काठमाडौं । नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड समारोहमा राज मेक अप स्टुडियोका प्रमुख टेकराज पाण्डेलाई सम्मानित गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत उक्त सम्मान प्रदान गरिएको हो । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् ।
समारोह प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथीहरुका रुपमा अग्रज अभिनेत्री बसुन्धरा भुसाल ,चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतको विशेष उपस्थिति रहेको थियो ।
अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान गरिएको थियो । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई नगद एकाउन्न हजार नगद राशी सहित दीर्घ साधाना सम्मान गरिएको छ ।
यस कार्यक्रमममा गायक ईन्द्र जिसी, सागर गुरुङ, प्रदिप कार्की, शिखर श्रेष्ठ, बिष्णु तरुके, पुष्पा शर्मा, बिजयरत्न तुलाधर, बबिता श्रेष्ठ, नायिका तथा मोडल सबिना कार्की, गायक अलिफ खान, पत्रकार बर्षा खनाल लगायत सम्मानित भएका थिए । त्यस्तै सागर लम्साल (बले), दुर्गेश थापा, जनक सिंह, निरेन श्रेष्ठ, रमिला न्यौपाने, सुनितामी परियार, शोभा त्रिपाठी, जुनु रिजाल लगायत अन्यले बिभिन्न बिधामा ६० जनाले अवार्ड चुमेका थिए ।