देशको बिकास गर्ने कुरामा सरकार गम्भिर बन्नु पर्छ
-डा.डिआर उपाध्याय,
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भए संगै काँग्रेस अब कसरी अघि बढछ बहसको बिषय बनेको छ । देउवा सभापतिमा .निर्वाचित भए सगै उनी सामु अबसर र चुनौति दुबै आएका छन । आउँदा दिनमा उनले पाटीै कसरी हाँक्छन त्यो नै महत्वपूर्ण सवाल बनेको छ । यसपटकको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका कुरा उठेका थिए । तर सोचे जस्तो त्यस्तो परिणाम आएन । महामन्त्रीपदमा गगन थापा र बिश्वप्रकाश शर्माले बाजी मारे संगै काँग्रेसमा युवा जमातको मनोवल भने राम्रै किसिमले बढेको हुनु पर्छ ।नेतृत्व नै युवाको हातमा जानु पर्ने हो तर त्यसतो हुन सकेन । अहिलेको यो चुनाबी अभ्यासले प्रभावशाली नेता डा मिनेन्द्र रिजाल र डा प्रकाश शरण महत महामन्त्री पदमा नराम्रो संग पराजित भए ।
रिजालले त नैतिकताको आधारमा मन्त्री पदबाट समेत राजीनामा दिए । यद्यपि देउवाले पुनः दो...









