मनोरन्जन

भारतको चर्चित पत्रिकाले छाप्यो आफ्नो आवरणमा डा.डिआरको फोटो
मनोरन्जन, समाचार

भारतको चर्चित पत्रिकाले छाप्यो आफ्नो आवरणमा डा.डिआरको फोटो

नेपालका कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डि.आर.उपाध्यायलाई भारतको एउटा प्रतिष्ठित पत्रिकाले आफ्नो आवरणमा प्रस्तुत गरेको छ । मुम्बईबाट प्रकाशित हुने मासिक पत्रिका ‘फिल्म्स टुडे’ ले यही अक्टोबर महिनाको अंकमा डा.उपाध्यायलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।पत्रिकाले विभिन्न ५९ विधामा विश्व कीर्तिमान कायम गर्न सफल डा.उपाध्यायलाई आवरणसहित विभिन्न छ वटा पृष्ठमा प्रस्तुत गरेको छ । पत्रिकाले डा. उपाध्यायका लागि ‘द ५९ वल्र्ड रेकर्ड होल्डर, मास्टर ब्लास्टर, वल्र्ड्स रिनाउन्ड लिरिसिष्ट एण्ड नोभलिष्ट फ्रम नेपाल’ अर्थात ‘५९ वटा विश्व कीर्तिमान कायम गर्ने नेपालका लोकप्रिय गीतकार तथा उपन्यासकार डा.डि.आर उपाध्याय’ भन्दै शीर्षक बनाएको छ । पत्रिकाका प्रकाशक तथा सम्पादक श्याम सिंघानियाले आफ्नो सम्पादकीयमा समेत ‘भारतको छिमेकी मुलुक नेपालका बहुप्रतिभाशाली व्यक्तित्व तथा ५९ वटा विश्व कीर्तिम...
पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता
मनोरन्जन, समाचार

पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता

विगत डेढ दशकदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित चर्चित तथा सफल हाँस्यकलाकार गोपाल ढकाल छन्देले मिति २०७८ असोज १३ गते काठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा २०७६ सालमा रिलिज भएको सुपर हिट चलचित्र पोइ पर्यो काले बाट सर्वोत्कृत्ट हाँस्य अभिनेताको अवार्ड चुम्न सफल भएका छन् ।क्वालिटी फिल्मस् प्रा लिको को आयोजनामा भएको उक्त अवार्डमा फिल्म,म्युजिक,फेशन का विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो । उमेश गुरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका माननिय श्री गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथि, पूर्व सेनापति श्री राजेन्द्र क्षेत्रीे बिशेष अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन आवाजका दुनियाका साथी दिनेश डि सीले गर्नुभएको थियो । चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष ...
लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ
मनोरन्जन, समाचार

लेखनाथ पोखरेलको ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ । पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नु भएको छ । कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेम...
ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न
मनोरन्जन, समाचार

ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न

ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न भएको छ ।कोभिड १९ को विसम परिस्थितिलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो । असोज ४ गते अनलाईनकै माध्यमबाट फाईनल गरिएको ग्रेस हन्टको निर्णायक मन्डलमा ग्रेस इभेन्टका गुडविल एम्बेसडर दिपिका लामा, गायक राज बाबू नेपाल र नृत्य निर्देशक जिना लोप्चन हुनु हुन्थ्यो । ७४ जना सहभागी भएको प्रतियोगीताबाट प्रथम गौरब जोसि , रनरअप प्रसुन्ना भुजेल , भ्यूवर च्वाइस एलिना बि.क भएका थिए भने आस्वसन राई र रेस्मा कार्कि उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । ट्यालेन्ट हन्टमा भिउजको आधारमा मात्र नभई प्रतिभालाई पहिलो प्राथमिकता दिईएको कार्यक्रम संयोजक एवम ग्रेस ईभेन्टका मार्केटिङ म्यानेजर मिङमा शेर्पाले जानकारि दिनुभयो । ग्रेस ईभेन्टका प्रमुख अधिकृत अधिकृत सुरज थापाका अनुसार प्रतियोगिताबाट बिजयी एवम उत्कृष्ट ५ मा पर...
गायिका सुदिक्षा ढुंगेलको स्वरमा ‘चांदीको औठी’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

गायिका सुदिक्षा ढुंगेलको स्वरमा ‘चांदीको औठी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : सुप्रिशिद्द गायिका सुदिक्षा ढुंगेलको स्वरमा रहेको गीत ‘चांदीको औठी’को भिडियो सार्वजनिक भएको छ । रमेश क्षितिजको शब्द तथा टिका भण्डारीको संगीत रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । भारतको मथुरा वृन्दावनमा रहेर पनि नेपाली गीत संगीतको उथ्थानकोलागी लागिपर्नु भएकी गायिका ढुंगेलका केही गीतहरु सार्वजनिक भैसकेका छन । यस अघी सार्वजनिक भएका सबै जसो गीतहरुले दर्शक स्रोताको मन जित्न सफल भएका थिए । https://www.youtube.com/watch?v=I5bOTV25bis सुदिक्षा केहीसमय अगाडि “हाम्रो स्वाभिमान र युवा नेपाल समिति”को आयोजनामा सम्पन्न “अन्तराष्ट्रिय एकल गायन अनलाइन प्रतियोगिता २०२१” कि बिजेता पनि हुनुभएको थियो । आफ्ना पहिलेका गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको गायिका सुदिक्षाले जानकारी दिनु भयो । राधा ढुंगेलको निर्देशन रहेको सार्वजनिक गीत ‘चांद...
‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा

काठमाडौँ — आश्विन ४, २०७८। पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। ‘मिस्टर प्यासेफिक २०२१’ का विजेता साहले विधागत तर्फको हेन्सम विथ पर्पस र बेस्ट वाकको उपाधीसमेत आफ्नो हातमा पारे त्यसैगरी ‘मिस प्यासेफिक २०२१’ की विजेता चौहानले विधागत तर्फको मिस एथ्लेटको उपाधी हात परिन। यस्तै ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को एम्वासडरमा काभ्रेका मनदोज लामा र काँडाघारीकी बिनु थापा चयन भएका छन। गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए। ...
गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)

गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले’ बोलको भिडियो सार्वजनिक गरेको छ । ‘सुसाइड’ एल्वममा समावेश यो गीत लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको छ । मनछुने भावुक शैलीको गीतको भिडियोमा नायिका निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ । https://youtu.be/zr7GlDcsIT4 भिडियोमा मनोरञ्जन क्षेत्रमा राम्रै नाम कमाएका निर्देशक क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको छ भने श्रृंगार नन्दा अधिकारीको रहेको छ ...
६ वर्षे वाल गायिका जियाको ‘सुनकेशरी’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

६ वर्षे वाल गायिका जियाको ‘सुनकेशरी’सार्वजनिक (भिडियो)

काठमाण्डौँ, भाद्र ३१ | ‘कर्मलाई उमेरले छेक्दैन भने झै’ हालै ६ वर्षकी सानी नानी जिया भुषालको स्वरमा रहेको ‘सुनकेशरी’ गीतको भिडियो सार्वजनिक भएको छ । विशिष्ट गीतकार विश्व वल्लभ ज्युको प्रमुख आतिथ्य, विशिष्ट अतिथि उन्नती शिला बोहरा, वरिष्ठ लोकप्रिय गायक यम बराल, लोकप्रिय ब्याण्ड ‘दि एक्स’का शिव मुखिया, लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक, सञ्चारकर्मी कृष्ण कडेंल, प्रतिमा कंडेल, हास्य कलाकार जोगिन्दर पानवला, गायक प्रमोद निर्वान, गायक कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यमा एक विशेष समारोहको आयोजना गर्दै सो गीतको बिमोचन गरिएको थियो । वारीष्ठ संगीतकार महेश ज्ञवालीको संगीत, गीतकार सञ्जय बिक्रमको शब्द, सञ्जय हमालको संगीत संयोजन गोबिन्द सोनीको मिक्सिङ मास्टरिङगमा मीरा साउण्ड्मा रेकर्डिङ गरिएको हो । https://youtu.be/g835nu_In1g संगीतकार महेश ज्ञवालीले सानी नानी जियाको लागि यती सम्म गर्न पाएको र...
पेजेन्ट डाइरेक्टर युवराज बुढाथोकीको उपस्थितिमा ‘मिस्टर एन्ड मिस मोडल अफ झापा’ सुरु
मनोरन्जन, समाचार

पेजेन्ट डाइरेक्टर युवराज बुढाथोकीको उपस्थितिमा ‘मिस्टर एन्ड मिस मोडल अफ झापा’ सुरु

नेपाल प्याजन्ट हबद्वारा आयोजित मिस्टर एन्ड मिस मोडल अफ झापा २०२१को औपचारिक उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। शिवसताक्षी नगरपालिका स्थित झिलझिलेमा रहेको युङी क्याफे एन्ड बारमा मंगलबार उक्त समारोह सम्पन्न गरिएको थियो।औपचारिक कार्यक्रममा भाग लिने प्रतिस्पर्धीहरुका साथै अभिभावकहरुको उपस्थिति रहेको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल प्याजन्ट साथै, ब्लु रे प्रोडक्सनका प्रबन्ध निर्देशक र इन्टरनेशनल पेजेन्ट डिरेक्टर एसोसेसनका नेशनल डिरेक्टर युबराज बुढाथोकीको विशेष उपस्तिथि रहेको थियो। उक्त कार्यक्रममा प्रतिस्पर्धि भाईबैनीलाई मिस्टर एन्ड मिस मोडल अफ झापा २०२१ को अफिसियल टि-शर्ट साथै उनिहरुको नाम राखिएको स्यास बितरण गरिएको थियो । साथै उनिहरुको प्रतिभा समेत अगाडि बढाईएको थियो। सोही कार्यक्रमलाई औपचारिकता दिदै प्रमुख अतिथी बुढाथोकीले भने ूकतिपय व्यूटि प्याजेन्ट शोहरुमा अहिले निकै नै बिक...
गायक संजय लामाको नयाँ सेलो बजारमा(भिडियो)
मनोरन्जन, समाचार

गायक संजय लामाको नयाँ सेलो बजारमा(भिडियो)

लामो समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेलि भिडियो सहित बजारमा आएको छ । भर्खरै मात्र सार्वजनिक भएको गीत जिग्मे मिडियाको अफिसियल युट्यूब बाट सार्वजनिक भएको हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक केही समय काम विशेष परदेश भएपनि पुनः सांगीतक यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत ल्याएको बताउछन । काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कार्यक्रम नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा सिन्धुपाल्चोक जिल्लाकै पाँच पोखरी थाङपाल गाउँपालिका नेपाली कांग्रेसका पालिका सभापति सुर्य बहादुर अधिकारी र बरिष्ठ गायक प्रेम लोप्चन रहेका थिए। https://youtu.be/vaxR5Qy9SBk गायक संजय लामा र गायिका रोस...