समाचार

राजेन्द्रको सङ्गीतमा चरोन चन्द्रको ‘यतै पिरलो उतै पिरलो'(भिडियो)
मनोरन्जन, समाचार

राजेन्द्रको सङ्गीतमा चरोन चन्द्रको ‘यतै पिरलो उतै पिरलो'(भिडियो)

गायक चरोन चन्द्र बजगाईको ‘मलाइ यतै पिरलो मलाइ उतै पिरोलो’ गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।चरोन चन्द्र बजगाईको स्वर रहेको गीतमा शब्द मुनाल शिशिर कोइरालाको रहेको छ भने चर्चित सङीतकार राजेन्द्र बजगाईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ।  पछिल्लो समयसामायिक परिस्थितिमा बुवा आमाको मन राख्ने कि आफुले माया गर्ने ब्यत्तिको मन राख्ने दोधार र अप्ठ्यारो परिस्थितिको बारेमा तयार पारिएको भिडियोको निर्माण शितल बजगाईले गरेकी हुन । https://youtu.be/FXR4UK1Wzfw म्युजिक किचन स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतको अडियो मिक्सिङ तथा सम्पादन मनोज परियारले गरेका छन । गीतमा अभिनय दिपेश परियार,अनुजा सिङ,शुरबिर पन्डित,रश्मि भट्टको रहेको छ भने निर्देशन मुनाल शिशिर कोइरालाको रहेको छ।साथमा मेक अप रोशन भुशाल,क्यामरा सुजन श्रेस्ठ र भिडियो सम्पादन दिन्सन शाहको रहेको छ।...
श्रीमद्भागवत गीतामा सबै समस्याको समाधान लुकेको छ स् आचार्य प्रशान्त
अन्तर्राष्ट्रिय, समाचार

श्रीमद्भागवत गीतामा सबै समस्याको समाधान लुकेको छ स् आचार्य प्रशान्त

ऋषिकेश। श्रीमद्भगवद्गीता श्रीकृष्ण र अर्जुन बीचको संवाद हो, जसमा सबै मानवीय समस्याहरूको चाबी लुकेको छ। यस संवादको पृष्ठभूमि महाभारतको युद्ध हो। गीतामा दिइएका उपदेशहरू आज पनि सान्दर्भिक छन् र मानवलाई जीवन जिउनको लागि सही मार्ग देखाउँछन्। देहरादुन रोडमा रहेको प्रशान्त अद्वैत संस्थाले आयोजना गरेको वेदान्त महोत्सवमा आचार्य प्रशान्तले भक्तजनहरुले सोधेका प्रश्नहरुको निकै गहिरो र स्पष्ट जवाफ दिएका थिए । उनले गीता यस्तो ग्रन्थ हो जसले मानिसलाई कसरी बाँच्न सिकाउँछ । गीताले मानिसलाई निस्वार्थ कर्म र प्रेमको पाठ सिकाउँछ। गीतामा श्रीकृष्णले जीवनमा कुन-कुन समस्याहरू आउँछन् र तिनको समाधान के हो भनेर वर्णन गर्नुभएको छ। आचार्य प्रशान्तका अनुसार अहंकार र अज्ञान जीवनका आधारभूत समस्या हुन् । र विद्या, सही ज्ञान, हाम्रा सबै समस्याहरूको अन्तिम समाधान हो। श्रीकृष्णले गीतामा भन्नुभएको छ कि स्वार्थबाट...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधिले शिक्षा सन्देशको उत्कृष्टता
खेलकुद, समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधिले शिक्षा सन्देशको उत्कृष्टता

बेलबारी। बेलबारी नगरपालिकाको आयोजनामा बेलबारी ९ डाँगीहाट स्थित काली मा.वीमा फागुन १० देखि १२ गतेसम्म भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेलबारी नगरभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सलआर्ट खेलहरुको आयोजना गरिएको थियो भने नगरभित्रका सबै विद्यालयका विद्यार्थीहरुबिच कडा प्रतिस्पर्धा र रोचकका साथ खेल सम्पन्न भयो । आयोजित राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका मार्सलआर्ट बाहेकका सबै खेल प्रतियोगितामा शिक्षा सन्देश इ. स्कुलको सहभागिता रहेको थियो । यसरी सम्पन्न भएको स्थानिय सरकारको आयोजनामा नगरभित्रका विद्यार्थीहरुको क्षमता पहिचानका साथै खेल जगतको विकास र खेलाडीहरुलाई थप हौसला र उर्जाका निम्ति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्कृष्ट कार्यक्रम हो । त्यसैले देशभरका सबै स्थानिय सरकारले विद्या...
प्रधानमन्त्री दाहाल आफै पनि अस्थिर स्वभावका
राजनीति, समाचार

प्रधानमन्त्री दाहाल आफै पनि अस्थिर स्वभावका

-डा.डिआर उपाध्याय, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले त्यति राम्रो काम गरेर देखाउन सकेन । अहिले सम्म हेर्दा सरकारको आगामी यात्रा त्यति सहज हुने कुनै संकेत देखिदैन । दलहरु पुरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन । राष्ट्रपतिको बिषयलाई लिएर दलहरु छिन्न भिन्न हुने संकेत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसको हातमा पार्ने दाउ खेल्दै छन । हिजो पनि प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बीच बालुवाटारमा गम्भिर बार्ता भएको समाचार आएको छ । यसो भयो भने नेकपा एमाले बिच्किने र सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ । प्रधानमन्त्री दाहाल आफै पनि अस्थिर स्वभावका छन । उनको कारणले देश अस्थिरता तर्फ धकेलिने ठूलो सम्भावना देखिएको छ । सत्ता गठबन्धन निर्माण गर्दा एमाले संग गरेको भद्र सहमति प्...
लोकप्रिय हुदै बांस्कोटाको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा‘माया नै माया’(भिडियो)
मनोरन्जन, समाचार

लोकप्रिय हुदै बांस्कोटाको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा‘माया नै माया’(भिडियो)

काठमाडौँ । प्रख्यात गायक तथा सङ्गीतकार शम्भुजीत बास्कोटाको नयाँ गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको ‘माया नै माया’ बोलको गीतले अहिले युवा पुस्ताहरूको बिचमा निकै नै चर्चा कमाउन सफल भएको छ । विश्वकै पहिलो रियालिटी शो प्रतिभाका डवलीको निर्माता निर्देशक समेत रहेका बास्कोटा नेपालकै पहिलो म्यूजिक भिडियो निर्देशकको रुपमा समेत परिचित छन । नेपाली चलचित्र क्षेत्रमा हजारौं गीतहरुमा उनको संगीत श्रृजना र गायनले लाखौं करोडौं श्रोताहरुको मनमा सधैै वस्न सफल बांस्कोटा चलचित्र विकास वोर्डको पहिलो कार्यकारी समेत हुन । पछिल्ला युवा पुस्ताको माया, प्रेमलाई समेटेर बास्कोटाको संगीतमा तयार भएको उक्त गीतले सकारात्मक प्रतिक्रिया पाउनुको साथै छोटो समयमा धेरैले हेरेका छन् । https://www.youtube.com/watch?v=VlVqQxLGrVc वरिष्ठ गीतकार किरण केसी क्रोधीको शब्द रहेको गीतमा स...
‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करण चैत्र १७ गते होटल ह्यायतमा हुने
मनोरन्जन, समाचार

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करण चैत्र १७ गते होटल ह्यायतमा हुने

काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘गीता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ दोश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो ।केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान ...
नायक श्रीदेव भट्टराई ‘यो माया’मा (भिडियो)
मनोरन्जन, समाचार

नायक श्रीदेव भट्टराई ‘यो माया’मा (भिडियो)

काठमाडौं । अभिनेता श्रीदेव  भट्टराईद्वारा अभिनित  नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रताप दास तथा श्रद्धा दियालीको स्वरको उक्त यूगल गीतको म्युजिक भिडियोमा अभिनेता भट्टराईलाई मोडल गीता ढुंगानाले साथ दिएकी छिन् । ‘यो माया’ बोल गीत प्रणय दिवसको अवसर पारेर सार्वजनिक भएको हो । केशव भट्ट उक्त भिडियोका निर्देशक हुन् । https://youtu.be/BTGG-hRzxZw दुई नयाँ फिल्महरु ‘कुईँनेटो’ तथा ‘चिठी’ को प्रदर्शनको पर्खाइमा रहेका अभिनेता श्रीदेव भट्टराई पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त मोडलमा पर्छन् । कथावस्तु समेटिएका गीतका भिडियोमा अभिनय गरेर दर्शकको मन जित्दै आएका पछिल्लो समय भने रोमान्टिक गीतका भिडियोमा समेत उतिकै देखिन्छन। उनले अभिनय गरेका गीतहरुमध्ये हास्य शैलीको अञ्जु रानी मञ्जु रानी, भावुक शैलीको पीडा, रोमान्टिक गीत तिमी मेरो पूजा, नृत्यपरक गीत सुगर फ्री आदिले दर्शकको मन जितिसके...
यो शासन व्यवस्था ल्याउन आम नागरिकको पनि प्रमुख भूमिका 
राजनीति, समाचार

