मनोरन्जन

अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न
मनोरन्जन, समाचार

अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

काठमाडौं, कार्तिक ७ । अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भिडियो मार्फत प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा कपन निवासी ७ वर्षीय आज्ञ थपलिया सुपर किड्स गायन किड्सका विजेता बन्न सफल हुनुभएको छ भने १८ वर्षीय बसुन्धरा निवासी पद्मजा कार्की टीन्सतर्फ विजेता हुनुभएको छ । यस्तै सुपर प्रिकिड्स नृत्यतर्फ विराटनगर निवासी पाँच वर्षीय बालक दिवम रखेचा विजेता हुनुभएको छ । किड्समा बिर्तामोड निवासी ९ वर्षीय प्रलाक्षा कार्की र टीन्सतर्फ काठमाडौं बुढ...
वरिष्ठ हास्यकलाकार आचार्य दम्पती कोरोनामुक्त
मनोरन्जन, समाचार

वरिष्ठ हास्यकलाकार आचार्य दम्पती कोरोनामुक्त

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिएका छन । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आचार्य दम्पती होम आइसोलेशनमा बसेका थिए ।...
गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो’ सार्वजनिक(भिडियो)

राम्रो स्वरकी धनी गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो...’ सार्वजनिक भएको छ । यो गीतमा प्राश्नालाई शीतल गुरुङले साथ दिएका छन् । टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ । शब्द सम्योजन कृष्ण राउतको रहेको गीतको सङ्गीत अनि एरेञ्ज कसांग लामाको छ । https://www.youtube.com/watch?v=M9vJWUr_LOg&feature= हेमा फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोको निर्देशन यादव पुडासैनीले गर्नु भएको हो भने मुख्य सहायक निर्देशन अनि मिडिया पब्लिसिटी सुरज लामिछानेले गर्नु भएको छ । शुरेस बज्राचार्यको छायाँकन, नारायण रिजालको कोरियोग्राफी र अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र हेरुका लामा फ...
मोडल सङ्गस अवार्ड- २०२०’ आव्हान,आवेदन निःशुल्क
मनोरन्जन, समाचार

मोडल सङ्गस अवार्ड- २०२०’ आव्हान,आवेदन निःशुल्क

काठमाडौँ, ५ कार्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय स्तरमा आयोजना हुँदै आएको मोडल सङ्गस अवार्डको दोश्रो संस्करण “मोडल सङ्गस अवार्ड, २०२०” नेपालमा हुने भएको छ। कोरोना संक्रमणको कारण ग्लोरी मिडिया,पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण नेपालमा नै हुन लागेको हो । अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिएका छन् । अवार्डमा मनोनयनका लागि कत्तिक ४ गते देखी अनलाईन आवेदन फाराम खुल्ला रहने र नोमिनेशनको निमित्त यस वर्ष निःशुल्क अनलाईन फारम भर्न सकिने उनले बताए । ‘अवार्डलाई मर्यादित र मैत्रीपूर्ण बनाउन हामी एक्यबद्ध छौ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुरा गर्द...
सञ्जय दत्त क्यान्सरबाट मुक्त
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

सञ्जय दत्त क्यान्सरबाट मुक्त

भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ। भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन्। साथै कोकिलाबेन अस्‍पतालको सूत्रले पनि यसको पुष्टि गरेको दैनिक भास्करले दाबी गरेको छ।
गायिका एलिना चौहान र अञ्जान सूर्यको स्वरमा ‘नजाऊ नभन‘ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायिका एलिना चौहान र अञ्जान सूर्यको स्वरमा ‘नजाऊ नभन‘ सार्वजनिक (भिडियो)

एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, लालबहादुर बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/vsQsK3pEElc पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निश्चल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहाले सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने ।...
निर्मल शर्मा निर्देशित ’न्याउली चरी’को भिडियो छायांकन सम्पन्न
मनोरन्जन, समाचार

निर्मल शर्मा निर्देशित ’न्याउली चरी’को भिडियो छायांकन सम्पन्न

डीबी गुरुङको नयाँ गित “न्याउली चरी”को छायांकन सम्पन्न गायक तथा संगीतकार डीबी गुरुङ (धन गुरुङ)को सुमधुर स्वरमा सजिएको नयाँ गित 'न्याउली चरी'को छायांकन सम्पन्न भएको छ । मिन सागर लामाको शब्द रहेको गीतलाई गायक डीबी गुरुङले नै संगीतबद्ध गरेका छन्। कलाकार तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेको भिडियोलाई छायाँकार राजु केसीले छायांकन गरेको गरेका हुन् । भिडियोमा सचिन बोगटी, रजनी केसी र करिश्मा केसी लोप्चनलाइ फिचर्ड गरिएको छ । मनोरम दृश्यमा खिचिएको म्युजिक भिडियो चाडै सार्बजनिक गरिने निर्देशक शर्माले बताएका छन् ।...
लोकप्रिय गायक सीताराम पोखरेलको नयां गीत ‘मनको मैलो’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

लोकप्रिय गायक सीताराम पोखरेलको नयां गीत ‘मनको मैलो’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत 'मनको मैलो'को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त खतिवडाको शव्द रहेको गीतलाई संजय हमालले एरेन्ज तथा कम्पोज गरेका हुन । https://www.youtube.com/watch?v=qn5YjMw5rfU&feature=share&fbclid=IwAR05ThvSCcfRrss5vW7SGx4D4M6yzc5IaKE7Ql-o4IvNBUSKwzS-oQEENz0 फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा हेमा श्रेष्ठको बेली डान्स समेत रहेको छ । आफ्ना प्रत्येक भिडियोमा चर्चित नायिका तथा मोडलहरुलाई समावेश गराई भिडियो वजारमा ल्याउने गरेका गायक पोखरेलले यस पट...
वरिष्ठ कलाकार शिवहरि पौडेलको आमाको १०० वर्षको उमेरमा निधन
मनोरन्जन, समाचार

वरिष्ठ कलाकार शिवहरि पौडेलको आमाको १०० वर्षको उमेरमा निधन

लोकप्रिय बरिष्ठ कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । चलचित्र, टेलिचलचित्र तथा विज्ञापन निर्देशक,लेखक समेत रहेका पौडेलको ममतामयी माताको १०० वर्षको उमेरमा हेटौडा स्थित आफ्नै निवासमा आइतबार राती ११ बजेर ९ मिनेटमा निधन भएको हो । चर्चित टेली श्रृखंला जीरे खुर्सानीमा ‘ प्वाक्क मुखां हान्नु जस्तो’ भन्ने उखानबाट चर्चा कमाएका बरिष्ठ कलाकार पौडेलको ममतामयी माता १९७० साल फाल्गुनमा जन्मनु भएको थियो । केहि दिन देखी सामान्य बिरामी पर्नु भएकी उहांको स्वास्थ्य स्थिति गम्भिर हुन थाले पछि अमेरिका जानुभएका कलाकार पौडेल ४ दिनमै स्वदेश फर्किनु भएको थियो । ३ दाजु तथा ३ दिदी बहिनी मध्ये कान्छो सन्तानको रुपमा रहनुभएका पौडेललेआमाको निधनपछि फेसबुकमा जानकारी दिँदै मर्मस्पर्शी स्टाटस पोष्ट गर्नु भएको छ । उहां लेख्नु हुन्छ, ‘दुखद् खबर लेख्न बाध्य भएं आमा ।’ ‘एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई ...
निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी
मनोरन्जन, समाचार

निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी

काठमाडौं ३ कार्तिक । सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी हुनु भएको थियो भने त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल हुनु भएको छ । उहाँले पनि नृत्य विधामा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहनु भएको थियो । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश...