फोटोपत्रकार प्रदीपराज वन्तलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कार
१८ चैत्र, काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार दिउँसो रिपोर्टसर्् क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् । सगरमाथा आरोही स्व.बाबुछीरी सेर्पाको सम्झनाममा क्लवले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उक्त पुरस्कार प्रदान गरेका हुुन् । पुरस्कारको राशी रू. २५ हजार रहेको छ । उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरीएको थियो ।
वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटोपत्रकारिता गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् । देशभरका फोटोपत्रकारहरुको साझा सस्था राष्ट्रि...