यो शासन व्यवस्था ल्याउन आम नागरिकको पनि प्रमुख भूमिका 

-डा.डिआर उपाध्याय, राजनीतिक दलहरुले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिदैन । आज देश संकट तर्फ उन्मुख हुदैछ । देशको अर्थतन्त्र डामाडोल भएको संकेत अर्थसास्त्रीहरुले दिइरहेका छन । अब हामी कता जादै छौ ? देशको अबस्था कता जादै छ ? अब सरकारले कस्तो भूमिका खेल्ने ? यी प्रश्न यति बेला उठने गरेका छन । देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था नबदलिए पछि ब्यवस्था परिवर्तनको के अर्थ ? राजनीतिक दल र तिनका नेता, टाठाबाठा कार्यकर्ता र आसेपासे बाहेक अरुको अबस्था बदलिन सकेको छैन । मान्छे ज्यूदै आगो लगाएर आफै आत्मदाह गर्न किन बाध्य छन ? यो प्रश्नको खोजिगर्नु पर्छ । देश र जनताको भाग्य र भबिश्य बनाउने कुरामा सबै चिन्तित हुनु पर्ने बेला भएको छ । आज हामी हेरिरहेका छौं, राजनीतिक दलहरुको भूमिका त्यति राम्रो छैन । सत्ता स्वार्थ र ब्यक्तिगत स्वार्थ बाहेक राजनीतिक दलहरु र तिनका नेताहरुले अरु केही हेरेनन् । त्...
राजु केसी निर्देशित ‘उर्वशी’मा नम्रता र सवित(भिडियो)
मनोरन्जन, समाचार

राजु केसी निर्देशित ‘उर्वशी’मा नम्रता र सवित(भिडियो)

काठमाडौं । वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा ‘उर्वशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘ओएसआर डिजिटल’बाट सार्वजनिक भएको भिडियोमा नायिका नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय रहेको छ ।प्रमोद खरेलको स्वर रहेको ‘उर्वशी’ को भिडियोले ‘माया भनेको सवल मान्छेको मात्र हुदैन ‘भन्ने सन्देश दिएको छ ।भक्तपुरमा गत साता एक कार्यक्रमको आयोजना गरि प्रिमियर शो मार्फत भिडियो वारे जानकारी दिइएको थियो । https://www.youtube.com/watch?v=dTcnQ0pzxhI संगीतकार शंकर थापाको कम्पोजमा तयार गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सवित बज्राचार्यको शव्द रचना रहेको गीतको पोष्ट प्रडक्सन स्किमा टेक्नोलोजीमा गरिएको थियो । रामशरण उफ्रेतीले छायांकन गरेको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका छन ।लामो समयदेखि चलचित्र ,म्यूजिक भिडियो ,टेलिचलचित्र,विज्ञापनहरु छायांकन गर्दै आईरहेका केसी निर्देश...
‘नेपाल्स लिटिल आईकन’को बाह्रौँ संस्करण सम्पन्न
मनोरन्जन, समाचार

‘नेपाल्स लिटिल आईकन’को बाह्रौँ संस्करण सम्पन्न

काठमाडौँ — एएनपी मिडिया हाउसको आयोजनामा बाह्रौँ संस्करणको ‘नेपाल्स लिटिल आईकन, २०२३’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा जुनियर गर्ल्स’ सिनियर गर्ल्स, टीन गर्ल्स र बोईज समूहका मुख्य बिजेता घोषित भए । जुनियर गर्ल्सु समूहतर्फ आरोही लोहोनी, सिनियर गर्ल्स समूहतर्फ बिशेषता महत, टीन गर्ल्स समूहतर्फ मिनल केसी र बोईजु समूहतर्फ आयंश ज्ञवालीले प्रतियोगिताको शिर्ष ताज आफ्नो हातमा पार्न सफल भए। प्रतियोगिताको जुनियर गर्ल्सु तर्फ लोहनीले शिर्ष ताजसंगै विधागत तर्फको पब्लिक चोईस, मस्ट फोटोजेनिक र फेसबुक चोईस अवार्ड हात पार्दा फर्स्ट रनरअप रिजु सुनुवारले विधागत तर्फको मिस पर्फेक्ट अवार्ड आफ्नो पोल्टामा पारिन। त्यस्तै दिनिका पुडासैनीले सेकेन्ड रनर अपसंगै ब्यूटीफूल आईज, अंकिता मरासेनी थर्ड रनर अप र बेस्ट स्पीच, चाँदनी उप्रेती फोर्थ रनर अपसंग र मस्ट ...