माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तीजको अवसर पारेर तीन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । काठमाडौंको डिल्लीबजारमा अवस्थित एकेडेमी’ले हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरेको हो ।

कार्यक्रमका विशेष अतिथी गायक सीताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरूलाई सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेहरूमा गायिका रचना रिमाल, एलिना चौहान, मोडलहरू आकाश श्रेष्ठ, पुष्प खड्का, प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, स्मारिका-समारिका ढकाल, निर्देशक सुव्रतराज आचार्य, निशान घिमिरे, कलाकारहरू राज कटुवाल, नरेन खड्का लगायतका रहनुभएको छ ।

साथै, कार्यक्रमका विशेष अतिथीहरू डा. कृष्णहिर बराल, डा. डीआर उपाध्याय, गायक सीताराम पोेख्रेल, देबेन्द्र शाहलाई पनि सम्मानित गरिएको थियो ।

एकेडेमीका अध्यक्ष माइकल चन्दले हरितालिका तीजको अवसरमा शुभकामना आदन-प्रदानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्तै, उहाँले आफूले नेपाल आएपछि काम गरेका कलाकर्मी तथा पत्रकारहरूलाई सम्मानित गरेको प्रतिक्रिया दिनुभयो । ‘माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमी’मा नृत्यको कक्षाका साथै जुम्बाको पनि प्रशिक्षण दिइने माइकलले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *