समाचार

साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन

साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा निधन भएको छ।  भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाइ केहि दिन यता ज्वरो र खोकीको समस्या आएसंगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उहाँलाइ कोभिड देखिएको थियो । उद्योगी मानन्धरलाई हाम्स अस्पतालमा उपचारका लागि लगिएको र विहिवार साँझ ७ बजे उहाँको निधन भएको  पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।...
‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’हुने
मनोरन्जन, समाचार

‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’हुने

काठमाण्डौ, माघ ६ जाडो महिना सकिने क्रम र गर्मी शुरु हुन लागेसंगै “समर हट फेशन शो एण्ड म्युजिकल नाइट’ हुने भएको छ । स्टुडियो कुबेरको आयोजनामा पेजेन्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको उक्त फेशन शोको यही ८ गते शनिवारका दिन ११ बजे टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार काठमाण्डौंमा अडिसन हुन लागेको हो । कार्यक्रममा सहभागीता जनाउनका लागि अडिसनकै दिन गएर आवेदन भर्न सकिने छ । कार्यक्रमको ग्राण्ड फिनाले केही महिनापछी हुने र अहिले अडिसन तथा ट्रेनिङ हुने आयोजक स्टुडियो कुबेरका चेयरपर्सन कुबेर तामङगले बताए । अहिलेसम्मा गरिएका फेशन शो भन्दा केही फरक र दमदार प्रस्तुती सहित हामी मार्केटमा आउन लागेको कुरा तामाङगले बताए । अहिलेको विषम परिस्थिति पूर्ण सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाएर यस्को अडिसन गरिने र समय अनुकुल हेरेर यसको फाइणल कार्यक्रमको मिती तय गरिने कुरा पनि आयोजना टिमले बताए । अडिसनको...
नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङ
अर्थ/व्यापार, समाचार

नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङ

काठमाडौं । नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङले सर्भिस दिने भएका छन् । आफ्ना ग्राहकहरूलाई थप केयरिङका साथ सुविधा उपलब्ध गराउने उद्देश्यअनुरूप फेसियल हाउसले नेपालकै चर्चित हेयर डिजाइनर तामाङलाई हालै आफ्नो संस्थामा अनुबन्धित गरेको हो । तामाङलाई फेसियल हाउसले एक कार्यक्रमको आयोजना गरी संस्थामा स्वागत गरेको फेसियल हाउसले जनाएको छ । फेसियल हाउसमा अनुबन्धित भएसँगै अब तामाङले आफ्नो उत्कृष्ट सर्भिस दिनाका साथै कक्षाहरू समेत सञ्चालन गर्ने फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा सौन्दर्यविद सुषमा महराले जानकारी दिइन् । ‘हामीले फेसियल हाउसलाई नम्बर वान मात्रै भनेका छैनौं,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘फेसियल हाउसमा उपलब्ध सेवासुविधा पनि त्यही अनुसार उत्कृष्ट र गुणस्तरीय बनाउँदै लगेका छौं ।’ फेसियल हाउसमा आउने ग्राहकहरूको अझ बढी केयरिङका लागि आफूहरूले अनुभवी ...
एएनपी मिडियाको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरण सम्पन्न
मनोरन्जन, समाचार

एएनपी मिडियाको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरण सम्पन्न

ए.एन.पी. मिडिया हाउसको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरणको ग्राण्ड फिनाले राजधानीमा सम्पन्न भएको छ । शनिवार राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगितामा जुनियर गल्र्स तर्फ आयुषी खनालले मोष्ट एक्टिभ सहित उपाधी हात पार्न सफल भईन भने सिनियर गल्र्स तर्फ जिनिसा रोक्का मगरले मस्ट व्यूटिफुल तथा टिन गल्र्स तर्फ बाट भने प्रिया रोक्का मगरले वेष्ट र्याम्प वाक र वेष्ट डान्स सहितको विजेता बन्न सफल भईन भने व्वाईज तर्फको उपाधी अवानिस थपलियाले वेष्ट स्पिच सहित उपाधी हात पार्न सफल भए । विजेता तथा टाईटल विजेताहरुले आकर्षक गिफ्ट ह्याम्पर सहित विभिन्न पुरस्कार प्राप्त गरेका थिए । उपत्यकाका विभिन्न विद्यालयबाट अडिसन मार्फत छनौट भएका प्रतियोगिहरुले करिब १ महिना लामो प्रशिक्षण पश्चात फाईनलमा आफ्ना प्रस्तुती दिएका थिए । सुमी बानियांको कोरियोग्राफी रहेको प्रतियोगितामा करीब ६० जना भन्दा बढि प्रतियोगिहरुको...
कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण
समाचार, समाज

कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय कोरोना संक्रमित भएका छन् । शरीर दुख्ने, ज्वरो आउने लगायत भएलगत्तै कोरोना परीक्षण गर्दा उपाध्यायलाई संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सुरक्षित र सतर्क रहन समेत अनुरोध गरेका छन् । उपाध्याय निजी डाक्टरको सल्लाहमा होम आइसोलेसनमा छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा अहिले विभिन्न ८० वटा विश्व रेकर्ड कायम गरेका छन् । उनी अहिले आफ्नो विश्व रेकर्ड एकसय एक पुर्याउने दौडमा रहेका छन् ।...
पीसीआर परीक्षणको शुल्क घट्यो, अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ
समाचार, स्वास्थ्य

पीसीआर परीक्षणको शुल्क घट्यो, अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।...
नेपाली जनताले यो सरकारबाट के पाए ?
राजनीति, समाचार

नेपाली जनताले यो सरकारबाट के पाए ?

-डा.डिआर उपाध्याय, यो बर्तमान गठबन्धन सरकारबाट नेपाली जनताले जुन किसिमको आशा गरेका थिए त्यो अनुसार काम हुन सकेन । वर्तमान सरकारले ६ महिना अवधि पूरा गरिसकेको छ । सरकार बनेदेखि यता यो सरकारसँग धेरैले धेरै कुराको अपेक्षा गरेका पनि हुन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न झन्डै तीन महिना कुर्नुप¥यो । जबकि, यो तीन महिना सरकारको कामको सुरुवाती हेर्ने अवधि थियो । उनले ८८ दिनपछि मात्र असोज २२ मा मन्त्रिपरिषद् विस्तार गरे । नेपाली जनताले यो सरकारबाट के पाए ? देशमा सुशासन कायम गरेको खै ? सरकारको प्राथमिकताका बिषय के के हुन ? अर्थतन्त्र ओरालो लाग्दै छ । कोरोनाविरुद्ध खोपबाहेक जनताको नजरमा सरकार खासै देखिएन । सरकारको गति सुस्त भयो । सरकारले काममा गति दिन सकेन । अहिले गतिका साथ काम गर्नेबेला थियो । संघीयतालाई व्यवस्थापन गर्न अत्यावश्यक कानुन निर्माण गर्नुपर्ने...
माईकल चन्द निर्देशित‘निन्द्रै लाग्दैन’ मा केशव भट्टराई र उषा उप्रेती (भिडियो)
मनोरन्जन, समाचार

माईकल चन्द निर्देशित‘निन्द्रै लाग्दैन’ मा केशव भट्टराई र उषा उप्रेती (भिडियो)

मोडलद्वय उषा उप्रेती र केशव भट्टराईले मोडलिङ गरेको गीत ‘निन्द्रै लाग्दैन’ सार्वजनिक भएको छ । नृत्य शैलीको यो गीतलाई रचना रिमाल र सन्तोष रुचालले स्वर दिएका हुन् । गीतको भिडियो निर्देशन माइकल चन्दको रहेको छ । https://youtu.be/8LLEo4aZvtA गीत रचना हरिप्रसाद गौतमले गरेका हुन् भने संगीत सन्तोष रुचालकै हो । सागर पौडेलले छायांकन गरेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।...
टिकटक बनाउनेका लागि भाईरल ठाउँ : कोहलपुर स्मार्ट न्यु सिटी
अर्थ/व्यापार, समाचार

टिकटक बनाउनेका लागि भाईरल ठाउँ : कोहलपुर स्मार्ट न्यु सिटी

सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ- जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल। हजुर,त्यस्तो ठाउँ हो- कोहलपुरको स्मार्ट न्यु सिटी । बैजनाथ-५ बाँकेमा अवस्थित कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ।युटुबमा स्मार्ट सिटीको दृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो। चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् । यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो। यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,न...
वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत र भिडियो सार्वजनिक गर्ने तयारीमा
मनोरन्जन, समाचार

वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत र भिडियो सार्वजनिक गर्ने तयारीमा

वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत र भिडियो ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही दिन अघि अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत, संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् । खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए । तर कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालले बताए । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो ।’ बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने केही नि...