“आगो त बाल्ने सलाईको” भिडियो युट्युबमा सार्वजनिक(भिडियो)
सिन्धुपाल्चोके खान्दोके सेलो एकपछि अर्को गर्दै ल्याईरहेका लोकप्रिय गायक आस्मान लोप्चनको नयाँ कोसेली “आगो त बाल्ने सलाईको” भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा लोप्चनले खान्दोके सेलो संगै आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले दृश्यहरु कैद गरेका छन् । जुन भिडियोको उत्कृष्ट पाटो मान्न सकिन्छ ।
गायक लोप्चनले यो नयाँ खान्दोके सेलोको भिडियोले मौलिक भाका, गीत संगीतको जगेर्ना गर्दै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे मान्द्रामा पर्ने स्थानिय पर्यटकिय स्थानहरुलाई पनि चिनाउने कोशिस गरेको बताउनुहुन्छ । बिशेष गरि भिडियोमा बयौलि कुण्ड, गुम्बा र मान्द्रा गाउँलाई भिडियोमा प्राथमिकता दिएका छन ।
https://youtu.be/eQVn-H7e4U0
“आगो त बाल्ने सलाईको” राम लामाको निर्माणमा तयार भएको भिडियो क्लिक नेपाल युट्युब बाट बजारमा ल्याएको होे । आस्मान लोप्चनको लय तथा शब्द संकलन र जोगलाल लामाको स...










