अभिनेत्री बसुन्धरा भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

अभिनेत्री बसुन्धरा भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग


अभिनेत्री बसुन्धरा भुसालले चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग रकम हस्तान्तरण गरेकी छन्। चलचित्र विकास बोर्ड अन्र्तगर्तको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत रहेकी भुसालले स्वपहलमा संकलन गरेको तीन लाख २० हजार रुपैयाँ कोषमा जम्मा गरेकी हुन्।

बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई सो रकम हस्तान्तरण गरिन्। कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधि उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपर्यन्त काजकिरियामा सहयोग गर्ने लगायतका सेवा गर्दै आएको छ।

सोही कोषका लागि अभिनेत्री भुसालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी हुन्। स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफूलाई व्यस्त बनाउने गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *