प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)
गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ अर्थात शैलुङ्को सोल्टिनी स्रोता/दर्शकमाझ आज सार्वजनिक भएको छ । बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक भएको गीत ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस गीतमा शव्द अमेरिका निवासी कलाकार प्रेम गुरुङको रहेको छ भने मनोज गुरुङको स्वर सुन्न सकिन्छ । गीतको भिडियो गुरुङ गीतकै इतिहासमा पहिलो पटक अमेरिकाका बिभिन्न शहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ्मा छायांकन गरिएको छ। यस गीतमा तेजेन्द्र गुरुङको सङ्गीत र एरेन्ज रहेको छ । भिडियोमा चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले नै निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङले मनमोहक अभिनय गरेका छन् ।
https://youtu.be/-8jocezeda8
नेपालबाट अमेरिकामा गर्नुपर्ने दृश्यहरु अनलाइन भरचुल्ली निर्देशन गरेका निर्देशक भुपेन्द्र ग...










