सिलिङ्गे कफि उत्पादक सहकारीले गुमायो कफि बाजे - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

सिलिङ्गे कफि उत्पादक सहकारीले गुमायो कफि बाजे


ललितपुर । कफि बाजेको नामबाट परिचित बद्रि प्रसाद चौरेलको निधन भएको छ । गत फागुन १५ गते सोमबारका दिन ललितपुरको महाँकाल स्थित ठुलादुलुङ्ग भन्ने ठाउँमा ७० वर्षीय चौरेलको निधन भएको हो ।
नेपालमा कफि खेतिलाई व्यवसायीकरण गर्दै देशको आर्थिक उन्नतिमा टेवा पुर्‍याउन सक्नु पर्छ भन्ने मान्यता राख्ने चौरेलले सुदुर दक्षिण ललितपुरको ठुलादुर्लुङमा समेत कफी खेती भित्र्याएका थिए । उक्त क्षेत्रलाई कफीको पकेट क्षेत्र बनाउन उनको महत्त्वपूर्ण भूमिका रह्यो । यसैको परिणाम स्वरुप उनी सबैतिर कफी बाजेको नामबाट परिचीत भए ।
नेपालमा नै कफि उत्पादन गरि बेरोजगारी केही हिस्सा घटाउन र देशको समग्र अर्थतन्त्रमा केही सुधार ल्याउन सकिन्छ भन्ने मान्यता चौरेलको थियो । त्यसैले उनी आफ्नो नजिकका आफन्तजन तथा चिनजानका मानिसहरुलाई कफि खेती गर्न उत्प्रेरित गर्थे ।उनी केही समय यता सिलिङ्गे कफि उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्षको भूमिकामा रहेर कफि उत्पादन तथा व्यवस्थापनमा जोड दिदै आएका थिए ।

कफि क्षेत्रको व्यावसायिक विकासका लागि लामो समयदेखि अहोरात्र खटिदै आएका चौरेलको असामयिक निधनले सम्पूर्ण कफि व्यवसायीहरु शोकमा डुवेका छन् । यो संगै चौरेल अध्यक्ष रहेको सिलिङ्गे कफि उत्पादक सहकारी संस्था लिका सचीव युवराज तिमल्सिनाले एक शोक वक्तव्य जारी गर्दै समग्र सिलिङ्गे कफि उत्पादक परिवारले नै शोकमा डुवेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.