चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर सार्वजनिक(भिडियो)


चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर युट्युब मार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो । सार्वजनिक रास्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ती’ बोलको गीतमा गायिका मेलिना राइको स्वर कविराज गहतराजको नृत्य निर्देशन, राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द छ । उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।

नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झण्डाको व्यापक प्रयोगगरी दृश्य छायाँकन गरिएको सम्भवत यो नै पहिलो पटक हो । झण्डालाई नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ ।

गीतमा तनहुको मानुङ डाडाको मनोरम दृश्य बडो रोचक ढङ्गले दृस्यान्कन गरिएको हेर्न पाइन्छ । मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरूको कलाकारिता देख्न सकिन्छ । सार्वजनिक गीतमा अहिलेको बिश्व परिवेशमा राष्ट्रभक्ती, स्वतन्त्रता, नेपाल र नेपालको अभिभाज्य मन मुटु र झण्डाको महिमा अभिव्यक्त गरिएको छ ।

दिब्यराज सुवेदीले छायाँकन गरेको चलचित्र ‘आर्या’मा राम सिटौला र शशिबिक्रम थापाको सङ्गीत, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन छ । चलचित्रमा शिल्पा पोखरेल, अनुपबिक्रम शाही, प्रकाश शाह, रवी गिरी, सुशील पोखरेल, गीता अधिकारीलगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *