खेलकुद

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत
खेलकुद, समाचार

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत

कुल १३ देशको सहभागिता रहेको हिजो किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथी को आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रज्त,७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत र महिला तर्फ ७२ के.जी. भन्दा माथिको आई.बी.पी. तौल समुहमा दीपा बिष्ट स्वर्ण तथा सोही तौल समुहमा स्ट्रेन्थ लिफ्टिङ तर्फ पनि दीपा बिष्टले रजत पदक हासिल गरेका छन् । यसरी ३ खेलाडीले नेपालको लागि कुलमा ४ पदक दिलाएका छन् । अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो ।...
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई
खेलकुद, समाचार

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वा...
ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम
खेलकुद, समाचार

ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

काठमाडौँ,३० जेठ । काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो । ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले ...
प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन
खेलकुद, समाचार

प्रारम्भ एकेडेमीको स्पोर्ट्स कार्निभल २०७८ को समापन

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीले गत फाल्गुन २४ गतेदेखि सुरू गरेको “स्पोर्ट्स कार्निभल २०७८” को आज समापन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो। स्पोर्ट्स कार्निभलमा विद्यार्थीहरूले विभिन्न ९८ वटा बिधामा भाग लिएका थिए ।कार्यक्रमका बिजेताहरूलाइ मेडल, ट्रफी तथा नगद पुरस्कारले सम्मानित गरिएको छ । खानेकुरा जस्तै खेलकुद पनि मानव जीवनको एक अभिन्न अङ्ग भएकालेे यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विद्यालयका एकेडेमीक डाइरेक्टर राजेश घिमिरेले बताउनु भयो । काठमाडौको उत्तरपूर्वीय भेगको कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित प्रारम्भ एकेडमी एक उत्कृष्ट शैक्षिक गन्तव्य हो ।...
अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो
खेलकुद, समाचार

अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो

ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा ‘नलेज माएस्ट्रो–अनलाइन लाइभ क्विज’ एक दिने अनलाइन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्ने भएको छ। प्रतियोगितामा १६ देखि २४ वर्षसम्मका युवाले निःशुल्क सहभागी भई प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता युवाहरुको  बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको कलेजले जनाएको छ। विगतमा नलेज माएस्ट्रोको ४ संस्करणहरू सफलतापूर्वक आयोजना गरिएको थियो । यस प्रतियोगिता फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सन्चालन गरिनेछ। प्रतियोगिता २ फरक बिधामा सञ्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ। दुवै विधामा आवेदन खुलेको आयोजकले बताएको छ। दुवै विधाका प्रतियोगितामा विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५,०००, रु १०,००० रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ । को को सहभागी हुन पाउने? ...
चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा नेपाललाई २१ स्वर्ण सहित ३० पदक
खेलकुद, समाचार

चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा नेपाललाई २१ स्वर्ण सहित ३० पदक

धर्मश्री जिवन गिरीको नेपाली टिमले भारतमा २१ स्वर्ण जितेको छ । वि.स.२०५५ का धर्म श्री विजेता,२०५५ को पहिलो मिस्टर साउथ यशियाका सेकेण्ड रनरअप लगायत मिष्टर लुम्बीनी,मिष्टर हिमालयन र मिस्टर काठमाण्डौका विजेता समेत रहेका नेपाली शारिरिक सुगठन क्षेत्रका हस्ती तथा असाधारण क्षमताका धनी जिवन गिरीले नेपालमा पहिलो पटक भित्र्याएको खेल स्ट्रन लिफ्टिङ को भारतको सिक्किममा हालै सम्पन्न चौथो धर्मश्री जिवनको नेपाली टोलीले भारतमा जित्यो २१ स्वर्ण प्रतियोगितामा नेपालले २१ स्वर्ण सहित ३० पदक जित्न सफल भएको छ । यस खेलमा झापा,दाङ,सुर्खेत, पोखरा, काठमाण्डौ,रौतहट,जाजरकोट,वुटवल,कपिलबस्तु नवलपरासी गरि नेपालबाट कुल २६ खेलाडीको सहभागीता रहेको खेलमा कुल ३० पदक जित्दै नेपालको नाम चिनाउन यो खेल मार्फत सफल भएका हुन । वेट लिफ्टिङ र पावर लिफ्टिङ भन्दा नौलो र आकर्षक खेलको रुपमा स्ट्रन लिफ्टिङ खेललाई लिने गरिएको छ । यो प...
नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै
खेलकुद, समाचार

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ सञ्चालन गर्ने भएको छ । मंसिर १८ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने रेस्लिङ महाभिडन्तमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल देखाउँदैछन् । कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले जानकारी दिएकी छिन् । छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिंड्दै छन् । त्यस्तै, भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गीता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग महाभिडन्त हुनेछ । कार्...
युवा तथा खेलकुद मन्त्री गहतराजलाई लोकतान्त्रीक खेलकुद संघको ध्यानकर्षण पत्र
खेलकुद, समाचार

युवा तथा खेलकुद मन्त्री गहतराजलाई लोकतान्त्रीक खेलकुद संघको ध्यानकर्षण पत्र

। नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई आइतबार ध्यानकर्षण पत्र बुझाएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले सर्बियाको राजधानी बेलग्रेडमा हुने विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई खेल पोसाक ट्रायकसुट सहित विदाई गर्ने कार्यक्रम आयोजना गरेकोमा नेपाल बक्सिङ संघले नियोजित रुपमा खेलाडीलाई सहभागी हुन नदिएको भन्दै संघले मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझायो । संघले खेलाडीलाई धम्काउँदै कार्यक्रममा सहभागी हुन रोक लगाएकोमा भत्सर्ना गर्दै त्यस्ता कार्य गर्नेहरुलाई छानविन गरि कार्यवाही गर्न संघका अध्यक्ष दीपक गुरुङले युवा तथा खेलकुद मन्त्रीसँग माग गरे । ‘नेपाल लोकतान्त्रीक खेलकुद संघ खेल क्षेत्रको विकृती र विसंगती हटाई खेलाडी र खेलकर्मीहरुको हक हित स्थापित गर्न स्थापना भएको एक खेल संस्था हो,’ विज्ञप्त्तीमा ...
टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न
खेलकुद, समाचार

टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न

टिम गोर्खालीको आयोजनामा सुरु भएको सैपाल च्याम्पियनसिप फ्री फायर क्लास स्क्वाड ग्युल्ड टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । सैपाल एकेडेमीको सहकार्यमा आयोजित २० दिन लामो ईस्पोटर्स प्रतियोगिता बिहीबार सकिएको हो । प्रतियोगितामा देशभरका ९८ टोलीले प्रतिस्पर्धा गरेका थिए । सैपाल एकेडेमीको प्रमुख प्रायोजन तथा क्युपिड स्टुडियो एसोसिएट र जेनिथ एजुकेसनल कन्सल्टेन्सी, के मार्सल आर्ट, हायर मी, ग्रेस ईभेन्ट र सिक्स्टी थ्री स्टुडियोले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएका थिए । आयोजक टिम गोर्खालीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न यो एउटा ठूलो कदम उठाएको बताएको छ । जुन २७, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १७ सम्म चलेको थियो । जसअन्तर्गत पुरस्कार वितरण कार्यक्रम भने जुलाई २२ मा सैपाल एकेडेमी, धुम्बाराहीमा गरिएको हो । फरक फरक स्तरका टोली सहभागी यो प्...
किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनार पाँचौँ विश्व किर्तिमान राख्न सफल
खेलकुद, समाचार

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनार पाँचौँ विश्व किर्तिमान राख्न सफल

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाबाट पाँचौँ पार्कर विश्व किर्तिमान राख्न सफल भएका छन् । खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाँडामा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउँदै पार्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन। चार पटकको आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएका छन् । सानैदेखि गाउँमा उफ्रिने उल्टीमार्ने गर्दै पछि पार्कर खेलाडीका रूपमा आफूलाई विश्वका सामु चिनाउनु सफल भएका हुन। ‘मस्ट ट्वि’स्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा पहिलोपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका दिनेशले गिनिज बुकमा नाम दर्ता गराउन ‘न्यूनतम १५ पटकसम्म गर्नुपर्ने उल्लेख थियो, तर उनले १८ पटकसम्म गरेको थिए। दिनेशले निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लोपटक जीपी फाउन्डेसन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको सं...