मनोरन्जन

अभिनेत्री बसुन्धरा भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग
मनोरन्जन, समाचार

अभिनेत्री बसुन्धरा भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग

अभिनेत्री बसुन्धरा भुसालले चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग रकम हस्तान्तरण गरेकी छन्। चलचित्र विकास बोर्ड अन्र्तगर्तको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत रहेकी भुसालले स्वपहलमा संकलन गरेको तीन लाख २० हजार रुपैयाँ कोषमा जम्मा गरेकी हुन्। बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई सो रकम हस्तान्तरण गरिन्। कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधि उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपर्यन्त काजकिरियामा सहयोग गर्ने लगायतका सेवा गर्दै आएको छ। सोही कोषका लागि अभिनेत्री भुसालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी हुन्। स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफूलाई व्यस्त बनाउने गरेकी छन्।...
मोडल  अनुषुया राज्य लक्ष्मीलाई ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’
मनोरन्जन, समाचार

मोडल अनुषुया राज्य लक्ष्मीलाई ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’

मोडल अनुषुया न्यु मोडेल इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएकी छिन ।राजधानीमा सम्पन्न योङ्ग माईण्ड ईन्टरमेन्ट अवार्डमा ‘औंसी रातैमा’ बोलको म्यूजिक भिडियोबाट उनले उक्त अवार्ड हात पार्न सफल भएकी हुन । अवार्ड बितरण कार्यक्रममा अतिथीको रुपमा सहभागी भएकी बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरि अचानक न्यु इन्करेजमेन्ट अवार्डको लागि अनुषुयालाई मन्चमा बोलाइए पछि अचम्ममा परेकी थिईन । आयोजकलाई धन्यवाद दिदैं उनले भनिन, मेरो जिवनको यो पहिलो अवार्ड हो त्यसैले पनि यो अवार्डले मेरो करियरमा ठूलो महत्व बोक्छ ।उक्त कार्यक्रममा उनी सङै पल शाह,रेश्मा घिमिरे,निता ढुङाना,दुर्गेस थापा लगायतले पनि अवार्ड प्राप्त गरेका थिए।...
मोडल कुसुम अभिनित ‘मेरा रहरहरू’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

मोडल कुसुम अभिनित ‘मेरा रहरहरू’ सार्वजनिक (भिडियो)

गीतकार बालक गुरुङको दुई गीत ‘मेरा रहरहरू’ र ‘चन्द्र र सूर्य’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा गीतकार गुरुङका दुई गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा गीतसँग सम्बन्धित कलाकारसँगै गीतलाई औपचारिक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकारुङले यी दुई गीतले आफ्नो ३० वर्षे गीतिलेखनको जवानीलाई सम्झाएको बताउनुभयो । https://youtu.be/qxjWIESM-a8 गीतकार संघकै हलमा आयोजना गरिएको उक्त कार्यक्रममा गीतकार बालक गुरुङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले मुलुकमा भीडभाड गर्ने अवस्था नभएका कारणले पत्रकारहरू मात्र बोलाएर सार्वजनिक गरिएको बताउनुभयो । गीति लेखनको निरन्तरतामा आफ्ना दुई गीतलाई फरक तरिकाले ल्याएको बताउनुभयो । ‘मेरा रहरहरू’ मा धिरज राईको स्वर र सङ्गीत र गोपाल रसाइलीको सङ्गीत ...
पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक
मनोरन्जन, समाचार

पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक

पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच युथ क्रियशनको आयोजनामा गीति संग्रह पातै फरर र गीतको भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ लेखक तथा गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गायक तथा संगीतकार कन्यैया सिंह, कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक सुमन दाहाल, व्यवसायी रामजी अवाल, युथ क्रियशनका अध्यक्ष रमेश थापालगायतले विमोचन गर्नुभएको थियो । स्रष्टा माधव केसीको गीति स्रंगह पातै फररका बारेमा अथितिहरूले शुभकामना मन्तव्य राख्दै उहाँका गीत धेरै राम्रा भएको प्रतिक्रिया दिनुभएको थियो । गीतकार माधव केसीले सङ्कलन गरेका गीत ‘पातै फरर’ गीति सङ्ग्रह उहाँले विसं. २०४० देखि अहिलेसम्म सङ्कलन गरेका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश छन् । कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तुले गीत तथा साहित्यको...
नायक संचित अभिनित ‘आँधी तुफान २’ को छायांकन सुरु
मनोरन्जन, समाचार

नायक संचित अभिनित ‘आँधी तुफान २’ को छायांकन सुरु

चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु भएको छ । उपत्यका बाहिरका विभिन्न स्थानमा लोकेसन तय भएको भएपनि सम्भव भएसम्म उपत्यका भित्र नै चलचित्रको छायांकन सक्काउने उद्देश्यले बिहीबारबाट ‘आँधी तुफान–२’ को सुटिङ सुरु भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले डेढ दशक अगाडि व्यावसायिक रूपले सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रूपमा यो चलचित्र सुरु गरेका हुन् । मदन घिमिरेको निर्देशन रहने ‘आँधी तुफान २’ मा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, ध्रुव दत्त, आरती आचार्य, रिचा थापा,पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल आदिको अभिनय रहने छ । सस्पेन्स कथावस्तुमा आधारित एक्सन प्रधान चलचित्रमा सङ्गीत सुरेश अधिकारी, द्वन्‍द प्रेम चुल्ठे, नृत्य कमल राई, छायां...
“मेरी नैनी”-को लोकार्पण कार्यक्रम
मनोरन्जन, समाचार

“मेरी नैनी”-को लोकार्पण कार्यक्रम

बैशाख ७ गते वहाँको ८९ अौं स्मृति दिवस को अवसर पारेर वरिष्ठ साहित्यकार श्री रोचक घिमिरे ज्युको प्रमुख आथित्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट सहित्यकार, समालोचक , पत्रकार तथा परिवार जन को उपस्थित रहेको थियो । मन्तव्यको क्रममा बोल्दै वरिष्ठ साहित्यकार / समालोचक द्वय प्रा. डा गोविन्दराज भट्टराई र ज्ञानु पाण्डेले पोषण पाण्डेको कवि व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो । समारोहमा पोषण पान्डेको रचनामा वरिष्ठ संगीतकार राजु सिंह द्वारा संगीतबद्ध गीतलाई चर्चित गायिका बानिका प्रधानले गाएर सुनाउनु भएको थियो । मानवीय चेतनालाई जागृत गराउने खालका कविता लेख्ने पोषण पाण्डे एक स्वाभिमानी स्रष्टा रहनु भएको कुरामाथि प्रकाश पार्दै प्रमुख अतिथि रोचक घिमिरे ले समारोहलाई सम्बोधन गर्नु भएको थियो । पोषण पाण्डे तीर्थ सदनको उपाध्यक्ष वरिष्ठ साहित्यकार कणाद महर्षिद्वारा स्वागत गर्दै प्रारम्भ भएको यस समारोहला...
गायक रुपक खडकाको फेसबुक सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायक रुपक खडकाको फेसबुक सार्वजनिक (भिडियो)

काठमाण्डौं । गायक रुपक खडकाको नयाँ गीत फेसबुक सार्वजनिक भएको छ । गीतमा प्रमीको शब्द र गायक स्वयम खडकाकै संगीत रहेको छ । डि रेकर्डिङमा रेकर्ड गरिएको गीतमा सुन्दर कुमार महर्जनको संगीत संयोजन र बाद्दवादन, लुमन स्थापितले गीटार, कृष्ण लिम्बुले बास, सन्जिब मैनालीले बाँसुरी बजाएका छन । https://www.youtube.com/watch?v=j7R2XTnxIFs समन अधिकारिको निर्देशन रहेको भिडियोमा गायक रुपक खडकालाई झरना रिसाल र बाल कलाकार ग्रिश्मा खडकाले अभिनयमा साथ दिएका छन । रेस्क्यु कृयसन र फराज अवे इन्टर्टेन्ट्मेन्टको निर्माण गरिएको भिडियो फराज अर्पणको छाँयाकन र सम्पादन रहेको छ । भिडियो ओ एस् आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
निशान भट्टराईको स्वरको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

निशान भट्टराईको स्वरको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक(भिडियो)

इन्दु दनुवारको नया गीत ‘तिम्रो रगत रातो भए’ सार्बजनिक भएको छ । सुरज लामिछानेको शब्द रचना रहेको गीतमा गायक निशान भट्टराईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतले ठूलो जात र सानो जातको कथालाई चित्रण गरेको छ । उक्त गीतले गाउँघरमा हुने सानो जात र ठूलो जातको माया प्रेम र त्यसभित्र आइपर्ने कठिनाइहरू प्रस्तुत गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=hfsN5JuSPJQ कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा यादब देभाकोटा (सरापे), इन्दु दनुवार र युबराज खत्री मुख्य भूमिकामा छन् । सुजन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन युबराज खत्रीले गरेका छन् । भिडियो तारा सीतारा प्रोडक्सन यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको छ ।...
नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम
मनोरन्जन, समाचार

नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम

नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न भएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा आआफ्नो क्षेत्रमा सफलता हासिल गर्ने नृत्य निर्देशकहरुलाई सम्मान पनि गरिएको थियो ।नव वर्ष २०७८ को अवसर पारेर आयोजित कार्यक्रममा नृत्य बिधामा नेपाल सरकारले प्रवल जनसेवा पदकबाट बिभूषित बरिष्ठ नृत्य निर्देशकद्वय नारायण देवी प्रधान र जोगेन्द्र केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी, नेपाल सरकार संचार तथा सुचना प्रविधि मन्त्रालयबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत नृत्य निर्देशक संघ नेपालका केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ पनि सम्मानित भएका छन् । त्यस्तै तमु गुरुङ्ग कलाकार संघमा पुनः उपाध्यक्ष पदमा निर्वाचित संघको केन्द्रीय सदस्य याम गुरुङ्ग र वर्षकै उत्कृष्ट मोडलको एवार्ड जितेकी संघ भक्तपुर शाखा कार्य...
विश्व चर्चित नेपाली किर्तिमानी डा. डिआर उपाध्यायले गीत संगित क्षेत्रमा राखे ५१ वटा विश्व कीर्तिमान
मनोरन्जन, समाचार

विश्व चर्चित नेपाली किर्तिमानी डा. डिआर उपाध्यायले गीत संगित क्षेत्रमा राखे ५१ वटा विश्व कीर्तिमान

नेपाली गीत सङ्गीतमा डा. डी आर उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर केही महिना पहिला मात्र गिनिज अफ वल्र्ड रेकर्ड कायम गर्नुभएका गीतकार डा. उपाध्यायले फेरि १९ फरक विधामा विश्व कीर्तिमानी कायम गर्दै कुल ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ । राजधानीमा सोमबार एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द र इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले १९ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गर्नुभएको हो । यसअघि डा. उपाध्यायले गीत सङ्गीतका विभिन्न विधामा ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री चन्दले भन्नुभयो, ‘यसरी एकैदिन फरक १९ विधामा १३ ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहि...