चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा नेपाललाई २१ स्वर्ण सहित ३० पदक - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीपमा नेपाललाई २१ स्वर्ण सहित ३० पदक


धर्मश्री जिवन गिरीको नेपाली टिमले भारतमा २१ स्वर्ण जितेको छ । वि.स.२०५५ का धर्म श्री विजेता,२०५५ को पहिलो मिस्टर साउथ यशियाका सेकेण्ड रनरअप लगायत मिष्टर लुम्बीनी,मिष्टर हिमालयन र मिस्टर काठमाण्डौका विजेता समेत रहेका नेपाली शारिरिक सुगठन क्षेत्रका हस्ती तथा असाधारण क्षमताका धनी जिवन गिरीले नेपालमा पहिलो पटक भित्र्याएको खेल स्ट्रन लिफ्टिङ को भारतको सिक्किममा हालै सम्पन्न चौथो धर्मश्री जिवनको नेपाली टोलीले भारतमा जित्यो २१ स्वर्ण प्रतियोगितामा नेपालले २१ स्वर्ण सहित ३० पदक जित्न सफल भएको छ ।

यस खेलमा झापा,दाङ,सुर्खेत, पोखरा, काठमाण्डौ,रौतहट,जाजरकोट,वुटवल,कपिलबस्तु नवलपरासी गरि नेपालबाट कुल २६ खेलाडीको सहभागीता रहेको खेलमा कुल ३० पदक जित्दै नेपालको नाम चिनाउन यो खेल मार्फत सफल भएका हुन ।

वेट लिफ्टिङ र पावर लिफ्टिङ भन्दा नौलो र आकर्षक खेलको रुपमा स्ट्रन लिफ्टिङ खेललाई लिने गरिएको छ । यो प्रतियोगितको लागि सम्पुर्ण प्रबन्ध मिलाउने कार्य भने यस खेलका नेपालका प्रमुख प्रशिक्षक जिवन गिरीले गरेका हुन । यो खेलको विकास तथा प्रर्बद्धनको लागि गिरीले निरन्तर सक्रिय भएर कार्य गर्दै आईरहेका छन् ।

२०२२ को मार्चमा क्रिकस्थानमा हुन लागेको विश्व स्ट्रन लिफ्टिङ च्याम्पियनसीप प्रतियोगितामा नेपालको तर्फबाट पनि बलियो सहभागीता जनाउने तयारीमा रहेको नेपालका प्रमुख प्रशिक्षक गिरीले वताए । गिरी विगत तिन दशक देखि “स्वस्थ शरिर स्वस्थ समाज” अभियान लाई आत्मसाथ गर्दै शारिरिक सुगठनको क्षेत्रमा सक्रिय छन् र उनी भलुभैरव जिम काठमाण्डौका संचालक समेत हुन् । उपत्यकामा भलुभैरव जिमको ३ वटा र उपत्यका बाहिर बुटवल र सुनवल गरि ५ शाखा संचालनमा रहेका छन् । गिरी वल्र्ड पावर लिफ्टिङ फेडेरेशनको एशिया उपाध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *