मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)


मञ्जु थापाको स्वरमा रहेको गीत ‘माया मुरी मुरी…’ सार्वजनिक भएको छ । उद्धव प्याकुरेलको शब्द, विक्रम थापाको सङ्गीत र सन्दिप कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा समृद्धि पौडल र सञ्जय विकलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नेतको छायाँकन र सम्पादन छ ।

गीतमा मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्ने पो हो कि भन्ने शंका व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

Leave a Reply

Your email address will not be published.