‘एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस व्यूटिफुल’को छनौट चरण सम्पन्न, फिनाले चैत्र ४ मा
काठमाडौं । बिगत ८ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ को लागि छनौट प्रक्रिया सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो र दोश्रो गरि दुइ पटक गरिएको अडिसन सम्पन्न भएको हो ।
नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ अभिनेत्री रश्मि भट्, नायक श्रीदेव भट्राई, वरिष्ठ संचारकर्मी एवं अर्थविद माधव निर्दोश निर्णायक मण्डल रहेको अन्तिम छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धिहरु छनौट गरिएको थियो ।प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा...










