ग्यालेक्सि अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरे पश्चात गिता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको आयोजक संस्थाका प्रमुख तथा संचारकर्मी सोनित राज ढुंगेलले जानकारी दिए ।
विगत एक दशक भन्दा लामो समय देखि आ -आफ्नो क्षेत्रमा तल्लिन भई सक्रिय रुपमा लागेर सफलता हासिल गरेर समाज र राष्ट्रका लागी अतुलनीय योगदान दिने अग्रज,स्रष्टा,सर्जक,कलाकार,पत्रकार,शिक्षाविद,समाजसेवी,व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उहांहरुले पुर्याउनु भएको महत्वपूर्ण सेवाभाव प्रति समर्पण र सम्मान दर्शाउने उद्देश्य अनुरुप यो वर्षदेखि अवार्ड समारोह आयोजना गर्न लागिएको हो । कार्तिक १३ ...










