समाचार

रोटर्याक्ट क्लब अफ कान्तिपुरले रोटा रनको आयोजना गर्ने
मनोरन्जन, समाचार

रोटर्याक्ट क्लब अफ कान्तिपुरले रोटा रनको आयोजना गर्ने

काठमाडौं । रोटर्याक्ट क्लब अफ कान्तिपुरले मिनी म्याराथन (रोटा रन- २०२३) को आयोजना गर्ने भएको छ । प्यारेन्टल क्लब रोटरी क्लब अफ कान्तिपुसँगको सहकार्यमा विश्व पृथ्वी दिवसको अवसरमा २२ अप्रिलका दिन (एसडिजीएस) लाई पहिचान गरी उक्त कार्यक्रम मनाउने गरी मिनी म्याराथनको आयोजना गर्ने भएको हो । आयोजक संस्था रोटर्याक्ट क्लब अफ कान्तिपुरका अनुसार मिनी म्याराथनबाट संकलन भएका रकम विशेष कोष खडा गरि अटिस्टिक वालवालिकाहरुका लागि सहयोग प्रदान गरिने छ ।अटिस्टिक भएका बालबालिकाका लागि सेवा प्रदान गर्ने मान्यता प्राप्त संस्था नेपाल एकेडेमी अफ साइकोलोजीमा अटिस्टिक बालबालिकाको कल्याणका लागि परोपकारको उद्देश्य अनुरुप सो रकम प्रदान गरिन लागिएको हो । रोटर्याक्ट क्लब एउटा समुदायमा आधारित संस्था हो जसमा १८ वर्ष र माथिका सदस्यहरू छन्, जसले आफूले सञ्चालन गर्ने तालिम, सेमिनार वा कार्यशालाहरू जस्ता कार्यक्रमहरू मार्फ...
बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)

काठमाडौं। नेपाली आधुनिक संगीतमा गायिका बुनु श्रेष्ठको गायन यात्राले दशकौं पार गर्न लागिसकेको छ। अढाई सय नेपाली गीतमा सुमधुर स्वर दिइसकेकी छन्। यद्यपि, गायन यात्रामा चुपचाप छायांमा नै पर्दैआएकी उनै गायिका बुनु श्रेष्ठले नेपालभाषाको सांगीतिक क्षेत्रमा पनि आयामिक रुपमा आफूलाई प्रस्तुत गरेकी छन्। नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक गरेर आफूलाई नेपालभाषाको बलियो गायिका मात्र नभइकन नायिकाको रुपमा प्रस्तुत गर्न सफल भएकी छन्। https://www.youtube.com/watch?v=m1Sc4DGSPNA आफ्नो गायनको गीत बहनिया मिलामा आफै नायिका बनेर बुलन्द अभिनय गरेकी बुनु श्रेष्ठ गायिका मात्र नभइकन नायिका पनि हुन भन्ने प्रमाणित गरेको छ। जुन गीतमा गायिका बुनु श्रेष्ठको अभिनयमा नेपाली चलचित्रका युगिन नायक धीरेन शाक्यले साथ दिएका छन्। बढी नेपाली चलचित्रमा मात्र सक्रिय बनिर...
पाईलट पढ्न अव विदेश जानु नपर्ने, गीता एभिएसनले फ्लाइङ स्कुल संचालन गर्दै
अर्थ/व्यापार, समाचार

पाईलट पढ्न अव विदेश जानु नपर्ने, गीता एभिएसनले फ्लाइङ स्कुल संचालन गर्दै

काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले शुभम् एभिएसनले फ्लाइङ स्कुलको लागि पहिलो पटक अनुमति पाएको छ । गीता एभिएसनको सहकार्यमा संचालित शुभम् एभिएसनलाई मन्त्रिपरिषदको निणर्य अनुसार फ्लाइङ स्कुल संचालनका लागि अनुमति प्रदान गरिएको हो । अव स्वदेशमै फ्लाइङ स्कुल संचालन पछि प्रशिक्षणका लागि विदेशिने करोडौं रकम रोकिने छ । लामो समयदेखि रोकिएको पाईलट प्रशिक्षण सम्बन्धि तालिमका लागि फ्लाइङ स्कुल स्थापना भए संगै नेपालमा व्यावसायिक उडान हुन नसकेका विमानस्थलमा फ्लाइङ स्कुल चलाउन सकिने छ । गीता एभिएसनका प्रमुख क्याप्टेन जनक अधिकारीका अनुसार लामो प्रयास पछि वल्ल यो पटकको मन्त्रीपरिषदले नेपालमै पाईलट कोर्षका लागि अनुमति प्रदान गरेको छ । त्यसका लागि एभिएसनले आफ्ना सम्पूर्ण तयारी पुरा गरिसकेको छ । लामो समयदेखि एभिएसन तालिम दिदै आएको गीता एभिएसनको सहकार्यमा शुभम् एभिएसनले ईएएसए(EASA) युरोपीयन स्ट...
‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:प्रदिप खड्का देखि भिम उपाध्यायसम्म लाई अवार्ड
मनोरन्जन, समाचार

‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:प्रदिप खड्का देखि भिम उपाध्यायसम्म लाई अवार्ड

काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ । निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा ​सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहदै आएका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको हो । प्रत्येक वर्ष करिव २ दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकोमा यस वर्ष  नेपाल महिला चेम्बरकी अध्य...
टोखा नगरपालिकामा गर्नु पर्ने काम अझै धेरै छन् – मेयर अधिकारी
समाचार, समाज

टोखा नगरपालिकामा गर्नु पर्ने काम अझै धेरै छन् – मेयर अधिकारी

काठमाडौं । गत वैशाखको स्थानीय तह निर्वाचनमा टोखाको नगरपालिकाको मेयरमा प्रकाश अधिकारी दोस्रो पटक निर्वाचित भएका थिए । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमदेखि सडक, खानेपानी, मेयर दिवा खाजा, स्वास्थ्य विमा कार्यक्रम, छात्राबृति,सामाजिक विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा ६० वर्ष उमेर नागरिकको होलबडी चेकअप निशुल्क तथा महिलाहरुको लागि क्यान्सर उपचार देखि निशुल्क ब्लड जस्ता कार्यक्रम मार्फत जनतालाई सेवा दिएको छ । टाेखा नगरपालिकाले हाल आफ्ना मुल मुल सडकहरुमा यसै वर्षभित्र बत्ति राखी सम्पन्न गर्ने योजनाका साथ निरन्तर लागिरहेको बताएको छ। कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले ‘ मेयर उज्यालो कार्यक्रम’ सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै ‘ मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा...
रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने
मनोरन्जन, समाचार

रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

रामेछाप कलाकार समाजले नयाँबर्षको अवसरमा आगामी बैशाख ९ गते साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने समाजले जनाएको छ । रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले बताएका छन् । रामेछाप साँस्कृतिक कलाकार समाजले उक्त कार्यक्रम बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले बताईन ।...
‘राष्ट्रिय अनलाइन पत्रकार संघ’को नवौ वार्षिकोत्सव  सम्पन्न
समाचार, समाज

‘राष्ट्रिय अनलाइन पत्रकार संघ’को नवौ वार्षिकोत्सव सम्पन्न

अनलाइन न्युजहरुको छाता संगठन ‘राष्ट्रिय अनलाइन पत्रकार संघ’ (नोजा)को नवौ  बार्षिर्केउत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ। संघिय सांसद सन्तोष चालिसेको प्रमुख आत्थ्यितमा भएको उक्त कार्यक्रममा लिभर क्यान्सर सम्बन्धि स्वास्थ्य सचेतना सहित अल्काइन पानि र अन्य पानि बीच छलफल तथा अन्तरक्रिया समेत आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दैसांसद सन्तोष चालिसेले अनलाइन मिडिया समाज परिवर्तन र आर्थिक विकासका लागि सूचना सम्वाहकको रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । अनलाइन मिडिया सञ्चालन निर्देशिका सरकारले ल्याइसकेको र यसलाई थप मर्यादित एवं व्यवस्थितका लागि सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सूचना बिभाग, पत्रकार महासंघ, राष्ट्रिय अनलाइन पत्रकार संघ लगायतका सरोकारवाला संघ संस्था र विज्ञहरुसँग छलफल गर्दै छिट्टै कार्यान्वयनमा ल्याउने पर्नेमा जोड दिनुभयो ।सस्तो लोकप्रियता र राजनीत...
गायक रमेश पाठकको ‘तिमी नै तिमी’ मा मोडल शिला गजुरेल (भिडियो)
मनोरन्जन, समाचार

