मनोरन्जन

गीतकार लोकराज अधिकारीको शब्दमा ‘आमा मेरी आमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराज अधिकारीको शब्दमा ‘आमा मेरी आमा’ सार्वजनिक(भिडियो)

जन्म दिने आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । गायिका रचना रिमालको कर्णप्रिय स्वर रहेको छ भने चर्चित गीतकार लोकराज अधिकारीको शब्द श्रृजना तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने बुद्द थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको बास्डोल र नेपाली सेनाको सुर्यविनायकस्थित इन्द्र बक्स गणमा गरिएको छ । भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, कलाकार कमला दाहाल, लोकराज अधिकारी, सतिश अधिकारी, श्रीदेव भट्टराई, केशवराज भट्ट,चक्र साउद,केशब भट्ट, राजेन्द्र बजगाईँ, बाल कलाकार समैरा थापा, प्रान्जल धिताल, आर्या कोइराला र श्रीजा नेपालको अभिनय रहेको छ । भिडियो केशब भट्टको कोरियोग्राफीमा तयार भएको हो । ...
शिवन पोखरेल निर्देशित ‘कोदोको ढिडो’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

शिवन पोखरेल निर्देशित ‘कोदोको ढिडो’सार्वजनिक(भिडियो)

लोक गीत ‘कोदोको ढिडो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हिरा खनाल र गौतम शेर्पाको शव्द लयमा तयार गीतलाई हरि बिसी,सुनिता ओली,महेश बिक्रम पाण्डे र रोशनी बुढा मगरले स्वर दिएका छन । संगित बद्री पाठकको रहेको उक्त गीतलाई महेश बिक्रम पाण्डेले ऐरेन्ज गरेका हुन । https://www.youtube.com/watch?v=rpUep8r2O7M लोकप्रिय मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा शिवनकै साथमा मोडल करिष्मा ढकाल, सन्तोष कुमार, सम्वेक भुषाल र रितु सुनार फिचर्ड रहेका छन ।बिन्दवासिनी म्यूजिकबाट सार्वजनिक गरिएको गीतको भिडियोको छायांकन महेश महेश महराको तथा सम्पादन राजन केसीको तथा कोरियोग्राफी दिलिप राईको रहेको रहेको छ ।...
पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो
मनोरन्जन, समाचार

पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो

परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव गर्न पाइयो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो । ‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमूना कलेज अफ फेस...
‘म त छोरी नेपाली’भन्दै आईन गायिका स्मिता (भिडियो)
मनोरन्जन, समाचार

‘म त छोरी नेपाली’भन्दै आईन गायिका स्मिता (भिडियो)

गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘म त छोरी नेपाली’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्ष २०७८ अवसर पारेर सार्वजनिक गरिएको गीतमा चर्चित संगितकार किरण घिमिरे ‘माइकल’को संगीत छ । सुदिप आत्रेयको शव्दमा तयार भएको गीत आत्रेय प्रडक्सन युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/1_4tNuLnNrE प्रमोद परियारले एरेञ्ज गरेको गीतमा तेजस्वी गौतम फिचर्ड छिन् । अभी लामाले कोरियोग्राफी गरेका छन् भने निर्देशन तथा सम्पादन फराज अर्पणको छ ।...
अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको ‘कसो गरी भरौंला खै सपनाको झोली’ सार्वजनिक (भिडियो)

गीतकार अमर वान्तुको नयाँ गीत ‘कसो गरी भरौंला खै सपनाको झोली…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज र दीप घतानीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/sOyEp3bfcbw ‘पोखिएछौ विदेशको जंगल सहर गल्लीकसो गरी भरौंला खै सपनाको झोली !मलायामा होस् कि कतै रेगिस्तानी पर्देशअझै पनि उस्तै रैछ परदेशीको सन्देश !ज्यानै बाजी राख्दा पनि कमी छैन व्यथाडोरी बाट पुग्ने हो कि बाकसमा कथा-बाकसमा कथा ।। कसो गरी भरौंला खै सपनाको झोली’ गीतको भिडियोलाई दीपेन भाटले निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा प्रज्जवल गौतम, निरुता खडका, मनोज ओली, रोजा तिमिलसिना र समभावी तिमिलसिनाको अभिनय रहेको छ । अन्नत तिमिलसिनाको क्रिएटिभ निर्देशन रहेको भिडियोमा राजकुमार केसीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको भिडियोमा अत्यन्तै मर्मस्पर...
वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक
मनोरन्जन, समाचार

वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक

कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको वेब सिरिज “इ ओ जी” इरोर्स अफ गडको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिरिजका मुख्य कलाकारहरूलाई देखाइएको छ जसमा राज न्यौपाने, घनश्याम जोशी र विकास जोशीलाई प्रस्तुत गरिएको छ । प्रकु पाण्डेको निर्देशन रहेको सिरिजको कथा, संगीत सापकोटाले गरेका हुन् । सगुन पोख्रेलको लगानीमा निर्माण भएको सिरिजमा विजय बराल, राज न्यौपाने ,घनश्याम जोशी, आनन्द छेत्री लगायत दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ । महँगो बजेट साथै फरक कथा र दर्जनौँ कलाकारहरू राखेर निर्माण गरिएको “इ ओ जी”रङगीन क्षेत्रमा पहिलो सिरिज रहेको निर्माण टिमले जनाएका छन् । सिरिजको प्रदर्शन मिति केही समयपछि पत्रकार सम्मेलन गरेर बताउने निर्माण टिमको योजना छ ।...
पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो
मनोरन्जन, समाचार

पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन शो

परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव गर्न पाइयो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो । ‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमूना कलेज अफ फेस...
५१ वटा विश्व किर्तिमान कायम गर्दै डा.डीआर उपाध्याय
मनोरन्जन, समाचार

५१ वटा विश्व किर्तिमान कायम गर्दै डा.डीआर उपाध्याय

यसअघि गीत सङ्गीतका क्षेत्रबााट ३२ गिनिज बुकसहित विभिन्न ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले थप विश्व रकेर्ड सार्वजनिक गर्नुहुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँँले थप १९ विश्व रेकर्ड सार्वजनिक गर्न लागेको जानकारी गराउनु भएको हो । उहाँले फेरि गिनिज अफ वल्र्ड रेकर्डसहित अमेरिकन बुक रेकर्ड, बृटिस रेकर्डसहित थुप्रै विभिन्न १९ वटा वल्र्ड रेकर्ड राख्न लागेको सार्वजनिक गर्नुभएको हो । नयाँ वर्षको अबसर पारेर वैशाख ६ गते काठमाडौंको रशियन कल्चरल सेन्टरमा एक कार्यमाझ उहाँले थप १९ वटा विश्व रेकर्ड ग्रहण तथा सार्वजनिक गर्दै हुनुहुन्छ । यो १९ सँगै अव उहाँका विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम हुने भएको छ । आफूले विश्व रेकर्डमा नेपाल पनि गीतसङ्गीत र साहित्यमा कम छैन भनेर देशको खातिर गीत सङ्गीतबाट सबैभन्दा बढी विधामा वल्र्ड रेकर्ड बनाउन लागेको डा. ...
आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पारे ‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी
मनोरन्जन, समाचार

आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पारे ‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी

राजधानीमा सम्पन्न फेस अफ स्मार्ट किड्स २०२१ को उपाधी आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पार्न सफल भएका छन । आईतवार सम्पन्न उक्त प्रतियोगितामा घिमिरेले मुख्य उपाधी सहित मल्टिमिडिया च्वाईस तथा पाण्डेले मुख्य उपाधी सहित भ्यूवर्स च्वाइस,मल्टिमिडिया, बेष्ट ड्रेस, मिस टैलेन्ट, मस्ट ईन्टलिजेन्टको सब टाईटल समेत हात पार्न सफल भए । त्यसै गरि गल्र्स तर्फ भने क्रिष्टल रुम्वाले फस्ट रनर अप सहित मस्ट ईन्नोसेन्ट र मस्ट क्यूट , अनिषा भट्ले मस्ट ईन्टलिजेन्ट र बेष्ट फोटोजेनीक तथा मेरिका राईले बेष्ट वाकको सबटाईटल हात पारेका थिए ।धिरज तण्डुकार, कला सुब्बा,राधा ढकाल र यम बरालको निर्णायक मण्डल रहेको प्रतियोगिता मा ब्वाइज तर्फ भने स्वराज सापकोटाले फस्ट रनर अप सहित भ्यूवर्स च्वाईस र आरनेश सिखंडाले बेष्ट फोटोजेनिक तथा बेष्ट ड्रेस हात पारेका थिए । युथ क्रियसन नेपालको आयोजनामा आयोजित उक्त प्रतियोगीतमा फेशन ...
सागर अधिकारीको संगीतमा ‘दिलमा सर्किट बनेर’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सागर अधिकारीको संगीतमा ‘दिलमा सर्किट बनेर’ सार्वजनिक(भिडियो)

प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । प्राञ्जल र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/CggmDpoEykM ‘दिलमा सर्किट बनेर आइदेउनचंचले मनको हर्टबीट बडाइदेउन’ गीतको भिडियोमा गायकद्वय प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाँकन रहेको छ भने नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो मायालु इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ । रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जल छिट्टै नै सोलो एल्बम स्रोता/दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक/स्...