प्रहरीको खोजी सूचीमा र्यापर भिटेन
समाजले पचाउन नसक्ने अश्लिल शब्द प्रयोग गरेर गीत बनाएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरी प्रधान कार्यालयको उजुरी छानवीन तथा गुनासो शाखामा उजुरी परेपछि उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै साइबर व्यूरोले उनको खोजी गरेको हो ।
‘यस पटक प्रहरीमाथि नै र्यापमार्फत आक्रमण गरेको र समाजमा अश्लिलता फैलाउने शब्द राखेका कारण प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बढाउछ त्यसका लागि साइबर व्यूरोलाई निर्दैशन गइसकेको छ’, प्रहरी प्रवक्ता कुवेर कडायतले भने ।
भिटेनको नयाँ गीत ‘पारा’ एक साताअघि युट्युवमा पोस्ट गरेका थिए । भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरोलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
एक वर्षअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाश...