गायक रमेश पाठकको ‘तिमी नै तिमी’ मा मोडल शिला गजुरेल (भिडियो)

काठमाडौं । हालै विवाह बन्धनमा बाँधिएका गायक एवं सङ्गीत व्यवसायी रमेश पाठकले आफ्नो जीवनमा परेका सकारात्मक प्रभाव र महत्वलाई साङ्गीतिक स्वरुप दिएका छन । पाठकको आफ्नै युट्युव च्यानल ‘रमेश पाठक’वाट सार्वजनिक गरिएको म्युजिक भिडिओ ‘तिमी नै तिमी’ मा उनले आफ्नो बिबाह र दुई आत्माको मिलन पछिका असीमित खुशीहरु पोखेका छन् । गायक पाठककै शब्दरचना र सङ्गीतमा रहेको यस युगल गीतमा नारायण डंगोलको सङ्गीत संयोजन, नरेन्द्र वियोगीको मिक्सिङ तथा माष्टरिङ रहेको छ भने पाठकलाई गायनमा सुमना गुरुङले साथ दिएकी छिन् । https://www.youtube.com/watch?v=nokCY_Xge2A&t=1s ‘तिमी नै तिमी’ को भिडिओ राजाराम गिरीको निर्देशन एवं सम्पादनमा तयार भएको हो । जसमा योगेश दाहाल, निमेष गुरागाईं र राजाराम स्वयमको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा रङ्ग सम्पादन भने दिनशन शाहले गरेका छन् । केही दृश्य वास्तविक र केही अभिनय रहेको यस भ...
राज मेकअप स्टुडियोद्वारा विभिन्न कोर्षमा २०% सम्म छुट
अर्थ/व्यापार, समाचार

राज मेकअप स्टुडियोद्वारा विभिन्न कोर्षमा २०% सम्म छुट

काठमाडौं ।  नव वर्ष २०८० को अवसर पारेर बानेश्वर स्थित राज मेक अप स्टुडियोले मेक अप सम्बन्धि विभिन्न कोर्षहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । ७ वर्ष अगाडी स्थापना भएको राज मेक अप स्टुडियोले नव वर्षको अवसरमा मेक अप आर्टिष्ट तथा व्यूटिसिएनमा भविष्य निर्माणको सपना देख्ने युवा युवती तथा गृहणीका लागी आकर्षक छुट सहित नयां एवं उपयोगी कोर्षहरु संचालन गर्न लागेको हो । विश्व विख्यात ब्राण्ड नेदरल्याण्डसको मेक अप स्टुडियो भारतको दिल्लीमा लामो समय अध्ययन गरेर आफुले सिकेका सिपहरु, उपयोगी मेकअप टिप्स स्वदेशमा नै जानकारी एवं प्रशिक्षण गराउने उद्देश्य लिएर सन् २०१२ मा राज मेक स्टुडियो संचालन गरि हाल सम्म हजारौ प्रशिक्षार्थीहरुलाई पूर्ण सफल व्यबसायी बनाउन सफल मेक अप ट्रेनर तथा मेकअप आर्टिष्ट टेक राज पाण्डेले संचालन गरेको मेक अप स्टुडियोले स्थापनाकाल देखी नै विविध तालिमका साथमा हजारौ सन्तुष्ट ग्राहकह...
सत्यकलाको शव्द र अभिनयमा ‘तिम्रो यादले रोगी बनायो'(भिडियो)
मनोरन्जन, समाचार

सत्यकलाको शव्द र अभिनयमा ‘तिम्रो यादले रोगी बनायो'(भिडियो)

काठमाडौं । गीतकार सत्यकला बमजनले आफ्नो शब्दमा एउटा मर्मस्पर्शी गीत रेकर्ड गराएर म्युजिक भिडियोको साथमा सार्वजनिक गरेकी छिन् । गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘तिम्रो यादले रोगी बनायो’ गीत निकै मार्मिक र गहन छ । गीतमा सत्यकलाले आफ्नो उत्कृष्ट शब्दको साथमा अभिनय पनि गरेकी छिन् । https://www.youtube.com/watch?v=t9b-Rhyr93I बादल थापाको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन पनि भिडियोमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।  बिक्रम चौहानको कथा निर्देशन , मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायांकन रहेको छ यो म्युजिक भिडियो एएमएस ईन्टरटेनमेन्ट नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।...