समाचार

‘जघन्य हिंसा निर्मूूल गरौँ’:राष्ट्रपति
राजनीति, समाचार

‘जघन्य हिंसा निर्मूूल गरौँ’:राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जघन्य हिंसा निर्मूूल गर्ने सरकारको प्रयास पूर्ण रूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्ने बताएकी छन्। राष्ट्रपतिले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार दिएको सन्देशमा यस्तो विचार व्यक्त गरेकी छन् । उनले घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मूूल गर्न सबै सक्रिय हुर्नेमा जोड दिएकी हुन्। संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारा तय गरेको छ । यस नारालाई सफल बनाउन बुधबारदेखि ‘लैङ्गिक हिंसाविरुद्धको...
कोरोना खोप खरिद गर्न ५० अर्बको कोष
समाचार, स्वास्थ्य

कोरोना खोप खरिद गर्न ५० अर्बको कोष

नेपालले विश्व बजारमा कोरोना भाइरसको खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्रयाउन रहेका कानुनी बाधा फुकाइसकेको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले दिए । खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ । डा गौतमले भने, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा ...
पुसदेखि सुरुङ खनिँदै
अर्थ/व्यापार, समाचार

पुसदेखि सुरुङ खनिँदै

कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले भने “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम सुरु गरिनेछ ।” मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ का कारण पूरा हुन नसकेको उनले स्पष्ट गरे । सुरुङमार्गको मुखमा राखिने स्टिलको फ्रेम अहिले निर्माण भइरहेको बताउँदै आयोजना प्रमुख शाक्यले भने, “सुरुङ खन्न अब कुनै तयारी बाँकी छैन । फ्रेम निर्माण गरिरहेको बुटबलस्थित कम्पनीका कामदारमा कोभिड–१९ को सङ्क्रमण देखिँदा कम्पनी केही समय बन्द भएकाले समयमा फ्रेम निर्माण हुन सकेन । पहिलो फ्रेम हाल्नुपर्छ, फ्रेम हालेको ८र१० दिनपछि ...
नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

नेइमारको गोलले पिएसजीलाई महत्वपूर्ण जित

नेइमारको गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो । आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । उनको त्यो गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ।...
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’
समाचार, समाज

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक-पटक पसिना आएको जनाएको हो । शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् । प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ । पूजापाठको प्रसाद बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने व्यवस्था मिलाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ । सो शिलामा पसिना आउँदा राष्ट्र प्रमुखलाई प्रसाद पठाउने प्रचलन रहिआएको छ । शिलामा पसिना आएपछि भक्तजनहरूले मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने लगायत गर्ने गरेका छन् । भीमे...
सबै देशहरुमा उडान खुला गर्ने निर्णय
अर्थ/व्यापार, समाचार

सबै देशहरुमा उडान खुला गर्ने निर्णय

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ । आज बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो । संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मलुकमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको सचिव गुरागाईले बताए । विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटि...
कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित : शिक्षामन्त्री,पोखरेल
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित : शिक्षामन्त्री,पोखरेल

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा पुगेका मन्त्री पोखरेलले परीक्षाको चुस्त व्यवस्थापनबाट आफू सन्तुष्ट रहेको जनाएका हुन् । सो विद्यालयमा ६७७ विद्यार्थी सहभागी छन् । सम्बन्धित विद्यालयमा हाल परीक्षा दिन पायक नपर्ने परीक्षार्थीलाई पायक पर्ने अन्य परीक्षा केन्द्रबाट पनि परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । परीक्षार्थीले हलमा जानुअघि साबुनपानीले हात धुने र स्यानिटाइजर लगाउने तथा हलमा सामाजिक दूरी कायमको प्रबन्ध गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका परीक्षार्थीलाई पछि बेग्लै प्रबन्ध गरिने बोर्डले जनाएको छ । गत वैशाख ८ गतेका लागि तोकिएको ...
निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ: सुबोधकुमार गुप्ता
अर्थ/व्यापार, समाचार

निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ: सुबोधकुमार गुप्ता

नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । र त्यो भन्दा पनि ठुलो कुरा हाम्रो अर्थात महासंघको संजाल नेपाल सरकार पछि सबै भन्दा ठुलो छ ।अर्थात भनौ संजालका हिसाबले, सदस्य संख्या भनौ वा मानव आवद्धताका हिसाबले हाम्रो संगठन दोस्रो स्थानमा छ । त्यसैले हाम्रो संगठन उपस्थितीगत र पहिचानको हिसाबले निकै अगाडी छ । महासंघ साना, मझौला र ठुला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन हो । हामी ग्रामीण दुरदराज देखी शहरोन्मुख नगर क्षेत्र र ठुला शहरसम्म फैलिएर रहेका छौ । सामान्य व्यापार गर्ने देखी दैनिक करोडौमा कारोबार गर्ने कारोबारीहरुलाई महासंघले छहारी दिईरहेको छ । निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ, बोल्नु पर्छ । राज्यले निजी क्षेत्रक...
थप १७९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थप १७९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

मंगलबार नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६१ पुगेको छ। यस्तै हालसम्म ६२७ जना क्वारेन्टिनमा रहेका छन् ।...
देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन:डा.डिआर उपाध्याय
राजनीति, समाचार

देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन:डा.डिआर उपाध्याय

सरकार किन संसद् छलिराखेको छ ? सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविश्य अव के हुन्छ ? यो प्रश्न धेरैले गर्न थालेका छन्। राजनीतिक दलमा विवाद मतभेद र झगडा हुन्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । तर यति बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नीति , बिचार , शिद्धान्त बिनाको विवाद मतभेद र झगडा भएको छ । नेकपामा कुनै सैद्धान्तिक विषयमा विवाद भएको देखिँदैन। यो झगडा भनेको सत्ता स्वार्थको झगडा हो । देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन । यो नै समस्या हो । आम नेपाली जनता नेकपा भित्रको आन्तरिक झगडा देखेर निराश छन । जनता निराश हुनु भनेको ब्यवस्था प्रति प्रश्न उठनु हो । यो कुरा नेकपाले बुझन जरुरी छ । यतिबेला कोरोना कहरबाट जनता आहत छन् तर सत्ताधारी दलका नेता आपसमा विवाद गरेर बस्नु भनेको राम्रो कुरा पटक्कै होइन । अव सोच्नु पर्ने बेला भएको छ । देशमा यत्रो संकट आउँदा नेकप...