अन्तर्राष्ट्रिय

विश्वमा एकै दिन करिब ६ लाख व्यक्तिमा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा एकै दिन करिब ६ लाख व्यक्तिमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ११ हजार ९०० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८१ जनाले ज्यान गुमाएका हुन्।  भारतमा पछिल्लो २४ घण्टाभित्र ४७ हजार ६२२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ६७५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। फ्रान्समा ५८ हजार ४६ नयाँ संक्रमित थपिएका छन् भने ३६३ जनाको मृत्यु भएको छ। रसियामा १९ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन् भने २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।  गत २४ घण्टाभित्र इटलीमा ३४ हजार ५०६, बेलायतमा २४ हजार १४१, जर्मनीमा २१ हजार ७५७, ब्राजिलमा २३ हजार ३१७, कोलम्बियामा नौ हजार ८९३ तथा इरानमा आठ हजार ७७२ जना नयाँ संक्रमित थपिएका छन्। ...
पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया

अर्जेन्टिनाका पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया भएको छ । उनको मस्तिष्कको नियमित शल्यक्रिया भएको निजी चिकित्सकले जनाएका छन् । मस्तिष्कमा रगतको दाग देखिएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । मंगलबार उनको शल्यक्रिया भएको हो । सन् १९८६ मा अर्जेन्टिनालाई म्याराडोनाले विश्वकप जिताएका थिए । सन् १९९० मा फाइनलमा पुर्याएका थिए । उनी शताब्दीकै महान फुटबल खेलाडीका रुपमा परिचित छन् ।...
भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।...
फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए
अन्तर्राष्ट्रिय, समाचार

फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए

पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन् । उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिए । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो । यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका एक अधिकारीले बताएका छन् । फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गरेका छन् । उनले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्ता गरेका थिए ।...
बलिउडका नायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

बलिउडका नायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

बलिउडका महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभसहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ । बिहीबार राती प्रशासन भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए । यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो । सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै विक...
आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।अबुधाबीमा सोमबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेर दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान बनाएको हो । १५३ रनको लक्ष्य दिल्ली क्यापिटल्सले १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले ४६ बलमा ६० तथा शिखर धवनले ४१ बलमा ५४ रन बनाए । प्लेअफमा पुगेको दिल्ली क्यापिटल्सले नोभेम्बर ५ मा हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । पराजित भएको बैंग्लोर पनि रनरेटका आधारमा अघि रहँदै प्लेअफमा पुग्न सफल भएको छ । बैंग्लोरले कोलकाता नाइट राइडर्स वा सनराजर्स हैदरावादसँग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।कोलकाता चौथो स्थानमा छ । तर मंगलबार हुने समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सकेनमा हैदराब...
अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण
अन्तर्राष्ट्रिय, अपराध, समाचार

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । घाइते हुनेमा प्रहरी पनि रहेका छन् । यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो, तर सो स्थल निशाना थियो थिएन भन्ने स्पष्ट भएको छैन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै घटना भएको हो । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताएका छन् । स्थानीय समय अनुसार सोम...
सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास

वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ। उक्त उपकरणबाट स्कटल्यान्ड र जर्मनीमा परीक्षण गर्दा तुरुन्त काेराेना भए/नभएकाे पत्ता लागेकाे ‘लान्सिट’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा याे उपकरण ६ महिनाभित्र आम प्रयोगका लागि तयार हुन सक्ने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद देखिएको र कोरोना परीक्षण गर्न अन...
विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।...
बेलायतमा एकै दिन २४ हजार भन्दा बढी संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

बेलायतमा एकै दिन २४ हजार भन्दा बढी संक्रमित थपिए

बेलायतमा  बुधबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार आज थप  २४ हजार ७०१ नयाँ कोरोना संक्रमित थपिएका हुन् । अघिल्लो दिनको तुलनामा संक्रमित हुनेको संख्या झन्डै दुई हजारले बढी छ ।  यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ४२ हजार २७५ पुगेको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा ६२ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा थप ३१० जना कोरोना  संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको  छ ।  मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्य्कतिहरु रहेका छन् ।  हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ६७५ पुगेको छ ।   सर...