वरिष्ठ हास्यकलाकार आचार्य दम्पती कोरोनामुक्त - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

वरिष्ठ हास्यकलाकार आचार्य दम्पती कोरोनामुक्त


वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।

सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिएका छन । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आचार्य दम्पती होम आइसोलेशनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published.