जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण
स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो ।
सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, लेखक राजनीतिक विश्लेषक केशवप्रसाद चौलागाईं, स्रष्टा जनक रावल र उहाँकी धर्मपत्नी कल्पना रावल, कृतिका सम्पादक कृष्ण भुसाल, गीतकार तथा निर्देशक गणेश सुवेदी, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीलगायतयले कृतिको लोकार्पण गर्नुभएको थियो ।
स्रष्टा रावलको २५औं वैवाहिक वर्षगाँठको अवसर पारेर गरिएको कार्यक्रममा रावल दम्पतीले एक–अर्कालाई दुवोको माला लगाइदिनुभएको थियो भने वर्षगाँठको केक ...










