जीवन शाहीको निर्देशनमा ‘के बन्न सक्छौ तिमी’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, बैशाख ६, २०८१

जीवन शाहीको निर्देशनमा ‘के बन्न सक्छौ तिमी’ सार्वजनिक(भिडियो)


निर्देशक जीवन शाहीको निर्देशनमा रोमाञ्चक र मनोरञ्जक भिडियो सार्वजनिक भएको छ । ‘के बन्न सक्छौ तिमी’ बोलको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युटथ्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा सुगम पोखरेल र स्मीता दाहालको स्वर रहेको छ भने शब्द लेखेका किरण माइकल घिमिरेले यसको संगीत समेत गरेका छन् । बाबु एम प्रधानले गीतको एरेञ्ज गरेका छन् ।

भिडियोमा स्मारिका ढकाल र राकेश श्रेष्ठको काल्पनिक रोमान्स देख्न सकिन्छ । निर्देशक शाहीले राकेशको सपनालाई संयोगान्त बनाएर कथा बुनेका छन् ।

मुकेश हुमागाईंको टिमले छायाँकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन र कलर करेक्सन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *