गायक चरोन चन्द्र बजगाईको ‘मलाइ यतै पिरलो मलाइ उतै पिरोलो’ गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।
चरोन चन्द्र बजगाईको स्वर रहेको गीतमा शब्द मुनाल शिशिर कोइरालाको रहेको छ भने चर्चित सङीतकार राजेन्द्र बजगाईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ। पछिल्लो समयसामायिक परिस्थितिमा बुवा आमाको मन राख्ने कि आफुले माया गर्ने ब्यत्तिको मन राख्ने दोधार र अप्ठ्यारो परिस्थितिको बारेमा तयार पारिएको भिडियोको निर्माण शितल बजगाईले गरेकी हुन ।
म्युजिक किचन स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतको अडियो मिक्सिङ तथा सम्पादन मनोज परियारले गरेका छन । गीतमा अभिनय दिपेश परियार,अनुजा सिङ,शुरबिर पन्डित,रश्मि भट्टको रहेको छ भने निर्देशन मुनाल शिशिर कोइरालाको रहेको छ।
साथमा मेक अप रोशन भुशाल,क्यामरा सुजन श्रेस्ठ र भिडियो सम्पादन दिन्सन शाहको रहेको छ।