देशभर ११९७ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १२३० पुग्यो - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

देशभर ११९७ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १२३० पुग्यो



पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार३७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २९ सय ३४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २३० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *